ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा आर्मीको विजय सुरुवात

 न्यूज विराट
ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा आर्मीको विजय सुरुवात

विराटनगर । विभागीय टिम नेपाल आर्मी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ ।

लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश बनाउँदै आर्मी विजयी भएको हो ।

विराटनगर जुटमिलको खेल मैदानमा जारी प्रतियोगितामा १५६ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १५ ओभर १ बलमा ३ विकेट गुमाई पुरा गर्यो । आर्मीका बसीरले बिस्फोट ब्याटिङ गर्दै टिमको जितको आधार तय गरेको छ । उने ३३ बलमा ४४ रन बनाउँदै अविजित रहे । उनले ६ चौक्का र १ छक्का हिर्काए । खेलको म्यान अफ द म्याच पनि उनै घोषित भए ।
राष्ट्रिय खेलाडीहरुले भरिपूर्ण रहेको आर्मीका हरी चौहानले २६ बलमा ३८ रन बनाए । उनले २ छक्का र ५ चौक्का हिर्काए । सन्दिपले १५ बलमा ३६ रन बनाउँदा राजेश पुलामीले १० बलमा २४ रनको पारी खेल्दा उनले २ छक्का र २ चौक्का हिर्काए ।

बलिङमा वाइआरसीसीका भिष्प सहनीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । हरिषले २ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

जवाफमा वाइआरसीसीले १९ दशवलम ५ बलमा अलआउट भई १५५ रनमा समेटियो । वाइआरसीसीका सोनु अन्सारीले ३७ बलमा अर्धशतकीय ईनिङ खेले । उनले ६ छक्का र ४ चौक्का हिर्काए । अभिषेक चौधरीले २६ बलमा ३१ रन बनाए । उनले २ छक्का र २ चौक्का हाने । सिद्धान्त लोहनीले १६ बलमा २८ रन रनको पारी खेल्दा अरु कुनैपनि ब्याट्रले दोहोरो अंक छोएनन् ।
बलिङमा आर्मीका जितेन्द्र मुखियाले ४ ओवरमा १२ रन खर्चेर ३ विकेट लिएका थिए । बिक्रम सोब, सुमि श्रेष्ठले समान २–२ विकेट लिए भने आकाश चन्द र नरी चौहानले समान १–१ विकेट लिए ।

सम्बन्धित समाचार

विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्ने १०० मोटरसाईकल प्रहरी नियन्त्रणमा

विराटनगर, २१ वैशाख । निषेधाज्ञा उल्लंघन गरी कुदाइएका १ सय मोटरसाईकल प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । निषेधाज्ञाको समयमा विना कारण मोटरसाईकल कुदाएको भन्दै प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिएको हो । निशेधाज्ञा उल्लंघन गरेको भन्दै जिल्ला...

प्रभुु क्यापिटलको ‘प्रभु दाइ’ अनलाइन सेवा सुरु

प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले 'प्रभु दाइ' नामको अनलाइन सेवा साेमबारदेखि सञ्चालनमा ल्याएकाे हो । सो सेवाअन्तर्गत क्यापिटलको लगानी व्यवस्थापन सेवा (Portfolio Management Service), अनलाइन डिम्याट खातासम्बन्धी...

मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

कास्की, २७ असोज-राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल)...

बीपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

विराटनगर, १ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार साँझ झापा र सुनसरीका एक/एक संक्रमितको मृत्यु भएको हो ।   प्रतिष्ठानको कोभिड अस्पतालमा २९...

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त्त

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त्त भएका छन् । विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्षमा प्रोफेसर डाक्टर दामोदर थापा क्षेत्री नियुक्त्त भएका हुन् । अअध्यक्ष थापालाई आइतवार...

सीएनआई कोसी एक्स्पोमा अल्लो र ढाका कपडाको ‘ब्राण्डिङ’

विराटनगर । कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोषाकहरु निर्यात गरिरहेकी हुन्थिन् ।धनकुटामा जन्मिएर...

सभामुख एमालेको निर्देशनमा चले:मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सहयोगी बनेको आरोप लगाएका छन् । मंगलबार कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभा बैठक स्थगित भएपछि राईले भण्डारी एमालेको निर्देशनमा चल्न खोजेको...

सहिष्णुताका सेतु

विराटनगर । विराटनगरका बासिन्दा वसिम आलम राजनीतिक वृत्तमा चिनिएको नाम हो । नेकपा एकीकृत समाजवादीको भ्रातृ संस्था अनेरास्ववियु्का सह–अध्यक्ष आलम हरेक आन्दोलनका अगुवाका रुपमा पनि स्थापित छन् । सामाजिक र राजनीतिक विषयमा सामाजिक सन्जालमार्फत तिखो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्