नावुनको वार्षिक उत्सवमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क आँखा शिविर, ४२ जनाको परीक्षण
मङ्गलबार, ०७ चैत, २०७९,
न्यूज विराट
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) को १५ औँ वार्षिक उत्सवको अवसर पारेर विराटनगरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रम निःशुल्क आँखा शिविर सोमबार गरेको हो ।
शिविरमा आश्रममा रहेका ४२ जना ज्येष्ठ नागरिकहरूको आँखा जाँच गरिएको थियो । आँखा जाँच गरिएको मध्ये ११ जना ज्येष्ठ नागरिकहरूको मोतिया बिन्दु देखिएको स्वास्थ्य जाँच गरेको दृष्टि रोग विशेषज्ञ डा वीरेन्द्र रायले बताए । स्वास्थ्य जाँच गरिएको मध्ये ११ जना ज्येष्ठ नागरिकहरूको शल्यक्रिया विराटनगरस्थित हाजी आँखा अस्पतालमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरले जिफन्टसँगको सहयोगमा निःशुल्क गर्ने जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले जानकारी दिए । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको वार्षिक उत्सवमा विराटनगर कमिटीले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । यो पटकको वार्षिक उत्सवमा सामाजिक कार्य गर्ने उद्देश्यले आश्रममा रहेका ज्येष्ठ नागरिकहरूको निःशुल्क आँखा जाँचसँगै पौष्टिक आहार र ब्यूटिसियनहरुले ज्येष्ठ नागरिकहरूको श्रृगार गरिएको अध्यक्ष भली सुब्बा गुरुङले बताइन् । ‘वार्षिक उत्सवको दिन सामाजिक कार्य अनुसार यो कार्यक्रम आयोजना गरिएको हो,’ अध्यक्ष सुब्बाले भनिन्, ‘यस्तो सामाजिक कार्यलाई हामीले निरन्ता दिँदै अगाडी बढनेछौं ।’
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीको सचिव बसन्ती गुरुङले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमला रहेका थिए । कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष धमलाले यस्ता सामाजिक काम राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले जस्तै अरू संघसंस्थाहरुले पनि गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा विश्वेश्वर वृद्धा आश्रमका अध्यक्ष जगत प्रसाद अर्यालले ज्येष्ठ नागरिकहरू बसोबास गर्ने स्थानमा आएर राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले पुण्यको काम गरेको बताए । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य गङ्गा तामाङ, प्रदेश सचिव कला डाँगी, नावुन विराटनगरकी निवर्तमान अध्यक्ष अतिमा पौडेल पोखरेल, हाजी आँखा अस्पतालका डा। वीरेन्द्र राय, प्रशासन प्रमुख अन्जनी पोखरेललगायतको उपस्थिति रहेको थियो । नावुन विराटनगरकी उपाध्यक्ष सरिता राईले कार्यक्रमको समापन गरेकी थिइन् । विराटनगरमा रहेको हाजी आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा शिविर भएको थियो । उक्त शिविरमा आँखा जाँच डा।दिनेश राय र वीरेन्द्र रायले गरेका थिए ।
विराटनगर, फागुन २२–विराटनगरका व्यवसायी पशुपति भगतले नेपाल कृषिजन्य आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी पाएका छन् । चितवनको सौराहामा सप्पन्न केन्द्रीय भेलाले भगतलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । भगत...
काठमाडौं, २४ भदौ-बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय उपजको रुपमा विकास र प्रवद्र्धन गरी धेरैभन्दा धेरै बुद्धिष्ट पर्यटक भित्र्याउने योजनाका साथ नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन गरिएको छ । लुम्बिनी तथा बुद्घ र...
विराटनगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापा नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।काँग्रेसबाट...
काठमाडौं, माघ १०–सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्चमा रिट दर्ता गर्दै २०६२ सालमा भएको एउटा हत्या अभियोगमा सापकोटामाथि न्यायिक अनुसन्धान जारी रहेकाले उनलाई सभामुखमा निर्वाचन...
विराटनगर,२६ साउन । लनमा गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जानाउने भएको छ । बिहिबार १ प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै सो बारे...
काठमाडौं,३० वैशाख -सेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा हुन नपाउँदै २५ अंकले घटेर सर्किट लागेको छ । नेप्से परिसूचक २५.३० अंकले घट्दा १२२६.१५ अंकमा पुगेर कारोबार बन्द भएको हो । मंगलबार ८७ कम्पनीको १ लाख...
विराटनगर, बैशाख ३०–भारतीय मजदुरसंग रकम लिएर सीमा कटाउन खोज्ने दुईजनालाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर–१८ भेडियारी स्थित एकिकृत जाँचपास चौकी(आइसिपी) नजिकै दशगजाक्षेत्रबाट प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका २ जना विराटनगर–६...