मिल्स टि–२० क्रिकेट प्रतियोगिता, नरपथगन्ज र एनबीएससी फाइनलमा भिड्दै

 न्यूज विराट
मिल्स टि–२० क्रिकेट प्रतियोगिता, नरपथगन्ज र एनबीएससी फाइनलमा भिड्दै

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ ।

आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक पुगेको हो ।

उपाधीको लागि नरपथगन्जले शनिबार हुने फाइनलमा एनबीएससी क्रिकेट क्लब विराटनगरसँग भिड्नेछ । एनबीएससीले बोस्टन झापा, मिल्स एकाडेमी र वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई हराउँदै फाइनलमा पुगेको हो । नरपथगन्जले भारतको पूर्णिया, बैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा १९९ रनको विजय लक्ष्य पाएको घरेलु टिम विराटनगरले १५.५ बलमा १० विकेट गुमाउँदै १२४ रनमा सिमित भयो । जसमा विराटनगरका अरुण एडिले २९ रन बनाए । अनिल साहले १८ रन र सुनिल धमालले १७ रन जोडे ।

नरपथगन्जका दिव्य सिंहले ४ ओभरमा ३ विकेट लिए । सक्षमत शर्मा र रवण कुमारले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ पाएको नरपथगन्जले १९ ओभर २ बलमा १० विकेट गुमाइ १९८ रन बनाएको थियो । नरपथगन्जका अविसेक पाण्डे र विजय भारतीले अर्धशतकीय ईङनिङ खेले । अविसेकले २० बलमा ५९ रन बनाए भने विजय भारतीले ५५ रनको योगदान दिए ।

विराटनगरका अरुण एरीले ह्याट्रिक गर्दै ४ विकेट लिए । भुलावन सनीले ३ विकेट लिदा मन्जिल श्रेष्ठले १ विकेट लिए ।
म्यान अफ द म्याच नरपथगन्जका रवण कुमार घोषित भए ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ पाउँछन् । उपबिजेतालाई ५१ हजार रुपैयाँ रहेको मिल्स क्रिकेट क्लबका कोषाध्यक्ष अमर सिंहले जानकारी दिए ।

सम्बन्धित समाचार

ग्रीन टायर्सले स्वदेशी रबर प्रयोग गरी ट्याक्टर र हाते ट्याक्टरका टायर उत्पादन गर्दै

विराटनगर, २६ साउन । ग्रीन टायर्स प्रालिले कृषि क्षेत्रका लागि टायर उत्पादन गर्ने प्रकृया अघि बढाएको छ । यस उद्योगले कृषि क्षेत्रमा प्रयोग गरिने ट्याक्टर र हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डको भूमि, सारथी मोडलका ठूला...

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृता फेला परेका छन् । तीमध्ये एउटा बुढो र अर्को बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा...

कमल थापामहाभियोग ठिक बाटो होइन :कमल थापा

काठमाडौं, १ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग ठिक बाटो नभएको प्रतिक्रिया दिएका छन् । उनले न्यायालयमा जारी अराजकता अन्त्य गर्न आवश्यक भए पनि त्यसका लागि महाभियोगको बाटो...

ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, ७ फागुन । सुनसरी इटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले...

तेजस्वी सहकारीद्वारा रक्तदान कार्यक्रम, २४ जनाले गरे रक्तदान

विराटनगर । विराटनगर ५ त्रिमूर्ति मार्गमा अवस्थित तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा २४ जना व्यक्तिहरूले रक्तदान गरेको संस्थाकी सचिव मिना खनालले जानकारी दिइन्। कार्यक्रममा संस्थाका...

बजेटका कमजोरी सच्याउने मुख्यमन्त्री राईको प्रतिबद्धता

विराटनगर,  १७ असार-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा केही कमजोरी रहेको हुन सक्ने स्वीकार गरेका छन् ।आगामी दिनमा ती कमजोरी सच्याउने दिशामा आफू केन्द्रित भएको उनले बताए । प्रतिपक्षी...

औषधी व्यसायीद्धारा निःशुल्क स्वास्थ्य शिविर, दुई सय जनाले गरे स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संघले शनिबार मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...

एम्बुलेन्समार्फत् उपत्यका भित्रिने बढ्दै

गोरखापत्र दैनिकबाट-कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्यांक कुनै निकायसँग छैन । तथ्यांकको अभावमा बन्दाबन्दीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्