विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटानलाई २–१ गोलले हराउँदै एसपीएफ अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
जितको लागि एपीएफको तर्फबाट युवराज खड्का र अरमान्द्र वेडमले गोल गरेका थिए । फुटानको तर्फबाट सान्तवना गोल फोफोना इब्रहीमले फर्काए । जितसँगै एपीएफले आइतबार हुने अन्तिम क्वाटरफाइनल खेलमा भारतको लुका सकर र ए डिभिजन टिम संकटा क्बल बीचको बिजेता टिमसँग खेल्नेछ । एपीएफले छैठौं संस्करणमा भारतको पञ्जाव पुलीसलाई हराएर उपाधि जितेको थियो ।
खेल सुरू भएको तेस्रो मिनेटमा एपीएफका युवराज खड्काले गोल गरी टिमलाई अग्रता दिए । सविन थापाले ३० यार्डदेखि निकालिदिएको पास युवराजले हेडमार्फत गोलमा परिणत गरे । एपीएफको अग्रता खेल सुरु भएको आधा घण्टा पनि टिक्न नपाउँदै ३३ औं मिनेटमा भुटानका फोफोना इब्रहीम गोल गरी खेल १–१ बराबरीमा ल्याए । कप्तान स्याङगे दोर्जीले निकालेको पास फोफोनाले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुम्यो । पहिलो हाफसम्म १÷१ गोलको बराबरी भयो । दोस्रो हाफदेखि एपीएफले आक्रमक खेल पस्कियो । इन्जुरी समयमा पेनाल्टी एरियामा भुटानका खेलाडी कान्टे मुसाको हेन्ड भएपछि एपीएफले पेनाल्टी पाएको थियो । पेनाल्टीमा एपीएफका अरमान्द्र वेडमलले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए । हेन्ड गर्ने भुटानका कान्टे मुसालाई रफ्री श्याम दनुवारले रेड कार्ड दिएपछि मैदान बाहिरिए । निर्णायक खोल गर्ने एपीएफका अरमान्द्र बेडम म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार पाए ।
खेलअवधिभर दुवै टिमले थुपै्र गोल गर्ने सुन्दर अवसर खेर फेलेका थिए ।
७ औ मिनेटमा युवराजको कडा प्रहार पोसमा लागेर फर्कियो । त्यसलगैत बुद्धीमान राईको प्रहार पोसमाथिबाट बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । १० औं मिनेटमा एपीएफका अरमान बेदमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरयो ।
१३ औ मिनेटमा एलीहोसा एलियुले कर्नरबाट आएको बल डिबक्स भित्रबाट गरेको हेड पोसमाथिबाट गएर बाहिरियो । १९ औ मिनेटमा एपीएफका बुद्धीमान राईका कडा प्रहार भुटानका गोलपिकर हरी गुरूङले उत्कृष्ट बचाए ।
२४ मिनेटमा एपीएफका बुद्धमान राईले निकालेको क्रस पास अरमन बेढुमले गरेको प्रहार पोसमा लागेर बाहिरयो । २८ औं मिनेटमा एपीएफका हरी कार्कीले निकालिदिएको लामो क्रस पासलाई अरमन्दले डिबक्स भित्र बल नियन्त्रण गर्न नसक्दा थप अग्रता लिन चुेक ।
४२ औं मिनेटमा मिनेटमा एपीएफका सरनसिंह बस्नेतले वन भर्सेस वनको अवसर गुमाएका थिए । युवराज खड्काको क्रसमा सरनसिंह सम्हालिन नसक्दा भुटानका गोलरक्षक गुरूङ्गले उत्कृष्ट बचाउ गरेका थिए । त्यसलगतै किपरसमेत बीट भइसकेको अवस्थामा बिकु तामाङ्गको प्रहार विफल भयो । ४७ औं मिनेटमा बिपन श्रेष्ठको क्रसमा बिकु तामाङ्ग डिबक्स भित्रबाट गरेको सशक्त प्रहार भुटनाका गोलरक्षकले विफल पारेका थिए ।
खेलको ५६ औं मिनेटमा एपीएफका बिपीन श्रेष्ठ ३० यार्डदेखि गरेको प्रहार बाहिरियो । खेलको ५८ औं मिनेटमा एपीएफका बुद्धीमान राईले निकालेको पास डिबक्स भित्रबाट युवराज खड्काले किलियर गर्न नसक्दा थप गोल गर्ने अवसर खेर गयो । ८४ औं मिनेटमा युवराजले डिफेन्डरलाई क्रस गरेर निकालेको बल अर्मन्दले पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिदा गोलको अवसर चुकेको थियो ।
दोस्रो हाफदेखि भुटानले पाएको आधा दर्जन बढी अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरन बाध्य भयो । खेलको ८५ औं मिनेटमा भुटानका फोफोनाले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै भुटानका साहिदले डिबक्स एरियादेखि गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृकष्ट बचाउँदा गरिदिदा गोल हुनबाट चुक्यो ।
जितपछि प्रतिक्रिया दिदै सशस्त्र प्रहरीका प्रशिक्षक रतनराज महर्जनले खेलाडीहरुको मेहनतको कारणले पाहुना टिमललाई हराएको बताए । ‘जित निकाल्न संघर्षपूर्ण र¥यो,’ उनले भने, ‘आएको अवसर निर्धारित समयमै सदुपयोग गर्न नसक्दा अतिरिक्त समय कुर्नुप¥यो ।’ यता भुटानका प्रशिक्षक डिर्जेले नयाँ खेलाडी र नयाँ ठाउँ भएको कारणले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार भएको बताए ।
सप्तरी, ११ असार-चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर छुट्टाछुट्टै ठाउँमा ४ जनाको मृत्यु भएको हो । जिल्लाको महदेवा गाउँपालिकामा २, राजगढ गाउँपालिकामा १ र डाक्नेश्वरी नगरपालिकामा...
काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका धारणाहरू सार्वजनिक गर्न अध्यक्ष ओलीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको पार्टीका प्रचार विभाग...
एजेन्सी, साउन १२-अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा २ सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त...
जनकपुर, ५ साउन-पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवा प्रवाह प्रभावित भएको छ । भनाभनदेखि कार्यालय तालाबन्दीसम्मको लफडाको घाटा गाउँपालिकावासी बेहोर्नुपरेको हो । गाउँपालिका उपाध्यक्ष कुश्मी देवीको नेतृत्वमा स्थानीयले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका...
विराटनगर, साउन २०–कोरोना भाइरस संक्रमणको आशंकामा उपचारको लागि विराटनगर ल्याईएका उदयपुरका एक ब्यक्तिको अस्पताल पुग्नसाथ मृत्यु भएको छ । कोसी अस्पतालको आइसोलेसनमा भर्ना गर्न लागिएका उदयपुरको बेलका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेको मंगलबार बिहान...
काठमाडौं, ३१ भदौ-पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत १० चैतदेखि बन्द रहेको पर्यटक बससेवा...
विराटनगर । पढाइ सकिएलगतै रोजगारी सुनिश्चित हुन थालेपछि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको...
काठमाडौं, ५ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नका लागि सरकारले लकडाउन गरेपछि उपत्यकामा बसेर ज्याला मजदुरी गर्नेहरू समस्या परेका छन् । लगातारको लकडाउनका कारण कार्य क्षेत्र बन्द भएपछि खर्च अभावमा विभिन्न जिल्लाबाट...