विराटनगर । विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाइ विधाई गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको हो ।
कलेजमा अध्यनरत करिव ८ सय ५० जना विज्ञान, मेनेजमेन्ट तथा होटेल मेनेजमेन्ट संकायका २२ औं ब्याचको विद्यार्थीहरुलाई विद्यार्थीको ग्रुप फोटोसहितको मायाको चिनो प्रदान गरी कलेजले बिदाई गरेको कलेजका प्राचार्य राजेश कार्कीले बताए ।
कार्यक्रममा कलेजको लिएको आन्तरीक, हिसान र उच्चमावि शिक्षा परिषदबाट लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरेको छ । सोही कार्यक्रममा आन्तरिक खेलकुदमा उत्कुष्ट हुने विद्यार्थीलाई समेत ट्रफिसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा कलेजका प्रार्चय राजेश कार्की, सस्थापक उमेन्द्र विलास लुइटेल कार्यक्रम संयोजक विकाश खनाल र शिक्षक विजय दंगाल र अरुण कोइरालालगायत शुभकामना दिएर विदाई गरेको थिए । त्यस्तै कलेजका विद्यार्थी उन्नती पौडेल र निरज रेग्मीले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले उपस्थीत अतिथि, अभिभावक, शिक्षक तथा विदाई हुने विद्यार्थीलाई नृत्य तथा गित गाएर मनोरञ्जन दिएका थिए ।
काठमाडौं, २९ वैशाख-सरकारले लिपुलेकमा नेपाली भूमि मिचेर बाटो बनाएको बिषयमा भारतसँग संवाद थालेको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रासँग लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले...
काठमाडौं, २२ असार-अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी...
फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद...
काठमाडौं, २ वैशाख-पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको पाटन अस्पतालले जनाएको छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए...
कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...
विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...
विराटनगर । पहिचानको मुद्दामा आदीवासी जनजातिहरू एकजुट भएर लागि परिएमात्र अधिकार स्थापित हुने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद विराटनगरले ३९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधबार आयोजना गरिएको...
काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै...