ऋचा मेमोरियल टी–२० क्रिकेट : एनबीएससीको दोस्रो जित, दिल्ली दुई खेलमा जित बिहनी
शुक्रबार, ०१ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । घरेलु टिम एनबीएससी विराटनगरले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ ।
लागातार जित हात पार्ने क्रममा एनबीएससीले पाहुना टिम दिल्ली युनाईटेड क्रिकेट क्बलमाथि ३२ रनको सानदार जित हात पारेको हो । दिल्लीको लगातार यो दोस्रो हार हो ।
विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा १३० रनको लक्ष्य पछ्याएको दिल्लीले १७.२ बलमा सबै विकेट गुमाई ९७ रनमा सिमित भयो । मनिष मिश्रले १७ बलमा १७ रन बनाए । शक्ति केडीले १५ बलमा १४ रन पारी खेल्दा अंकितले १२ रनको योगदान दिए ।
एनबीएससीका मेहाङ्गको घातक बलिङसामु दिल्लीका खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच भए । आयरले ३.२ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । प्रशान्त कुमार, राहुल चौधरी र विधान गोस्वामीले समान १–१ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको एनबीएससीले १६.३ बलमा सबै विकेट गुमाई १२९ रनको मध्यम योगफल खडा गरेको थियो । जसमा एनबीएससीका रवि शर्माले २३ बलमा ५ चौका हिर्काउँदै २५ रनको योगदान दिए । विधान गोस्वामीले ७ बलमा २ छक्का र २ चौका हिर्काउँदै २० रन पारी खेल्दा इमरानले ७ बलमा २ छक्का र १ चौका हिकाउँदै १७ रन जोडे । सुमन गतराजले १८ बलमा १९ रन बनाउँद सतिश कुमारले १३ बलमा १६ रनको योगदान दिए ।
दिल्लीका लक्की हितेसले ३.३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रदिप कुमारले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । मनिष मिश्र र अंकित गोस्वामीले समान १–१ विकेट लिए ।
अहिले दोस्रो खेल नेपाल पुलिस र एनबी गु्रपु सुदुरपश्चिम बिच हुँदैछ ।
म्यान अफ द म्याचको पुरस्कार लिदै एनबीएससीका खेलाडी मेहाङ्ग । उनले चार विकेट लिएका छन् ।
नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को संक्रमण कम हुँदै...
विराटनगर । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट पदकविजेता खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले पुरस्कारसहित सम्मान गरेको छ । मंगलबार इटहरीमा सम्पन्न खेलाडी सम्मान कार्यक्रममा खेलकुद विकास बोर्डले १ सय...
विराटनगर, असार १०-विराटनगर महानगरले आगामी आर्थिक वर्ष २०७७÷२०७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजारको अनुमानित आय–व्ययसहितको बजेट ल्याएको छ । महानगरेको छैंटौं नगरसभामा चालु आर्थिक वर्षको तुलनामा २२ प्रतिशत न्यून बजेट...
काठमाडौं, ११ वैशाख-समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफू कुनै पनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताएका छन् । नेता राईले पछिल्लो समय आफूहरूले पार्टी फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताएका...
विराटनगर, जेठ ५–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाईका युवकमा कोरोना संक्रमण पोजेटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा....
कोरोना भाइरसबारे भ्रम फैलाउने गरी समाचार संप्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले १७ वटा अनलाइन सञ्चार माध्यम बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । काउन्सिलले १० चैतदेखि १६ चैतसम्मको अवधिमा भाइरसबारे विभिन्न भ्रम फैलाएको...
विराटनगर, फागुन १४–विराटनगर महानगरपालिकाले प्रदेश राजधानीको स्थायी संरचनाका लागि आबश्यक जग्गा उपलब्ध गराउन तत्पर रहेको जनाएको छ । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश राजधानीका लागि आबश्यक जग्गा उपलब्ध गराउन महानगरपालिका तत्पर...