कृषि विकास बैंकद्वारा महानगर र हाम्रो समाजलाई डस्विन प्रदान

 न्यूज विराट

विराटनगर । कृषि विकास विराटनगर शाखाले विराटनगर महानगरपालिका र हाम्रो समाजलाई डस्विन प्रदान गरेको छ ।
विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर डस्विन प्रदान गरिएको कृषि विकास बैंकले जनाएको छ । मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई बैंकका कोशी प्रदेशका प्रमुख रञ्जन खनाल र विराटनगर शाखाका प्रमुख तिलक प्रधानले डस्विन हस्तान्तरण गरे ।
सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरलाई ५० थान डस्विन प्रदान गरिएको बैंक शाखा प्रमुख प्रधानले बताए । वितरण गरिएको डस्विन विराटनगरका विभिन्न स्थानमा राखिनेछ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले विराटनगरलाई सफा र सुन्दर राख्ने महानगरको अभियानमा थोरै भए पनि सहयोग पुग्ने बताए । उनले आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरे । त्यस्तै कार्यक्रममा सबैको साथ र सहयोगले मात्रै महानगरवासीले परिकल्पना गरेको विराटनगर बन्ने उपमेयर कार्कीको भनाइ थियो ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु

विराटनगर, १५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङ र झापा घर भएका संक्रमित पुरुषको बुधबार विहान मृत्यु भएको हो । मोरङको...

तिहार पर्व : मौलिक देउसीभैलो हराउँदै

सुशीला रेग्मी रामपुर (पाल्पा), १९ कात्तिक-तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा...

नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवद्वारा राजीनामाको घोषणा

काठमाडौं, १३ असोज । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै राजीनामा घोषणा गरेका हुन् । ‘हामीले क्यानलाई अप्ठेरो परेका...

गुणस्तरीय शिक्षामा अब्बल इस्टर्न कलेज अफ इन्जिनियरिङ

विराटनगर । प्रदेश नं. १ को मुटुमा अवस्थित विराटनगर – २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङ गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित भएको छ । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम्...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सफाई कर्मचारीलाई लत्ता कपडा र मिठाई वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक सरसफाई गर्ने महिला कर्मचारीहरुलाई लत्ता कपडा र मिठाई वितरण गरेको छ । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको उपस्थितीमा क्लबले सडक सफाई गर्ने ५० जना महिला कर्मचारीहरुलाई...

आज देशभर १ हजार २४६ संक्रमित थपिए, १ हजार २४३ डिस्चार्ज

काठमाडौं, १ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

सस्तोमा सामान पाइने भन्दै फेक विज्ञापन गर्ने गिरोह सक्रिय, प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

काठमाडौं, २३ असार-महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत् मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ । महाशाखाले...

चिनियाँ राजदूत हाउ याङ्छी प्रचण्ड निवासमा

काठमाडौं, ८ मंसिर-चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई लिएर सोमबार चिनियाँ राजदूत हाउ याङ्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छन् । अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको प्रचण्डको स्वकीय सचिवालयले जनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्