कानेपोखरीमा जग्गा खरिदमा घोटला : गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी

 न्यूज विराट
कानेपोखरीमा जग्गा खरिदमा घोटला : गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खडग बहादुर बस्नेतको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पु¥याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन बनाउने निर्णयको विरुद्धमा गाउँपालिको अध्यक्ष र वडा अध्यक्षको कार्यालयमा मङ्गलवार तालाबन्दी गरिएको हो ।

निर्वाचित जनप्रतिनिधिहरूको बेथितिविरुद्ध गाउँपालिकाको अध्यक्ष र वडा अध्यक्षको कार्यालयमा तालाबन्दी गरिएको स्थानीय नवीन पौडेलले बताए । ‘सेवाग्राहीलाई सेवा प्रभावमा कुनै पनि कठिनाइ नहुने तरिकाले हामीले आन्दोलनमा उत्रिएका हौँ,’ उनले भने, ‘ कानेपोखरी गाउँपालिको स्थानीय सरकार विधि र प्रक्रियामा चल्नुपर्ने हो । तर, चलेको पाइएन । त्यही भएर तालाबन्दी गरिएको छ ।’

सोमबार जग्गामा भ्रष्टाचार भएको र आफ्ना नेता संलग्न रहेको भन्दै त्यहाँका ३ सय जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले राजीनामा दिएका छन् ।
गाउँपालिकाले प्रशासनिक भवन बनाउन भनेर तत्कालीन गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले अध्यक्ष रहेको बेलामा गाउँपालिकाले कानेपोखरी – ५ मा खरिद गरेको १ बिगाहा जग्गामा १ करोड ३४ लाख रुपैयाँ बढी मूल्य हालेर जग्गा खरिद गरेको पाइएको छ ।
कम मूल्यमा जग्गा विक्री गर्ने निवेदकलाई पाखा लगाएर पालिकाले कानेपोखरी गाउँपालिका वडा नं। ५ मा प्रतिकठ्ठा १० लाख २५ हजारका दरले २० कठ्ठा ९१ बिघा० जग्गा २ करोड ५ लाखमा २०७८ असार २३ गते खरिद गरेको छ ।

पालिकाले २०७७ असोज १६ गते जारी गरेको सूचना बमोजिम कम मूल्यमा जग्गा उपलब्ध गराउने उषा चापागाईँको दर्ता भएको निवेदनलाई पाखा लगाएको पाइएको छ । उनले प्रतिकठ्ठा ३ लाख ५५ हजार प्रतिकठ्ठामा जग्गा उपलब्ध गराउने प्रस्ताव दर्ता गराएकी थिइन् । तर, उक्त प्रस्तावलाई पाखा लगाएर पालिकाको तत्कालीन जग्गा व्यवस्थापन समितिले कानेपोखरी ५ को इन्द्रकुमार गिरी र सिताराम गिरीको नाममा रहेको जग्गा प्रतिकठ्ठा १० लाख २५ हजार रुपैयाँले खरिद गरेको हो ।
प्रतिकठ्ठा ६ लाख ७० हजार बढी मूल्य हालेर २० कठ्ठा जग्गा खरिद गर्दा कानेपोखरी गाउँपालिकालाई १ करोड ३४ लाख रुपैयाँ व्ययभार परेको छ ।

सम्बन्धित समाचार

अन्तर विद्यालय स्तरीय पब्जी प्रतियोगिता

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले शनिबार कलेज परिसरमा अन्तर विद्यालय स्तरीय पब्जी प्रतियोगिता आयोजना गरेको छ ।मोरङ र सुनसरीका १५ वटा कलेजका विद्यार्थीहरुले यस प्रतियोगितामा सहभागिता जनाएका छन् ।कलेज प्रमुख भरत सापकोटाका अनुसार...

नेकपाको स्थायी कमिटी बैठक एक घन्टामै स्थगित

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक घन्टामै स्थगित भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकमा योगेश भट्टराई, लिलामणि पोखरेल, केशव खतिवडा र नन्दकुमार प्रसाईंले आफ्नो धारणा राखेका थिए...

होटल ह्यारिसनमा ‘हाट बजार’ मेला सुरू

विराटनगर । विराटनगरस्थित होटल ह्यारिसनमा ‘हाट बजार’ मेला सुरू भएको छ । जैन इन्टरनेशल टे«ड अर्गनाइजेसन (जितो) को आयोजनामा विराटनगरमा एक दिने हाटबजार मेला बिहीबार लागेको हो । उक्त मेलाको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश...

मोरङको जहदामा युवतीमाथि सामुहिक बलात्कारको आशंका, तीन जना पक्राउ

विराटनगर । मोरङ जहदाकी २२ वर्षीय युवतीलाई बलात्कार गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।मोरङ प्रहरीबाट खटिएको टोलीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक...

भारतसँगको सीमा नाकाबाट हुलका हुल नेपाल भित्रिँदै

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि विभिन्न कामले त्यहाँ रहेका नेपाली हुलका हुल स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट शनिबार १० हजारभन्दा बढी नेपाली फर्किएका छन्। बाँकेको जमुनाहा नाका हुँदै शनिबार २० हजारले...

संसद भवन प्रवेश गर्दा कलम र डायरी बोक्न नपाइने

काठमाडौं, २५ वैशाख-शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधि सभा र राष्ट्रियसभाका सांसदको कोरोना भाइरस परीक्षण सुरु गरिएको छ । सांसदको कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट हुँदै छ । त्यसका लागि बिहीबार...

मन्टेश्वरीका अभिभावकसँग एभरेष्ट स्कुलको कार्यशाला

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले मन्टेश्वरी कक्षाका विद्यार्थीका अभिभावकसँग कार्यशालाको आयोजना गरेको छ ।विद्यालयले शिक्षण सिकाइका लागि अपनाउँदै आएका कृयाकलापका विषयमा अभिभावकलाई जानकारी गराउने उद्देश्यका साथ कार्यशाला आयोजना भएको हो । शुक्रबार नर्सरी...

शुक्रबार २९०९ संक्रमित थपिए, ४५०० जना डिस्चार्ज

काठमाडौं, २१ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएकासहित कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८ सय ३ पुगेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्