विश्व मुख दिवसमा विराटनगरमा सचेतना र्याली

 न्यूज विराट
विश्व मुख दिवसमा विराटनगरमा सचेतना र्याली

विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विराटनगरमा सचेतनामूलक र्याली निकालिएको छ ।
नेपाल डेन्टल एशोसिएसन मोरङको आयोजनामा तथा कोशी अस्पताल र नोबेल मेडिकल कलेजको सहयोगमा विराटनगरमा सोमबार बिहान सचेतनामूलक र्याली निकालिएको हो ।

कोशी अस्पतालबाट सुरु भएको ¥यालीले नगर परिक्रमा गरी सोही ठाउँमा आएर सम्पन्न भएको थियो । र्यालीमा दन्त रोग विशेषज्ञ चिकित्सक, काशी हस्पिटलका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
विश्व मुख दिवसको अवसर पारेर हप्ता दिनभरी सप्ताहव्यापी सचेतना मूलक कार्यक्रम गरी मनाउने नेपाल डेन्टल एशोसिएसन मोरङकी महासचिव डा. मिरा आचार्यले जानकारी दिइन् । चैत ६ देखि १२ गतेसम्म सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाउने तयारी गरिएको उनले बताइन् । सचेतनामूलक कार्यक्रमको सुरुवात ¥यालीबाट भएको छ ।

सप्ताह अन्तर्गत ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । विराटनगरसहित मोरङको जुनसुकै डेन्टल हस्पिटल र क्लिनीकहरुमा ज्येष्ठ नगारिकहरुको दन्त चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य उपचार हुने उनले बताइन् । यो सेवा एक हप्तासम्म जारी रहनेछ । सप्ताहको अन्तिम दिन विराटनगर महानगरपालिका भित्र वृहत् स्वास्थ्य शिविरको तयारी गरिएको छ । शिविरमा आएका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।

‘जनमानसमा मुख स्वास्थ्य सम्बन्धी चेतनाको कमी रहेको पाइएको छ । मुख स्वास्थ्यको महत्त्व बुझाउँदै यसलाई स्वास्थ्य राख्न सचेतना अभियान सुरु गरिएको हो । हाम्रो शरीरको अरू अङ्ग जस्तै मुख पनि स्वास्थ्य राख्नुपर्ने हुन्छ । मुख स्वास्थ्य राख्न सचेतना अभियान सुरु गरिएको हो,’ डा. आचार्यले भनिन् ।

डा. मिरा आचार्य

सम्बन्धित समाचार

रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान

विराटनगर । मोरङको रंगेलीमा भक्का दिवस मनाइएको छ । नगरपालिकाको आयोजनामा ७ औँ राष्ट्रिय भक्का दिवस मनाइएको हो । नगर परिसरमा आयोजित कार्यक्रममा भक्काको व्यापार गरेर जिविकोपार्जन गर्ने उद्यमी महिलाहरुलाई नगरपालिकाले सम्मान गरेको छ ।...

विराटनगरका यी स्थानमा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई लगाइँदैछ कोरोनाविरुद्धको खोप

विराटनगर, १४ माघ-विराटनगरमा बालबालिकालाई लक्षित गरि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । विराटनगर महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै हालसम्म कोरोना भाइरसविरुद्धको खोप नलगाएका १२ बर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकाका लागि खोप...

आजको मौसम : अधिकांश भू-भागमा वर्षा र केही स्थानमा भारी वर्षा हुने

आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ...

सरकारले सुविधा सम्पन्न थप ३५ सय वेड आइशोलनसन निर्माण गर्दै

विराटनगर, २७ कात्तिक–स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भईरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमन गरेका छन् । मन्त्री ढकालले कोरोना संक्रमितको उपचारका लागि एचडियु...

भीरबाट लडेर एक युवतीको मृत्यु

काठमाडौं, ३० वैशाख-भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया सुष्मा मल्ल रहेकीछिन् । स्याङजाको पुतलिबजार नगरपालिका–१२ पेल्काचौर बस्ने मल्लको सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरबाट अन्दाजी ३ किलोमिटर...

मूर्तिचोरीमा सजाय भोगेका कार्चेन पर्यटनमन्त्री नियुक्त

सुर्खेत, माघ २३ । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ । आज साँझ नवनियुक्त पाँच मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिनुभएको हो । शपथ लिनेहरूमा गैरसांसद तथा मूर्तिचोरीको कसुरमा जेल सजाय भोगेका छिरिङ...

बजेटका कमजोरी सच्याउने मुख्यमन्त्री राईको प्रतिबद्धता

विराटनगर,  १७ असार-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा केही कमजोरी रहेको हुन सक्ने स्वीकार गरेका छन् ।आगामी दिनमा ती कमजोरी सच्याउने दिशामा आफू केन्द्रित भएको उनले बताए । प्रतिपक्षी...

दार्चुलाको त्रिदेशीय सीमामा ७ महिनापछि अवरुद्ध फोन सेवा सुचारु

डडेल्धुरा, ८ असार-दार्चुलाको व्यास गाउँपालिका-१ छांगरुमा स्काई फोन सेवा सुरु भएको छ । ७ महिनादेखि अवरुद्ध रहेको व्यास गाउँपालिका-१ छाङ्गरुको स्काई फोन सेवा सोमबारदेखि सुचारु भएको हो । हिमपातका कारणअवरुद्ध बनेको फोन सेवा सुचारु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्