हुलाकी सडकको काम हप्तादिन भित्र सुरु नगरे आन्दोलनमा उत्रिने मोरङका सांसद र पालिका प्रमुखको चेतवनी

 न्यूज विराट
हुलाकी सडकको काम हप्तादिन भित्र सुरु नगरे आन्दोलनमा उत्रिने मोरङका सांसद र पालिका प्रमुखको चेतवनी

विराटनगर । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्डको काम एक साता भित्र काम सुचारू नभए जनता साथमा लिएर आन्दोलनमा उत्रिने जनप्रतिनधीहरूले चेतवनी दिएका छन् ।

मोरङका संघीय सांसद, प्रदेश र पालिका प्रमुखहरुले बिहीवार विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गर्दै तत्काल काम सुरु नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, प्रदेश सांसद गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द मण्डल, अमृत अर्याल, रतुवामाई नगरपालिका प्रमुख नागेश्वर सिंह, सुनवर्षीका प्रमुख श्याम राजवंशी, रंगेली पालिका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदार र कटहरीका अध्यक्ष देवराज चौधरी सहभागी थिए ।

पत्रकार सम्मेलनमा प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरू, स्थानीय सरकारका प्रमुखहरू आक्रोशित सुनिए । ‘सडककै कारण लाखौं नागरिकले दुःख पाएको धेरै भयो अब हामी सहन नसक्ने अवस्थामा पुग्यौं,’ ती सबै जनप्रतिनिधिहरूको एकै स्वर थियो, ‘अबको एक हप्ताभित्र काम सुरू नगरे हामी सबै जनतालाई साथमा लिएर संघर्षमा ओर्लने छौं ।’

सांसद ऋषिकेश पोखरेलले पटक–पटक काम सुरु गर्न आग्रह गर्दा काम नभएको बताए । राज्यका निकायले काम सुरु नगरे प्रतिरोध गर्ने उनले बताए । धुवा र धुलोका कारण सडक किनारका जनताको दैनिकी कष्टकर भएको बताउँदै उनले काम सुरु गर्न आग्रह गर्दा नटेरेपछि जनतासमक्ष आउनु परेको बताए । सडकको काम छाडिएका कारण पानी परेपछि बाटोमा हिँड्न सक्ने अवस्था नरहेको उनले बताए ।

मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सडक निर्माणका लागि आवाज उठाउन सम्भव नभएका कारण लाठी उठाउनु पर्ने अवस्था रहेको बताए ।
प्रदेश सांसद भीम पराजुलीले काम सुरु नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नु पर्ने बताए । काम सुरु नगरे आन्दोलनमा उत्रिने उनले बताए ।

प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले हुलाकी सडकमा हिँड्न नसक्ने अवस्था रहेको बताए । निर्माणको काम सुरु गरेर वर्षामा हिँड्न सक्ने बनाउनु पर्ने बताए ।

रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले लाइफ लाइनको रूपमा रहेको सडकको काम रोक्नु आपत्तिजनक रहेको बताए ।

कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले जनप्रतिनिधिको आग्रह सडक आयोजनाले नसुन्ने गरेको गुनासो गरे । काम गर्ने विषयमा सहकार्य नभएको उनको गुनासो छ।

सम्बन्धित समाचार

बुद्ध जयन्तीमा माेदी नेपाल आउने, देउवासँग लुम्बिनीमा भेट्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । तर, यसबारे नेपालकाे परराष्ट्र...

भारतलाई २०० मेगावाट विद्युत् बेच्न विद्युत प्राधिकरणले खोल्यो टेन्डर

गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुलीमात्रै पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा...

ज्ञानसन ऋषिदेवको हत्या प्रकरण : एक जना प्रहरीको नियन्त्रणमा

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । यस घटनामा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको...

आज धेरै स्थानमा पानी पर्ने, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा भने अति भारी वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने जानकारी दिएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ तथा बागमतीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने तथा...

जिल्ला सहकारी संघ मोरंगको अधिवेशनः ५ दलीय गठबन्धनका उम्मेदवारलाई एमालेका एक्ला उम्मेदवारले चटाए धुलो

विराटनगर, २८ पुस । जिल्ला सहकारी संघ लिमिटेड मोरंगको अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित हुनु भएको छ । उहाँले अध्यक्षका प्रत्यासी वीरेन्द्र यादवलाई २९ मत अन्तरले पराजित गर्नुभएको थियो । पोखरेलले १५६ मत प्राप्त गर्नुभयो भने...

राजपा सांसदले १५ दिनको तलब कोषमा जम्मा गर्ने

राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना सांसदको १५ दिन बराबरको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।पार्टीका प्रवक्ता केशव झाका अनुसार राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारद्वारा स्थापित केन्द्रीय कोषमा पार्टी सांसदका...

र्‍यापिड टेस्ट किट गडबडीबारे मन्त्रालयले निकाल्यो विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको र्‍यापिड टेस्ट किटको विषयमा विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा र्‍यापिट टेस्ट किटका बारेमा सञ्चारमाध्यममा...

गच्छदारनिकट ११ नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, फागुन २३–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति विजय गच्छदारनिकट ११ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्न यसअघि भएको सहमतिअनुसार देउवाले शुक्रबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्