विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ ।
विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा सञ्चालित प्रतियोगिताको सातौं संस्करणमा पहिलो पटक जावालाखेल मैदान उत्रन लागेको हो । ए डिभिजन लिग खेल्दै आएको जावलाखेललाई पहिलो पटक मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता विराट गोल्डकप खेल्ने अवसर मिलेको हो । आर्मी पाँचौ संस्करणको विराट गोल्डकपको उपबिजेता टिम हो । २०७४ मा भएको गोल्डकपमा आर्मी थ्रिस्टारसँग फाइनलमा ३–० गोलले पराजित भएको थियो ।
दुवै टोलीसँग ए डिभिजनमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीहरु भएको कारण जितका लागि निक्कै संघर्ष गर्नुपर्ने हुन्छ ।
बिहिबार भएको उद्घाटन खेलमा नेपाल प्रहरीलाई १– ० गोलले हराउँदै घरेलु टिम विराटनगर सिटी क्लब अन्तिम चारमा पुगेको छ । आज भएको दोस्रो क्वाटरफाइनल खेलको बिजेता टिम घरेलु टोली विराटनगर सिटीसँग सेमिफाइनलमा खेल्नेछ ।
चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
काठमाडौं, १ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सार्वजनिक खरिदसम्बन्धी कुनै पनि निर्णय नीतिगत निर्णय हुन नहुने बताएका छन् । संघीय संसद, राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा प्रमुख आयुक्त घिमिरेले नीतिगत निर्णय...
विराटनगर, १३ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास...
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड(१९) कारणले लकडाउनमा परेका अति विपन्न, बेखर्ची र मजदुरलाई राहत दिनका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले दाेस्राे चरणको राहतको घोषणा गर्दै अति विपन्न, बेखर्ची र मजदुरलाई...
विराटनगर ।कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसादराज भण्डारीले...
विराटनगर, २४ साउन । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा भारत सरकार सँग कुरा गरि कारवाही गर्न प्रदेश १ का सांसदले माग गरेका...
विराटनगर । पत्रकार राजेश राजवंशीलाई पितृ शोक परेको छ । उनका ७४ वर्षीय जाबुनलाल मण्डल राजवंशीको सोमबार विहान ५ बजे मोरङको जहदा गाउँपालिका २ हरिनगरामा निधन भएको हो । उनको सोमबारनै राजवंशी सामुदायको संस्कृति अनुसार...
काठमाडौं, फागुन ७–त्रिभुवन विश्वविद्यालयले यस वर्ष हुने भनेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरेकोमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ । नेविसंघका महामन्त्री बलदेव तिम्सिनाले त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमतिविना नै विशेष कारण...
काठमाडौं, ८ जेठ-रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षीय संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।...