विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली
आइतबार, १२ चैत, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो ।
न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो । यालमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
‘छारे रोग बारे घर– घर, टोल टोलमा कुरा गरौ, छारे रोग सरुवा रोग होइन्, समयमै उपचार गरे छारे रोग ठिक हुन्छ, लगायतका प्लेकार्डसहित सचेतना र्याली सहभागि रहेका थिए ।
विश्व छारे रोग दिवसको अवसरमा न्यूरो हस्पिटलले एक हप्तासम्म निःशुल्क ओपीडि सेवा सुरु गरेको छ । चैत १२ देखि १७ गतेसम्म छारे रोग सम्बन्धि उपचार सेवाको लागि हस्पिटलले ओपीडि सेवा निःशुल्क राखेको छ । स्वास्थ्य जाँच गरिएका विरामीहरुको लागि औषधी पनि वितरण गरिने हस्पिटलले जनाएको छ ।
न्युरो हस्पिटलले प्रत्येक वर्ष विश्व छारे रोग दिवसमा सचेतना मुलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । समयमै उपचार गरौं, छारे रोगबाट बचौं भन्ने मुख्य नाराको साथ यो दिवसमा न्यूरोले सचेतना मुलक कर्यक्रम गर्दै आएको छ । यस बाहेक पनि स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरुमा सामाजिक कार्यसँगै सचेतना अभियानमा न्यूरो हस्पिटल अग्रसर भएर लागी पर्दै अभियान सुरू गर्ने गरेको छ । २२ वर्षदेखि निरन्तर न्यूरो हिस्पटलले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रभाह गरेको कारणले यो अस्पताल विरामीहरूको लागि रोजाइको पहिलो गन्तब्य बन्ने गरेको छ ।
विराटनगर । झापाको मेचीनगर नगरपालिका – ८ मुनियाँटोलका ३५ वर्षीय सुन्दरीलाल किसानको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुनियाँटोलका ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसान छन्। उनीहरू...
बुटवल, २७ वैशाख-आज कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका तिनै जना यसअघि संक्रमित भएकाहरूसँगै १ साताअघि भारतबाट आएको खुलेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले यसअघि कोरोना संक्रमण देखिएका मायादेवी गाउँपालिकाका युवासँगै उनीहरू...
विराटनगर, ३० कात्तिक–प्रदेश १ मा आइतबार १ सय ५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ । प्रदेश १ मा...
विराटनगर । चौतर्फी विरोध भएपछि विराटनगरस्थित कोशी अस्पतालमा आफु निकटको चिकित्सक नियुक्त गर्न आव्हान गरिएको विज्ञापन स्थगित गरिएको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गरि फागुन ११ गतेको लागि लिने भनिएको अन्तर्वार्ता अर्को सूचना...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ड्रागनफुडका विरुवा रोपेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–३ को विभिन्न स्थानमा ड्रागनफुडका विरुवा रोपेको हो । स्थानीय बाबुराम राजवंशी, कुलबहादुर गुरुङ र राजकिशोर भगतको खेतमा दुई सय...
नेकपा एमालेको नेपाल-खनाल समूहले आफ्ना ६ बुँदे माग पूरा गर्न अध्यक्ष केपी ओलीलाई तीन घण्टे अल्टिमेटम दिएको छ । नेपाल समूहको आकस्मिक स्थायी कमिटीको बैठकले अध्यक्षद ओलीलाई माग पूरा गर्न अपरान्ह चार बजेसम्मको अल्टिमेटम दिएको नेता भीम...
विराटनगर, १९ मंसिर–उदयपुरको कटारीस्थित चुन ढुंगा खानीमा बम बिस्फोट भएको छ । कटारी–८ स्थित सौर्य सिमेन्टको चुन ढुंगा खानीमा बिहिबार राति १२ बजे बम बिस्फोट भएको हो । विस्फोटका कारण एए स्काभेटर र एउटा मोटर...
जनकपुर, ३१ वैशाख-जनकपुरधाममा पनि १ पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जनकपुरका १ पत्रकारसहित २ जनामा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले...