विराटनगर । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका विराटनगरमा सरोकारवालाहरु बीचको सम्वाद कार्यक्रम भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा विराटनगरमा बिहीबार सम्वाद कार्यक्रम भएको हो ।
प्रादेशिक स्टार्टअप नीति तर्जुमा कार्यलाई समयसापेक्ष बनाउने, प्रदेशभरीका स्टार्टअपहरुको विवरण अध्यावधिक गर्ने, नीतिमा समावेश गर्ने कुराहरुको पहिचान गर्ने, लगानीको तौरतरिका र प्रविधिको प्रयोगबारे धारणा विकास गर्ने लगायतका बिषयमा सम्वाद गरिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति प्रसाद सिटौलाले नव उद्यमीहरुको व्यवसाय प्रवद्र्धनका लागि सरकारले सहयोग गर्ने बताए । सरकार र उद्यमीबीच राम्रो सम्बन्ध बनाएर अघि बढ्न आफु तयार गरेको मन्त्री सिटौलाले बताए ।
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपालमा स्टार्टअप कुनैपनि नयाँ आइडियाहरुलाई रोक्न नहुने बताए । उनले नयाँ नयाँ आइडियालाई सरकार र निजी क्षेत्रका विभिन्न क्षेत्रबाट सहयोग गर्दै अगाडि बढाउन सके त्यसबाट मुलुकमा नवप्रवद्र्धन सम्भव हुने बताए । उनले विश्वमा स्टार्टअप संस्कृति धेरै पुरानो भए पनि नेपालमा भर्खर हुर्कदै गरेको र नवउद्यमीहरुको उद्यमशिलता प्रतिको चाख र आर्कषण उल्लेख्य मात्रामा बृद्धि पनि भइरहेको बताए । अन्य मुलुकहरुमा सरकारले युवा उद्यमीलाई राष्ट्रिय अर्थतन्त्रको सवलीकरणमा केन्द्रीत गराउन उद्यमशील एवं उद्धमी स्टार्ट अप व्यवसायलाई प्रेरित गर्न सहयोगी नीति कार्यक्रम गरेकोले कोशी प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरिदिनुपर्नेमा अध्यक्ष राउतले जोड दिए । राउतले स्टार्टअप उद्यममा संलग्न उद्यमीहरुले सहजीकरण तथा नियमन सम्बन्धी कानूनको अभाव भोग्नु परेको, नियामक निकायबीच अन्यौलता रहेको, वित्तीय सहयोगको अभाव रहेको, लगानीकर्ताको न्यून उपस्थिति जस्ता समस्या झेल्दै आएको बताए ।
त्यसका साथै संघीय सरकारका विभिन्न निकाय र प्रदेश तथा स्थानीय तहले उद्यमीको नवप्रवर्तनकारी सोचलाई प्रवद्र्धन गर्नुपर्ने उनले बताए । कोशी प्रदेशको आर्थिक विकासमा स्टार्टअप क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले पूर्वाधार र इकोसिस्टमको उपलब्धता, च्यालेञ्ज फण्डको प्रत्याभूति, स्टार्टअप सम्र्वधन केन्द्र, प्रशिक्षक र गति प्रदायकको उपलब्धता र सक्रियता, सुविधाको उपलब्धता, तिनै तहका सरकारका योजना कार्यक्रम र बजेट बिचको सहकार्य बढ्दै जानुपर्नेमा उनले जोड दिए ।
सम्वाद कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव मेघनाथ तिमल्सेनाको अध्यक्षमा आयोजित कार्यक्रममा स्टार्टअप विज्ञहरु जीवन प्रकाश सिटौला र निरज खनालले नेपालमा स्टार्टअपको विकास, पृष्ठभूमि, स्टार्टअप नीतिमा प्रस्तावित व्यवस्थाहरुबारे प्रस्तुतिकरण गरे । उक्त प्रस्तुतिकरणमाथि युवा उद्यमी प्रतिक राउत, कृषि विज्ञ डा.राजेन्द्र उप्रेति, मन्त्रालयकी खाद्य अनुसन्धान अधिकृत विमला पोखरेल, इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्रकुमार साह, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, विकल्प द अल्टरनेटिभका बसन्त अधिकारी लगायतले स्टार्टअप क्षेत्रलाई अघि बढाउन सरकारले बनाउनु पर्ने नीतिमाथि सुझाव दिए ।
काठमाडौं, २० कात्तिक-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही २४ कात्तिकमा दिउँसो १ बजे बस्ने भएको छ । यसअघि २१ कात्तिकका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय...
विराटनगर, २४ मंसिर–प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक...
विराटनगर, ४ कात्तिक–प्रदेश १ मा आज आठ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा चार सय ४९, मोरङमा तीन सय ३७, झापामा ३८, इलाममा...
विराटनगर, जेठ २१–मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण हुने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ र जीवन विकास...
काठमाडौं, माघ २२–नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सांसद पद निलम्बन भएको छ । नेता गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्न पदमा बसी भूमिका खेलेको भन्दै भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा...
काठमाडौं, ३१ असार-३ महिनागरपालिकाले कानुनले दिएको अधिकारअनुसार घरजग्गा र सम्पत्तिबापतको कर उठाउन सकेका छैनन् । महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदनअनुसार १ सय जना करदाताबाट यस्तो रकम उठाउन नसकेको देखिएको हो । स्थानीय सरकार सञ्चालन...
विराटनगर, ११ चैत । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका सबै सांसदहरूले हस्ताक्षर फिर्ता लिने भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने भएका हुन्...
विराटनगर । एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो...