मिल्स क्रिकेट प्रतियोगिता : दिल्ली र काठमाण्डौं क्रिकेट क्लब विजयी
सोमबार, २० चैत, २०७९,
न्यूज विराट
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा दिल्ली युनाईटेड क्रिकेट क्लब र ओसिस काठमाण्डौ क्रिकेट क्लबले विजय सुरूवात गरेको छ ।
विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।
दिल्लीले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको विरगन्जले १२.५ ओभरमा अलआउट भइ ९४ रनमात्रै बनायो । विरगन्जका लागि असिम अन्सारीले २९ रन बनाए । शंकर साहले १३ रन र सुमन सुनवारले १२ रनको योगदान दिए ।
दिल्लीका मोहित पाण्डेले सर्वाधितक ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए । अंकित रोयले ३ विकेट र बैवप पालले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ २१७ रनको विशाल योफल खडा गरेको थियो । दिल्लीका रन्जित सिंहले ३७ बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । अभिरुप गुप्ताले ४९ रन बनाए । रोहित त्रिपालीटीले ४९ रनको योगदान दिए ।
विरगन्जका रामनरेश गिरी, दिपेश श्रेष्ठ र हरि शंकर साहले समान २– विकेट लिए ।
सोही दिन भएको दोस्रो खेलमा बजाज युथ क्रिकेट क्लब सप्तरी ११ लाई ५ विकेटले हराउँदै ओसिस काठमाण्डौ क्रिकेट क्लब विजयी भइ क्वाटरफाइनलमा पुगेको छ ।
सप्तरीले दिएको १२९ रनको विजय लक्ष्य काठमाण्डौंले १५.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । काठमाण्डौंका सम्राट भुसालले अविजित ३६ रन बनाए । सुजन थपलियाले २४ रन दिए । आदिर खानले १९ रनको योगदान गरे । सप्तरीका अनिल यादव, अभिषेक कार्की, पप्पु यादवले समान १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १ सय २८ रन बनाएको थियो । अमित यादवले २७ रन बनाए । अनिल यादवले २३ रन र पप्पु यादवले २२ रनको योगदान दिए ।
काठमाण्डौंका गौतम केसीले ३ विकेट लिए । आदिल खानले २ विकेट र सुमित श्रेष्ठले १ विकेट लिए । म्यान अफ द म्याच काठमाण्डौंका गौतम केसी घोषित भए ।
मंगलबारको पहिलो खेल घरेलु टिम मिल्स क्रिकेट क्लब विराटनगर रानी र दिल्ली युनाइटेड क्रिकेट क्लब बिच हुनेछ । सोही दिन हुने दोस्रो बैशाली क्रिकेट क्लब पटना र नरपथगन्ज क्रिकेट क्लब बिहार बीच हुनेछ ।
ओली समूहले नारायणहिटी अगाडि गरिको बृहतसभामा सम्बोधनका क्रममा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिलाई लिएर नेकपाका प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रतिक्रिया जनाएका छन् । गृहमन्त्री थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्ने दु:स्वप्ना देखिरहेको...
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीले शनिबार माता तीर्थ औंशीको अवसर पारेर विराटनगरस्थित मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई विशेष भोजन व्यवस्था गरेको छ। आश्रममा रहेका आमाहरूलाई सम्मान गर्दै यो विशेष...
विराटनगर, ९ वैशाख-एकसाथ १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उदयपुरबाट गत शनिबार संकलन गरी विराटनगर ल्याएको ६९ जनाको...
विराटनगर, २७ कात्तिक–जनता समाजवादी पार्टी मोरङले जिल्लाबाट जनता केन्द्रीय कमिटीमा चयन भएकाहरुलाई बिहीबार स्वागत, बधाई तथा सम्मान कार्यक्रम गरेको छ । पार्टीका युवा नेता उमेश यादवले केन्द्रीय समितिमा चयन भएकाहरुलाई स्वागत गरेका हुन् । गत...
विराटनगर । विराटनगरको मुनाल पथ अगाडी सुरु भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमले विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी...
विराटनगर, १३ मंसिर–प्रदेश १ मा शनिबार १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा छ, धनकुटामा चार, उदयपुरमा दुई, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा एक÷एक र...
काठमाडौं, २४ वैशाख-महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताएका छन् । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको श्रम र रोजगार क्षेत्र कमजोर भएको बताएका छन् । उनले बैंकले प्रवाह गर्ने ऋणको नीतिगत व्यवस्था र कोभिडको असरले उद्योग र रोजगारदाताको क्षमता कमजोर भइरहेको बताए ।...