मिल्स टि–२० क्रिकेटको उपाधि नरपथगञ्जलाई

 न्यूज विराट
मिल्स टि–२० क्रिकेटको उपाधि नरपथगञ्जलाई

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ ।

विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा एनबिएससी त्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगन्जले १ लाख ११ हजार पायो । उपबिजेता विराटनगरले ५१ हजार रुपैयाँमा चित्त बुझायो

१५८ रनको विजय लक्ष्य पछ्याएको नरपथगन्जले १८ दशवलम २ बलमा ७ विकेट गुमाई पुरो गर्यो । नरपथगञ्जका भानु आन्दले ३५ बलमा ६३ रनको अर्धशतीय ईङनिङ खेले । उनको ६ छक्का र ४ चौक्का प्रहार गरे । उत्कृष्ट प्रर्दशन गर्ने नरपथगञ्जका भानु म्यान अफ द फाइनल पनि घोषित भए । उनले ११ हजार रुपैयाँ पाए ।
नरपथगञ्जका विजय भारतीले ३६ रन बनाउँदै अविजित रहे । साहिल कुमारले २५ रनको योगदान दिए ।

विराटनगरका विधान गोस्वामीले ३ दशवलम २ बलमा ३३ रन खिर्चिएर ४ विकेट लिए । साकिबुल गनीले २ विकेट र मोहित कुमारले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा अलआउट भइ १५७ रनमा सिमित भयो । विराटनगरका रोहन बिकेले ३५ बलमा ४४ रन बनाए । यस्तै प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए ।
नरपथगञ्जका अमन सिंहले, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान २÷२ विकेट लिए ।

बेस्ट ब्याटर नरपथगन्जका अभिषेक पाठक भए । यस्तै बेस्ट बलर एनबीएससी विराटनगरका अनुभव श्रीवास्तव, प्लेयर अफ द सिरीज एनबीएससीका विधान गोस्वामी घोषित भए । उनीहरू सबैले जनही १५ हजार रुपैयाँ पाए । उदयमान खेलाडी मिल्स एकाडेमीका अभय कुर्मी भए । उनले पाँच हजार पाए ।

बिजेता हुने टिमलाई क्यान केन्द्रीय कोषाध्यक्ष रोशन सिंह, क्यानका वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघकी केन्द्रीय सदस्य साना डंगोल, मिल्स क्रिकेट एकाडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचार

राधाकृष्ण रथयात्रा यसवर्ष पनि सामान्यरुपमा निकालिने

विराटनगर, १५ साउन । पछिललो समय विराटनगरमा फेरी कोरोना संक्रमण बढ्दै गएपछि यस वर्ष पनि राधाकृष्ण रथयात्रा सामान्यरुपमा निकालिने भएको छ । कोरोना संक्रमण फैलिने जोखिमका कारण विगत जस्तो तामझामसहित रथयात्रा ननिकालिने भएको हो ।...

भारत र अन्य देशबाट प्रत्येक दिन ६ हजारको उद्धार गर्न प्रस्ताव 

काठमाडौं, जेठ ४-सरकारले भारतसँग अन्य देशबाट कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार गर्ने भएको छ । विदेशमा रहेका नेपाली नागरिक उद्धार गर्ने विषयमा कोभिड- १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा छलफल भएको...

शुक्रबार थप ११८ जनामा संक्रमण पुष्टि, १२० जनाले जिते कोरोना

काठमाडौं, २६ असार-शुक्रबार थप ११८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशभरका २५ वटा प्रयोगशालमा गरिएको स्वाबको नमुना परीक्षणका क्रममा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता...

शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सहयोग गर्दै आएको बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम...

प्रधानमन्त्रीको राजीनामामा अड्कियो नेकपा विवाद

काठमाडौं, २३ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउने प्रयासमा बसेको दुई अध्यक्षबीचको वार्ता प्रधानमन्त्रीको राजीनामामा अड्किएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि लगातार पाँचौ बैठक बसेको हो । जारी स्थायी कमिटीको बैठक...

लोक सेवाले माग्यो २८४ शाखा अधिकृत

काठमाडौं, २९ मंसिर । लोक सेवा आयोगले २८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुला गरेको छ । बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै गोरखापत्रले अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो । आयोगले सामान्य...

काेशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने

विराटनगर/ काेशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाे पटक लगानी सम्मेलन गर्ने भएकाे छ ।प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे...

आइतबार कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ असार-नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले  जानकारी दिए । बैठकमा समसामयिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्