गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना
बुधबार, २२ चैत, २०७९,
न्यूज विराट
विराटनगर, २२ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ ।
क्लबले विराटनगरस्थित रानी हेल्थ पोष्टमा गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा चर्चित स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. ममता वर्माले सहजिकरण गरेकी थिइन् ।
गर्भवती महिलालाई सुत्केरी हुनुअघि र सुत्केरी भएपछि स्वास्थ्य र सरसफाइमा कसरी ध्यान दिने भन्ने विषयमा भिजुअल प्रस्तुति मार्फत बताइएको थियो । सो अबसरमा सबै महिलाहरूलाई प्रसुती गाउन, हर्लिक्स, बिस्कुट फलफूल, प्रोटिन पाउडर, आइरन चक्कि, साबुनसमेत वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।
कर्यक्रमबाट ५० जना गर्भवती महिला लाभान्वित भएका छन् । सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।
विराटनगर, १८ जेठ ।धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान राती २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प...
विराटनगर । विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ ।महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको...
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशलाई लकडाउन घोषणा गरेको छ ।११ चैतबाट लकडाउन लागू भएकोमा १२ चैतमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वयन समितिको बैठकले विभिन्न ठाउँमा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याउने निर्णय...
विराटनगर । सिराहा गोल बजार नगरपालिका – ३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । अंशुको अपहरण गरेपछि हत्या गरेको आरोपमा प्रहरीले धनुषा कमला नगरपालिका–६...
सरकारले घरमै बसेर काम गर्न सकिने निजी कार्यालयहरू बन्द गर्न आह्वान गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै सम्भव भएसम्म विद्युतीय माध्यमको प्रयोग गरी काम गर्न सकिने कार्यालयहरू बन्द गर्नका...
विराटनगर । विराटनगर–१० मा रहेको अरनिको कलेज कक्षा ११ मा भर्ना भएको २६ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ११५१ जना विद्यार्थीलाई आज कलेजमा अभिमुखीकरण कार्यक्रम गरेको...
विराटनगर । विराटनगर १५ अरुण सिनेमा हलछेउमा एउटा कपडाको पसलमा आगजनी भएको छ । आज दिउँसो सिरक र डस्नाको पसलमा आगजनी भएको हो ।अहिले विराटनगर महानगरपालिको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगजनी नियन्त्रण लिने प्रयास...
सिन्धुली फिक्कल-५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको छ । ओखलढुङगा मानेभञ्ज्याङ-६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी...