औषधीको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो

 न्यूज विराट
औषधीको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो

विराटनगर । लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

चिकित्सकको प्रेसक्रिप्सन विना लागु तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको कारणले सरोकारवालाहरूले बताएका हुन् ।

नेपाल औषधी व्यवसायी संघ मोरङले रंगेलीमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी अधिकृत अनिल परियारले औषधीको समचीत प्रयोग बढाउने र अनुचित प्रयोग घटाएर लैजान सबैको साथ सहयोग आवश्यक रहेको बताए । ‘डिडिए एक्लैले पनि केही गर्न सक्दैन । औषधीको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो रहेको छ,’ औषधी व्यवसायीहरुलाई सचेत गराउँदै उनले भने, ‘विरामीले सेवन गर्ने लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर त्यो पनि रेकर्ड गरेर मात्र विक्री वितरण गर्न अनुरोध गर्दछु । यति आफुखुसी बिक्री वितरण गरेको पाइए औषधी ऐन २०३५ अनुसार कारवाहीको भागिदार हुुनुपर्दछ ।’

नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी अधिकृत अनिल परियार

पछिल्लो समय लागु तथा मनोद्धिपक औषधि चरम दुरूपयोग बढेको उल्लेख गर्दै उनले औषधी व्यवसायीहरू सचेत हुन जरुरी रहेको उनले बताए । ‘ लागु तथा मनोद्धिपक औषधि अनुचित प्रयोग रोक्न व्यवसायीहरू जिम्मेवार बन्नुपर्दछ,’ उनले भने, ‘त्यसको लागि लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रिक्रिप्सन लिएर मात्र बिक्री वितरण हुनुपर्दछ ।’ यस्तो औषधी कसलाई बिक्री वितरण गरिनुपर्ने त्यसको पनि ख्याल व्यवसायीले गर्नुपर्ने उनले बताए । ‘चिकित्सकको सिफारिस गरे अनुसार लागु तथा मनोद्धिपक औषधिको सेवनले विरामी ठिक हुने गर्दछ,’ उनले भने, ‘तर, यही औषधी गलत तरिकाले अनुचित रुपमा विक्री वितरण गर्दा दुव्र्येसनीले सेवन गर्दछ । त्यसैले व्यवसायी सचेत हुन जरुरी छ ।’

कार्यक्रममा रंगेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुलीले लागु तथा मनोद्धिपक औषधि सुरक्षित भण्डार गरी विक्री वितरण गरिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक चन्द्र बहादुर खड्का, इप्रका सिजुवाका प्रमुख प्रहरी निरीक्षक डुण्डी गिरी, नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले स्वच्छ, मर्यादित रुपमा औषधीको विक्री वितरण गरिनुपर्नेमा जोड दिए ।


लागु तथा मनोद्धिपक औषधि र कर सम्बन्धित एक दिने अभिमुखिकरण तालिममा तीन दर्जन बढी व्यवसायीहरुको उपस्थिती रहेको नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाका उपाध्यक्ष देशबन्धु ढकालले बताए । व्यवसायीहरुलाई लागु तथा मनोद्धिपक औषधि कसरी विक्री वितरण गर्ने ऐन नियमको बारेमा जानकारी गराउँदै कर सम्बन्धितको पनि जानकारी दिन व्यवसायीहरुलाई अभिमुखकिरण गराएको उनलेब ताए । यसअघि पनि संघले उर्लाबारी र सलकपुरमा यस्तो कार्यक्रम गरेको उनले बताए । कर सम्बन्धीको जानकारी आन्तरीक राजस्व कार्यालय विराटनगरका कर अधिकृत प्रेम प्रसाद मण्डल अभिमुखिकरण गराएका थिए ।

सम्बन्धित समाचार

मोतिपुरमा झडप, प्रहरीले चलायो गोली

रूपन्देहीको मोतिपुर औद्योगित क्षेत्रमा बसेकाहरू र प्रहरीबीच झडप झडप भएको छ । झडपको क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर केही व्यक्ति घाइते भएका छन् । सो स्थानमा बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा झडप भएको...

नोबेल मेडिकल कलेजका सुरक्षा गार्ड र विद्यार्थीबिच झडप, आधादर्जन घाइते

विराटनगर, १० माघ । जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह वेवास्ता गर्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीले आन्दोलन जारी राखेका छन् । कोरोना महामारीलाई मध्यनजर गर्दै प्रशासनले आन्दोलन स्थगित गर्न आग्रह गरेको थियो । तर, राज्यलाई...

जनकपुर उपमहानगरको काम ३ महिनादेखि ठप्प,

जनकपुर, माघ २७–जनकपुरधाम उपमहानगरपालिकाको काम कारबाही करिब ३ महिनादेखि ठप्प छ । प्रदेश २ को अस्थायी राजधानीको उपमहानगरको आर्थिक कारोबार ठप्प हुँदा कर्मचारीहरूले कात्तिक महिनादेखिको तलब पाउन सकेका छैनन् भने पालिकाअन्तर्गतका शिक्षकहरू समेतले ३ महिनादेखि...

आज १४७४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १५ सय नाघ्यो

काठमाडौं, १५ मंसिर-गत २४ घण्टामा देशभर १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पाँच महिना २१ दिनमा ढलेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएसँगै एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको हो । संविधानको धारा १६८...

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । सिजन- ३ को...

विद्यार्थीलाई सिर्जनात्मक बनाउँदै भ्याली पब्लिक

काठमाडौं, २२ वैशाख-कोरोना भाइरस (कोभिड १९) का कारण विद्यालय बन्द भयो । लकडाउनका कारण विद्यार्थी शिक्षक घरबाट बाहिर निस्कन पाएका छैनन् । लकडाउन भएको १ महिनाभन्दा बढी भयो । अब लकडाउन लम्बिए के गर्ने ?...

विराटनगरमा ११ जनासहित प्रदेश १ मा आज ५६ संक्रमित थपिए, संक्रमितको संख्या ३३६७ पुग्यो

विराटनगर, १५ भदौ-प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्