मोरङमा एकै दिन ११६ जना नक्कली परीक्षार्थी पक्राउ

 न्यूज विराट
मोरङमा एकै दिन ११६ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । मोेरङको तीन वटा परीक्षा केन्द्रबाट ठूलो संख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

मोरङको झोराहाट, केराबारी र हरैचाबाट ११६ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्र्थी भेटिएको मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए ।

ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिदै गरेको ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यस्तै सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् ।

‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने, ‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ ।’

नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अकोश लुईटेलले बताए । सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ । विराटनगर १९ नम्बर वडाको युनि बोर्डिङ स्कुल र सार्वजानिक मावि रहेको छ । यस्तै ग्रामथानका गाउँपालिकाको सारदा बोर्डिङ स्कुल, जनक मेमोरियल, ग्रामथान १ को विरेन्द्र मावि, ग्रामथान २ मा रहेको विरेन्द्र मावि, ग्रामथान ३ बाढी मावि, टंकीसिनवारीको नरग्राम माविको विद्यार्थी गरी २ सय ९१ जना विद्यार्थी परीक्षा सरस्वती नमुना माविमा भइरहेको छ ।

आज पाँचौ दिन सामाजिक विषयको परीक्षामा नक्कली परीक्षार्थी भेटिएको उनले बताए । ‘प्रवेश परीक्षामा फोटो शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेको थिए । भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको थाहा भयो,’ परीक्षा केन्द्रअध्यक्ष लुईटेलले भने ।
सरस्वती स्कुलमा ११ वटा कोठमा परीक्षा भइरहेको छ । ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो ।

सम्बन्धित समाचार

जहदामा सुरुङ खनेर घरमा चोरी

विराटनगर / मोरङको जहदा गाउँपालिका–७ मा आइतबार राती ६ घरमा चोरी भएको छ । घरहरूमा सुरूङ खनेर चोरी गरेको जहदा गाउँपालिका ७ का वडाअध्यक्ष भगवान मरण्डीले जानकारी दिए । सिक्टी महतो, मुसहरु महतो, ताला सोरेन,...

वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट

काठमाडौं, २४ वैशाख-महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताएका छन् । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले...

जेठानलाई मन्त्री बनाएपछि वकिलले उठाए प्रधानन्यायाधीशबिरुद्ध महाभियोगदेखि आन्दोलनसम्मका मुद्धा

काठमाडौं, असोज २३ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्र हमाल मन्त्री बनेपछि कानुन व्यवसायीहरु न्यायपालिका स्वतन्त्र नरहने निश्कर्षमा पुगेका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विस्तार गरेको मन्त्रिमण्डलमा हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त...

३ दिनसम्म दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध

काठमाडौं, १४ जेठ-गणतन्त्र दिवसमा ३ दिनसम्म दीपावली मनाउन सरकारले अनुरोध गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो । १२...

देउवालाई सहयोग गर्ने माधव नेपालसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेकपा एमालेले नेता माधवकुमारसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बालुवाटारमा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गर्ने ११ सांसदलाई स्पष्टीकरण...

माउण्ट हर्मोनको श्रृङ्खलाबद्घ सफलता

[caption id="attachment_47334" align="aligncenter" width="959"] राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा २ वटा पुरस्कार प्राप्त गरिसकेपछि माननीय मन्त्री लालबाबु पण्डितसंग तस्विर खिचाउँदै पुरस्कृत छात्राका साथ विद्यालय सञ्चालकहरु ।[/caption]   फाल्गुण २६ गते काठमाडौंमा भएको राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा कानेपोखरी–६ स्थित...

प्रदेश १ः आज पनि माओवादी केन्द्रद्वारा संसद अवरुद्ध

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ संसद् बैठक पनि अवरुद्ध पारेको छ । विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी...

कोरोनाको ‘हटस्पट’ बन्दै विराटनगर, थप २७ जना संक्रमित

विराटनगर, २९ साउन-विराटनगरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल विराटनगरमा परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।  विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीकाअनुसार जना महिला र १९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्