मिल्स क्रिकेट प्रतियोगिता सुरु, होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा
बुधबार, १५ चैत, २०७९,
न्यूज विराट
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई ४४ रनले हराउँदै होराइजन क्वाटरफाइनलमा पुगेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको होराइजनले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १५५ रनको स्कोर बनाएका थिए । होराइजनका फिदोस अन्सारीले २९ बलमा ३० रन बनाउँदा निरज मुखियाले २८ बलमा २२ रनको योगदान दिएका थिए । जोगवनीका समित, राजिव र जयन्तले समान २÷२ विकेट लिएका थिए । १ सय ५६ रनको बिजय लक्ष्य पछ्याएको जोगवनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १११ रनमा समिति भयो । होरिजनका दिपेश कन्डेलले ३ विकेट लिए भने दिपक राज जोशी र सवर्ण किस्कुले समान २÷२ विकेट लिएका थिए । जोगवनीका सुमितलले २२ बलमा १९ रन र राजाले ११ बलमा १६ रनको योगदान दिएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच ३० रन र १ विकेट लिने हिरोइजनका फिदोस अन्सारी घोषित भए । उनले नगद १ हजार १ सय रुपैयाँको साथै आर्षकण गिफट ह्याम्पर पाए ।
बिहीबार दुई वटा खेल हुनेछ । पहिलो खेल एनबीएससी विराटनगर बोस्टन झापा क्रिकेट क्लब बीच हुनेछ । सोही दिन हुने दोस्रो खेल भारतको कटियार र बैशाली पटना क्रिकेट क्लबबीच हुनेछ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास मन्त्री कोशी प्रदेशका बुद्धीकुमार राजभण्डारीले गरे । चैत १५ देखि २५ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतको ७ र नेपालको ११ गरी १८ वटा टिमको सहभागि हुने मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका उपाध्यक्ष राजन राज बानाले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् । उपबिजेताले ६१ हजार रुपैयाँ आउनेछन् । म्यान अफ द श्रीजिद हुने खेलाडीले नगद १५ हजार, बेस्ट ब्याटमेनले ११ हजार, बेस्ट बलरले ११ हजार, इमेजिङ्ग प्लेरले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न कबिर २६ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
म्यान अफ द म्याच हुने खलाडीलाई पुरस्कार वितरण गर्दै ।
सप्तरी, २२ साउन-कोरोना भाइरस (कोभिड-१९) जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ ।फर्किर घर क्वारेन्टाइनमा बसिरहेका सप्तरीको रूपनी गाउँपलिका-५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि पीसीआर पोजिटिभ देखिएको हो । प्रदेश...
काठमाडौं, ७ चैत । नेकपा (एमाले) को खनाल-नेपाल समूह निकट युवा संघ नेपालले राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भेलालाई पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले नवनियुक्त भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिएकी छन् । मन्त्रालयमा आयोजित आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो निर्देशन दिएकी...
विराटनगर । प्याब्सन लोकनृत्य प्रतियोगिता : सिद्धार्थ र बालप्रतिभा स्कुललाई उपाधिन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि मोरङ सुन्दरहरैचास्थित सिद्धार्थ सेकेण्डरी स्कुल र बालप्रतिभा स्कुलले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा आइतबार सम्पन्न गरेको जिल्ला स्तरीय...
विराटनगर, २९ असार–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवस्यक रहेकोमा जोड दिएका छन् । संघियता अघिको शासन प्रणालीले श्रष्टाहरुको खोजी, पहिचान र सम्मानको काम नगरेको उनले बताए । २ सय ७ औं...
कोरोना भाइरस (कोभिड- १९) संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ वटा जिल्लालाई पूर्ण रूपमा सिल गरिएको छ । मानिसको आवतजावत रोक्ने भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई पूर्ण रूपमा सिल गरिएको हो ।...
विराटनगर, ५ वैशाख-कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरूले गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने...
विराटनगर, जेठ १८–इमान्दार, राष्ट्रवादी र भ्रष्टाचार विरोधि छविका कारण सँधै चर्चामा आउने गरेका पूर्वमन्त्री लालबाबु पण्डितले जनतासँग गरेको बचा पूरा गर्दै जान थालेका छन् । जनताको पीर मर्का र समस्याहरुमा साथ दिँदै आएका पूर्वमन्त्री तथा...