विराटनगर । प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई अभिनन्दन पत्रले सम्मान गरेको हो ।
वीरता जेसीजले यस पटक समाजसेवी गोयललाई उत्कृष्ट नागकिर घोषणा गर्दै अभिनन्दन गरेको छ । प्रत्येक वर्ष आयोजना उत्कृष्ट नागरिक अभिनन्दनको यो २३ औं संस्करण हो । विगत तीन दशक यता निरन्तर समाजिक क्षेत्रमा सहयोग गर्दै आएका गोयलले पछिल्लो पटक झापा भद्रपुरका घरबार विहीन १४ परिवारलाई आवासको प्रबन्ध गरिदिएका छन् । उनले प्रत्येक वर्ष सयौँ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुको साथै विपन्न महिलाहरूलाई जिविकोपार्जनमा आर्थिक सहयोग गर्दै आएका छन् ।
निस्वार्थ समाजसेवीका रुपमा यस अघि मुलुकका विभिन्न स्थानबाट सम्मानित गोयललाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले अभिनन्दन पत्र प्रदान गरेका थिए । उत्कृष्ट नागरिक सम्मान समारोह २०७९ का संयोजक किरण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, नेपाल जेसीज कार्यकारिणी उपाध्यक्ष रस्मी बस्नेत, नेपाल कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा छनौट समितिका सदस्य कुमारमणी पोखरेलले वर्ष उत्कृष्ट नागरिकको नाम घोषणा गरेका थिए । वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरीले सञ्चालन गरेको कार्यक्रममा जेसीज आस्था वाचन वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले गरेकी थिइन । सम्मान समारोहमा १ सय बढी संघ संस्थाहरूले उत्कृष्ट नागरिक गोयललाई अपेक्षासहित मायाको चिनो प्रदान गरेका थिए ।
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक...
काठमाडाैं, २१ साउन-पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको मनपरीका कारण पार्टी समस्यामा परेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित एक अन्तर्क्रियामा नेता नेपालले ओलीले पार्टी र...
डडेल्धुरा, ३१ जेठ-डडेल्धुरामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ...
विराटनगर, २ साउन–नेपाल औषधी व्यवसायी संघ झापा, मोरङ र सुनसरी जिल्ला शाखाले औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाई प्रभावकारी बनाउन माग गरेका छन् । संघका तीनै जिल्लाका शाखाहरुले औषधी व्यवसायमा देखिएका विकृति विसंगतिहरुलाई निरुत्साहित गराउने ,...
विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट आज दिउँसो ११ बजेबाट सुरू हुदैछ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू हुनेछ । प्याब्सन मोरङको आयोजनामा भएको...
पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । त्यस्तै, आज थप २...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमै राख्न गठबन्धन गर्नुपर्ने बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले चुनावमा गठबन्धन गर्नुपर्ने बताएका हुन् । पौडेलले असंवैधानिक कदम चालेका केपी ओली र एमालेविरुद्ध...
काठमाडौं, ३ वैशाख-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ७ वटै प्रदेशका सभामुखसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि गरिएका प्रयासका विषयमा बुधबार अध्यक्ष तिमिल्सिनाले ७...