सेमिफाइनलमा पुलिस, आर्मी, सुदूरपश्चिम र मधेस प्रदेश
शनिबार, २५ चैत, २०७९,
न्यूज विराट
विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोलीसहित चार टिम पुगेको छ । शनिबार लिग चरणमा आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा पुगेको हो ।
लिग चरणमा सबै समिकरण पूरा हुँदा अंक तालिकाको आधारमा समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन् । समूह ‘बि’ तर्फ पहिलो सुदूरपश्चिम प्रदेश र दोस्रो मधेस प्रदेश रहेका छन् । प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेल आर्मी र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलमा पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले २ गोल, धिरेन्द्रबहादुर , शेरबहादुर चन्द र महेश नेपालीले समान १–१ गोल गरेका थिए । मधेस प्रदेशका विशला क्षेत्री, रुपक दाहाल र रुपेश राईले समान १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए । त्यस्तै, अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशले २–२ गोलको बराबरी खेलेर अंक बाँड्दै लिग चरणबाट बहिरिएका छन् । गण्डकीका संगम जेटी र असिम बाहेकले गोल गरे । कर्णालीका लागि जीवन राउतले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कर्णालीका जीवन राउत भए । शुक्रबार राति भएको खेलमा साबिक विजेता त्रिभुवन आर्मीले पूर्व विजेता गण्डकी प्रदेशलाई ८–१ को फराकिलो गोल संख्यामा पराजित गरेको छ । आर्मीका रोमन रानाले ३ गोल, काशीराजले २ गोल, देवसिंह धामी र प्रदीप राजवंशीले समान १–१ गोल गरे । गण्डकीका असिम बाहेकले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच आर्मीका नितिश न्यौपाने भए । नेपालमा पहिलो पटक रात्रीकालीन हक्की खेल नेपालमा पहिलो पटक रात्रीकालीन हक्की खेल शुक्रबार राति भएको छ । प्रतियोगिताका संयोजक तथा पूर्व अन्र्तराष्ट्रिय खेलाडी रञ्जन थापाका अनुसार हक्कीलाई रात्रीकालीन बनाउन सकिने आधार तयार गर्ने क्रममा पहिलो पटक विराटनगरमा खेल सम्पन्न भएको छ ।
नेपाली टोलीले विदेशमा बाहेक स्वदेशमा पहिलो पटक हक्की खेलका हुन् । यस खेलबाट यहाँ पनि रात्रीकालीन खेल सम्भव भएको पुष्टि भएको छ । हक्कीलाई संरक्षण गर्ने क्रममा प्रतियोगिता आयोजना गरेरै पहिलो पटक प्रयास गरेकोमा सफल भएका छौं, थापाले भने । उनले अगामी दिनमा यसरी रात्रीकालीन खेल खेलाउन सके खेलप्रति अरुलाई आकर्षित बनाउन सकिने मात्र नभई यसमा खेलप्रेमीलाई समेत आकर्षण गराउन सकिन्छ । यसले फुटबल, क्रिकेटसँगै मैदानमा हक्कीलाई समेत राति खेलाउन सक्ने पक्का आधार तयार भएको थापाले बताए ।
विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर ११ फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर १५ नम्बर वडालाई ३–१ गोलले हराउँदै विराटनगर ११ फाइनलमा पुगेको हो...
विराटनगर । झापाको विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोसिएसनको आयोजनामा शुक्रबार धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।कार्यक्रममा विर्तामोडका लगानीकर्ताहरूले...
सर्लाही, जेठ ४-सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो...
विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसले किन झण्डा उठाउन सक्दैन भनेर प्रश्न गरेका छन् । शुक्रबार विराटनगरमा आयोजित विरोधसभा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक...
विराटनगर, ६ फागुन । सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प...
विराटनगर, २ वैशाख । माेरङमा रक्सी खाएर मातेका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जहदा गाउँपालिका-७ का ३३ वर्षे नारायण साेरेनले श्रीमती ३२ वर्षीया पानाे टुडुलाई कुटपिट गरी हत्या गरेकाे मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए...
विराटनगर, ४ वैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा तिर्थराज भट्टराई ११ हजार ३८९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम...
नेपालमा बिहिबार १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार २ सय ८९ को पीसीआर गरिएकोमा आज १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको हो । योसहित संक्रमितको...