शिक्षादीप कलेज पढेकी अदिती जैन छात्रातर्फ एमबीबीएसको इन्ट्रान्समा टपर
बिहिबार, ०२ चैत, २०७९,
न्यूज विराट
विराटनगर । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षमा १८ हजार बढी विद्यार्थीलाई उछिन्दै विराटनगरस्थित शिक्षादीपक कलेजबाट प्लस २ सकेकी सुनसरीको हरिनगरा–४ की २० वर्षीया अदिती कुमारी जैन टपर भएकी छन् । कुल ६ हजार ६६९ विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्दा २ सय पूर्णाङ् कमा १७१.५ अंकसहित जैन सर्वोत्कृष्ट भएकी हुन् ।
आयोगले फागुन २४ गते लिएको प्रवेश परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो । छात्रातर्फ सबैभन्दा आफूले टप गरेको कुरा सञ्चार माध्यमबाट थाहा पाएकी उनी समग्रमा चौथो पोजिनसमा उनले नाम निकालेकी छन् । शिक्षादीपबाट विज्ञान संकायबाट ३.७९ जीपीए ल्याएर १२ कक्षा उत्तीर्ण गरेकी उनलाई स्कूलले बाबु अजयसँगै बिहीबार सम्मान गरेको छ । कार्यक्रममा अदितीका बुबा अजयले छोरीको मेहनतको कारणले सफलता मिलेको बताए । सुनसरीको ग्रामिण क्षेत्रमा सामान्य परिवारमा वि.सं. २०५९ साल असोज ९ गते जन्मिएकी अदितीका बुबा अजय हार्डवेयरको व्यापार गर्दै आएका छन् ।
किसान परिवारमा जन्मिएकी उनले गाउँकै सामुदायिक विद्यालय हरिनगरा माविबाट ३.७ जीपीए ल्याएर एसइईमा उत्तीर्ण भएकी थिइन् ।
चिकित्सक बन्ने बच्चैको सपना सानैदेखिको चिकित्सक बन्ने सपना रहेको बताउने उनले १२ कक्षाको पढाइ नसक्दै चिकित्सा शिक्षा आयोगको पाठ्यक्रमलाई मध्यनजर गर्दै तयारी थालेकी थिइन् । एमबीबीएसको तयारीका लागि ५ घण्टासम्म दैनिक अध्ययन गर्ने उनले पढेको कुरालाई गहिरोसँग बुझेकोले सफदलता मिलेको बताइन् । । आफूले नजानेका कुराहरु वेबसाइटमा पनि हेर्थे, पढेको कुरा बुझियो भने मेडिकल इन्ट्रान्स केहि पनि होइन रहेछ’ उनले भनिन् । सफलता र असफलता एकै सिक्का दुई पाटा भएकाले नाम ननिस्कनेलाई हतास र निराश नहुन उनको सुझाव छ । एमबीबीएस मात्रै करिअर अवसर होइन्, अरु थुप्रै संभावना छन्,’ उनको सुझाव छ, । एमबीबीएस नै गर्नुछ भने पनि एक वर्ष वा ६ महिनामा पुनः परीक्षा हुन्छ, राम्रो गर्नुहोस् । धेरै आत्तिनुपर्ने केही छैन् अझै मेहनत गर्नुहोस् ।’
जसको कार्डियोलोजिष्ट बन्ने इच्छा अदितीको टार्गेट एमबीबीएसको २ सय पूर्णाब्क नै ल्याउने थियो । त्यसैलाई अर्जुनदृष्टि बनाएर उनले आफूलाई तयार पारिन । ‘मेरो टार्गेट २ सयको थियो । छात्रवृति पाउँछु भन्ने ग्यारेन्टी नै गरेको थिएँ,’ उनले भनिन्, ‘त्यसमा सफल पनि भएँ ।’ अब उनी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा एमबीबीएस पढ्नेछिन् । एमबीबीएस अध्ययनका लागि आईओएम रोज्नुको पनि उनको आफ्नै तर्क छ । किनकी यो पूरानो संस्था हो । बिरामीको फ्लो राम्रो हुन्छ,’ उनले भनिन्, ‘मैले त्यहाँ अवसर बढी पाउछुजस्तो लाग्छ । त्यो अवसर सदुपयोग गरेर राम्रो मुकाममा पुग्न चाहन्छु ।’ भविष्यमा अध्ययनबाहेक विदेश नजाने दृढसंकल्प अदितीमा मा छ । भन्छिन्, ‘म अवसर आएपनि नेपाल छाडेर जान्न । आफ्नै देशको चिकित्सा क्षेत्रले प्रेरणा दिएको हो । यसलाई नै सुधार गर्न म लाग्छु ।’
शिक्षादीपका प्रिन्सिपल ज्ञानबहादुर खड्काले वातावरण, शिक्षकहरुको डिभोसनलगायतका कारण शिक्षादीपले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने गरेको बताउँछन् । ‘एमबीबीएको प्रवेश परीक्षामै शिक्षादीपमा अध्ययरत छात्राले देशभरीमा छात्रातर्फ टप गरिन्,’ उनले भने, ‘यसले शिक्षादीपलाई गौरव गर्ने अवसर दिएको छ ।’ उनले अनुशासित, मेहनती र फरक गर्ने खुबी भएकै कारण अदितीकुमारी जैनले इन्ट्रान्स टप गरेको बताए ।
शिक्षादिपका अध्यक्ष तथा प्रदेश सांसद भिम पराजुलीले अनुशासित जैनको मेहनतको कारणले सफलता प्राप्त गरेको बताए । यसअघि पनि शिक्षादीप कलेजबाट अध्ययन गरेका थुप्रै विद्यार्थीहरुले एमबीबीएसको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको सञ्चालक रामचन्द्र अधिकारीले बताए ।
जनकपुर, २२ पुस । धनुषामा स्रोत नखुलेको ३८ लाख ३५ हजारसहित बुधबार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरूलाई छाता बितरण गरेको छ । विराटनगर– ४ खारजीमा रहेको श्री ज्योती आधरभूत विद्यालयमा अध्ययरत १ सय ५० जना विद्यार्थीहरूलाई बिहीबार छाता वितरण गरेको हो । विद्यार्थीहरूलाई रोटरी...
प्रदेश १ को प्रदेशसभा बैठक पुनः स्थगित गरिएको छ । ९ फागुनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएपछि सभामुख भण्डारीले भोलि २० फागुनमा बैठक बस्ने गरी मिति ताेकेका थिए । तर, राजनीतिक सहमतिका लागि भन्दै यसअघि ताेकिएकाे बैठक सारेर...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग माग गरेको छ । आइतबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाएर आम नागरिकलाई राहत दिन सरकारसँग...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालयमा पेस गरेको प्रस्ताव पार्टीकाे विधानविपरित रहेको बताएका छन् । आजको सचिवालयमा प्रचण्डको आरोपको लिखित जवाफ दिँदै ओलीले...
विराटनगर । नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्न थालेको छ । ‘ड्रागन फ्रुट’ मा १३ प्रकारका पोषक तत्व हुने भएकाले पनि स्वास्थ्यका लागि लाभदायी रहेको बताइन्छ । अहिले ड्रागन...
विराटनगर, १६ असोज-प्रदेश- १ मा पछिल्लो २४ घण्टामा १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर...
महोत्तरीका वृद्ध दम्पती आफ्नो कोठाबाटै रहस्यमय ढंगले बेपत्ता भएको घटनाको यथाशिघ्र छानबिन गर्न माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ । सो घटनाको वास्तविक सत्यतथ्य छानबिन गर्न माग गर्दै मैथिल ब्राह्मण महासभा युवा कार्य समिति मोरङले...