ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : नरपथगञ्ज र एपीएफ विजयी
सोमबार, २७ चैत, २०७९,
न्यूज विराट
विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ ।
सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो ।
पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा भएको उद्घाटन खेलमा १२५ रनको विजय लक्ष्य पछ्याएको नरपथगञ्जले १६ दशवलम ४ बलमा ६ विकेट गुमाई पुरो गर्यो । नरपथगञ्जका रवि रोयले ३० बलमा ४० रनको योगदान दिए । उनले ३ छक्का र ३ चौक्का प्रहार गरेका थिए । भानु आन्दले ३३ रन बनाउँदा अमर चौधरीले २० रनको योगदान दिए ।
आर्मीका जितेन्द्र मुखिया र आकाश चन्दले समान २–२ विकेट लिए । सुशान्त विराजले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले १७ दशवलम ४ बलमा अलआउट भइ १२४ रनमा समिति भयो । आर्मीका हरी चौहानले ४० बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । उनले ४ छक्का र ६ चौक्का प्रहार गरे । राजेश पुलामीले २६ बलमा ३४ रनको योगदान गरे ।
नरपथगञ्जका श्रवन वर्माले ४ ओभरमा १९ रन खर्चिएर ४ विकेट लिए । रबडा कुमारले २ विकेट लिए । म्यान अफ द म्याच नरपथगञ्जका श्रवन घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई ४ विकेटले हराउँदै विभागीय टिम एपीएफ विजयी भएको छ । ११६ रनको विजय लक्ष्य पछ्याएको एसपीएफले १७ दशवलम ३ बलमा ६ विकेटको क्षतिमा पुरा गर्यो । जसमा एपीएफका पुरन बिकले २७ रन, अरुणले २६ रनको योगदान दिए । बलिङमा वाइआरसीसीका कमल खत्री, हर्षले समान २–२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ्ग गरेको वाइआरसिसीले १८. ५ बलमा अलआउट भइ १ सय १५ रनमा समेटियो । वाइआरसिसीका अलराउन्डर खेलाडी हर्षले ३० बलमा ४४ रन बनाए । उनले चार चौक्का र २ छक्का हाने ।
एपीएफका दुरन बिकले ३.५ बलमा २६ रन खर्चेर ४ विकेट लिए । एपीएफका अमरसिंह सौटेलाले ३ विकेट लिए । २२ रन र ३ विकेट लिने अमरसिंह खेलको म्यान अफ द म्याच पनि घोषित भए ।
लिकको आधरमा भएको प्रतियोगितामा मंगलबारको पहिलो खेल वाइआरसिसी र आर्मीबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल एपीएफ र नरपथञ्च बिच हुनेछ ।
चैत २७ देखि वैशाख ३ गतेसम्म संचालन हुने प्रतियोगिता तीन वटा विभागीय टिमसहित ८ वटा टिमको सहभागिता रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाउनेछ ।
नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा आयोजना गरिएको प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदुरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाईटेडको सहभागि छ ।
म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कार वितरण गरिदै ।
विराटनगर । यसपटक विराटनगरमा जिल्लस्तरीय बृहतरुपमा ६७ औँ सहकारी दिवस मनाउन लागिएको छ । ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने मुल नाराका आगामी चैत २० गते सहकारी दिवस मनाउन लागिएको हो । राष्ट्रिय सहकारी दिवसलाई...
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ ।पर्यटन दिवसको अवसरमा मंगबलार विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको...
सुर्खेत, ११ वैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउनलाई क्षेत्रगत रूपमा कडाइ गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् । उनले कर्णालीका १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग भिडियो संवाद गर्दै...
काठमाडौं, ५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् ।
काठमाडौं, जेठ २-सरकारले कोरोना भाइरस र त्यसपछिको परिस्थितिको कारण रोजगारी गुमाएकोलाई नेपालमै रोजगारी दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । कोरोना भाइरसका कारण स्वदेशमै...
काठमाडौं, २७ वैशाख-अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा र्याली गरिएको छ । यो सिजनको टप टेनभित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा ब्यानरसहित र्याली गरिएको हो । गायक दिवेश पोखरेलकी...
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी रहेको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेसम्म २ हजार २५ मत खसेको छ । जसमध्ये १ हजार ९६ छात्र...
काठमाडाैं, २४ जेठ-बाँके र बर्दियामा गरी ४० जनालाई कोरोना भाइरस (कोभिड १९)काे संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा गरिएकाे परीक्षणमा बर्दियाका २८ र बाँकेका १२ जनामा काेराेना पुष्टि भएकाे हाे । अस्पतालका अनुसार संक्रमित...