भारतीय स्कारपियोबाट १ सय २० केजी गाँजा बरामद

 न्यूज विराट
भारतीय स्कारपियोबाट १ सय २० केजी गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियोबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । आज विहान २ बजे सशस्त्र प्रहरी बल मोरङले विराटनगर १ नोबेल डेरीबाट १ सय २० केजी गाँजा बरामद गरेको हो ।

सूचनाको आधारमा सशस्त्र प्रहरीले बुढीगंगा गाँउपालिका १ स्थित टंकीसिनुवारी चोकमा सशस्त्र प्रहरी निरिक्षक भुपेन्द्र काजी निरौलाको कमाण्डमा खटिएको ९ जनाको मोबाईल चेक प्वाईन्ट टोलीले चेकजाँच गरेको थियो । ईटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बिआर ११ भी ७६४५ नम्बरको सेतो कालो रंगको स्कारपियो गाडीलाई चेकजाँच गर्न खोज्दा स्कारपियो नरोकी विराटनगरर्फत हुकिएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक निरौलाको टोलीले स्कारपियोलाई पीछा गर्दै जाँदा विराटनगर १ स्थित नोबेल डेरी चोकमा स्कारपियो छाडी चालक फरार भएका थिए । चेकजाँचको क्रममा स्कारपियोबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका निमिक्त कार्यालय प्रमुख डिएसपी होमनाथ भट्टराईले बताए । बरामद गरेको गाँजा आवश्यक कारवाहीको लागि मोरङ प्रहरी बुझाएको छ ।

सम्बन्धित समाचार

आइटीमा पनि अब्बल बन्दै शिक्षादीप कलेज

विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर– ९ मा रहेको शिक्षा दीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट दक्ष...

भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

एजेन्सी, २८ भदौ-भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनलाई गत २ अगस्टमा...

नीति निमार्ण अपाङगता मैत्री बनाउनुपर्नेमा जोड

विराटनगर । राज्यले बनाउने नीति निमार्ण प्रक्रिया अर्थपुर्ण, सहभागितात्मक र जनमुखी बनाउन अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गराउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेत्रहीन युवा संघ मोरङले विराटनगरमा सोमबार आयोजना गरेको राजनैतिकमा अपाङगता भएका व्यक्तिहरूको...

आज ५२४२ नमुना परीक्षण गर्दा ८९९ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कुल ५ हजार २४२ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

विशाल चोकका १ सय बढी परिवारलाई राहत वितरण

विराटनगर, चैत २२-विराटनगरका युवा नेता मो. आजमको पहलमा १०० वढी विपन्न परिवारलाई राहत वितरण गरिएको छ । आलमको पहलमा विराटनगर डा न. ५ स्थित विशाल चोकका अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो...

सत्ता गठबन्धन स्थानीय तहको चुनाव सार्न जालझेल गर्दैछ:गोकर्ण विष्ट

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन भएको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सचिव विष्टले संविधान र...

सुनसरीको देवानगञ्जमा ग्राम शुद्धिकरण महायज्ञ, सनातन धर्म संस्कृतिको संरक्षणमा जोड

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको श्री कृष्ण माविमा ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी) लगाएको छ । विश्व हिन्दु परिषद नेपालले शनिबार महायज्ञ लगाएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद किरण साह रहेका थिए...

सनसिटीमा कोरोना परीक्षण : २ सय ९८ जनाको आरडीटी नेगेटिभ

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्दा २ सय ९८ जनाको नेगेटिभ आएको छ । सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ जनामा मंगलबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्