प्रहरी हवल्दार यादब दाहाल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

 न्यूज विराट
प्रहरी हवल्दार यादब  दाहाल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल बिराटनगरमा कार्यरत प्रहरी हवल्दार यादब प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रदेश प्रहरीले सोमबार दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्लेलाई पनि फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विभागिय मुल्य – मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको भन्दै दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको बताइएको छ । प्रहरी हवल्दार दाहालले मोरङको कटहरी गाउँपालिका ५ का ६२ बर्षीय रमानन्द राय कोशी अस्पतालमा एम्बुलेन्स खोज्दै आएपछि सोधपुछको क्रममा बुढीगंगा गाउँपालिका २ स्थित नरसिंह चौधरीको ग्वालीमा २८ बर्षीय प्रियंका सोनारलाई कर्तब्य गरी मारी बोरामा हाली छुपाएको घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएका थिए । यस्तै सुनसरीको बर्जु गाउँपालिका कि ३७ बर्षीय चन्द्रकला देवी राय लडि घाईते भएको भनि श्रीमान शैलेन्द्र रायले उपचार्थ कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको घटना सम्बन्धमा सोधपुछको क्रममा मृतककै श्रीमानले कुटपिट गरी मृत्यु भएको खुल्न आएकोले पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन सफल भई नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको हुँदा उनलाई सम्मा फागुन महिनाको सवोत्ृकष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालय विराटगनरले जनाएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो...

नागरिकता शंसोधन विधेयक विरुद्ध जसपा मोरङले विरोधसभा गर्ने

विराटनगर, असार १२-नागरिकता ऐनलाई शंसोधन गर्न बनेको विधेयकविरुद्ध जनता समाजवादी पार्टी मोरङले प्रदर्शन गर्ने भएको छ । नेता मो. कादीर र राजकुमार यादवको अध्यक्षमा शुक्रबार विराटनगरमा बसेको जसपा मोरङको बैठकले संशोधन ऐन विरुद्ध प्रलर्शन गर्ने...

मोरङ ६(१) बाट माओवादीका जीवन आचार्य विजयी

विराटनगर । मोरङको क्षेत्र नं. ६(१) मा माओवादी केन्द्रका जिवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका...

माधव नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने, बालुवाटार पनि नजाने

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको बैठकले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने...

मकै बारीमा शव फेला, हत्याको आशंका

महोत्तरी, २९ वैशाख-महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक ठाकुरको...

फ्रान्सका पूर्वप्रधानमन्त्री र उनकी पत्नी भ्रष्टाचार मुद्दामा दोषी ठहर

पेरिस, १५ असार-फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उनकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ । पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली...

लायन्स क्लब अफ विराटनगर युनिकद्वारा विद्यालयलाई फिल्टर र शैक्षिक सामाग्री हस्तान्तरण

विराटनगर । लाइन्स क्लब अफ बिराटनगर युनिकले लायन बर्ष २०२३-२०२४ को पहिलो दिन जुलाई १ तारिकको  अवसरमा विद्यालयलाई फिल्टर र स्टेशनरी वितरण गरेको छ ।  विराटनगर कोचाखालस्थित आधारभूत विद्यालयलाई क्लबले स्वच्छ पिउने पानीको लागि लागि...

ग्रामथानमा चौतारा निर्माण गरि समुदायलाई हस्तान्तरण

विराटनगर, १५ माघ । मोरङको ग्रामथानका एक समाजसेवीले निजी खर्चमा चौतारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन् । ग्रामथान–५ का नेमनारायण चौधरीले स्थानिय मशानचोकमा चौतारा निर्माण गरेका हुन् । विराटनगर–विराटचोक फोरलेन सडक किनारमा चौधरीले १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्