एनबीएससीका रबिको अर्धशतकमा पुलिसलाई १९१ रनको लक्ष्य

 न्यूज विराट
एनबीएससीका रबिको अर्धशतकमा पुलिसलाई १९१ रनको लक्ष्य

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससीले विभागीय टिम नेपाल पुलिसलाई १९१ रनको लक्ष्य दिएको छ ।
विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको एनबीएससीले निर्धिारित २० ओभरमा ९ विकेट गुमाई १९० रन बनायो । एनबीएससीका लागि रबि शर्माले ३६ बलमा ५१ रनको अर्धशतकीय ईङनिङ खेले । इमरान मलिकले २५ बलमा ४२ रन पारी खेल्दा मुकुन्द यादवले १७ बलमा २५ रनयको योगदान दिए ।

पुलिसका मन्जित श्रेष्ठले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । रसिद खान र ललित भण्डारीले समान २–२ विकेट लिए । रिसदले ४ ओभरमा ३३ रन खर्चे भने ललित भण्डारीले ४ ओभरमा ४० रन खर्चेका थिए ।

अहिले नेपाल पुलिसले ब्याटिङ गर्दैछ ।

समूह ‘ख’ तर्फ दुई जित निकाल्दै समान ४–४ अंक जोडेको छ । आज जित्ने टिम फाइनलमा पुग्नेछ । भोली हुने फाइनलमा यसअघि समूह ‘क’ बाट बिजेता भएको नेपाल आर्मी र आज जित्ने टिमसँग उपाधिको लागि भिड्नेछ ।

सम्बन्धित समाचार

एक्सनमा इप्रका रानी, हप्तादिनमा १९ लाखको तस्करीको सामान बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा हुने चोरी तस्करीलाई निस्तेज बनाउने अभियान सुरु गरेको मोरङ प्रहरीले भन्सार छली गरेर आउने सामग्रीहरू धमाधम बरामद गर्न थालेको छ । चोरी तस्करी भएर आएको समान...

हलेसीमा दुई वटा हवन कुण्ड निर्माण, पूर्वमुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

खाेटाङ- काेशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले हलेसी तुवाचुङ नगरपालिका ७ स्थित हलेसी महादेव मन्दिर परिसरमा नवनिर्मित दुई वटा हवन कुण्डकाे साेमबार उद्घाटन गरेका छन् । गत आर्थिक वर्षमा काेशी प्रदेश सरकारकाे पर्यटन, वन तथा वातावरण...

युवा व्यवसायी सुमन प्रसाईँले जन्मदिन मानवसेवा आश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा व्यवसायी सुमन प्रसाईँले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित मानव...

आकर्षक बन्यो विराटनगर विमानस्थलको प्रवेशद्वारः थ्रीडी एलइडी लाइट जडान

विराटनगर, २० जेठ । विराटनगर विमानस्थलको पुनःनिर्माण गरिएपछि आकर्षक देखिएको छ । विमानस्थल प्रवेशद्वारको पुननिर्माणसम्पन्न भएपछि पहिलेभन्दा आकर्षक देखिएको हो । विराटनगर विमानस्थलको प्रवेशद्वार विराटनगरस्थित थ्रीडी एड्भरटाइजिङले पुनःनिर्माण गरेको हो । यसअघि समान्य प्रवेशद्वार रहेकोमा...

प्रदेश १ मा परिक्षणको दायरा बढ्यो, एकै दिन १९ सयको कोरोना परीक्षण

विराटनगर, साउन २८–प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । बुधबार मात्रै प्रदेश १ मा १९ सयको हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कमा अनुसार...

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

लक डाउनको विकल्प खोज्न व्यवसायीको माग

विराटनगर, बैशाख २२–विराटनगरका व्यवसायीहरुले ६ हप्तादेखि जारी बन्दा बन्दीको बिकल्प खोज्न सरकारसँग माग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको बन्दा बन्दीका...

मोरङको रंगेलीबाट ३ सय केजी गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका –...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्