मिल्स गोल्डकप : सिराहाको प्रतिभा फुटबल क्लब सेमिफाइनलमा
आइतबार, २८ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
मिल्स गोल्डकप फुटब ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा द सेभेन युथ क्लब धनकुटलाई २– १ गोलले. होलले हराउँदै सिराहा सेमिफाइनलमा पुगेको हो ।
जितको लागि सिराहका सिद्धार्थ लामा र विश्वास राईले गोल गरे । सान्तवना गोल धनकुटाका सन्दिप लिम्बुले फर्काए ।
धनकुटाविरुद्ध सिराहाका खेलाडीले सुरुदेखि नै लगातार आक्रामक शैली अपनाए पनि पहिलो गोल गर्न २७ मिनेट कुर्नुप¥यो । उद्धव घलेले निकालिएको क्रस पासलाई सिद्धार्थ लामाले गोल गरी सिराहलाई अग्रता दिलाए ।
केही आकर्षक र प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफमा सिराहा अब्बल रह्यो । दोस्रो हाफदेखि धनकुटाले सुधारिएको खेल पस्कियो । ४२ औं मिनेटमा धनकुटाका सन्दिप लिम्बुले गोल गरी खेल बराबरीमा ल्याएका थिए ।
सिद्धार्थ लामाले ५८ औं मिनेटमा हानेको बल क्रसबारमा लागेर बाहिरिँदा धनकुटाको संकट टरेको थियो । ६० औं मिनेटमा विश्वास राईको वान भर्सेस वानको प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरिँदा धनकुटाले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।
थप गरिएको इन्जुरी समयको दुई मिनेटमा सिराहाका विश्वसा राईले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । निर्णायक गोल गर्ने सिराहाका विश्वास राई म्यान अफ द म्याच घोषित भए ।
सोमबारको खेल आयोजक साइनो स्पोर्टस क्लब रानी विराटनगर र सहलेस युवा क्लब सिराहाबीच हुनेछ ।
विराटनगर । स्रोत नखुलेको ७ लाखभन्दा ९ हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले स्रोत नखुलेको रकमसहित विराटनगर महानगरपालिका–१८ का ३६ वर्षीय रविप्रकाश साहलाई पक्राउ गरेको हो...
विराटनगर, ५ कात्तिक–प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे आज सरोकारवालासँग अनलाईन छलफल गरिएको हो ।...
काठमाडौं, ११ भदौ-बिहीबार नेपालमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा ५ महिला र ३ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर...
विराटनगर । विराटनगर – २ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सक्षम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–२ का अन्दाजी २८ वर्षीय सापकोटा आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का...
कोरोना भाइरस संक्रमणबाट बच्न १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई रिहा गरिने भएको छ । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई कैदवापतको रकम लिएर कैदमुक्त...
काठमाडौं, साउन २ । एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको पहल जारी राखेका छन् । एमाले स्थायी कमिटीले धन्यवादसहित १० बुँदे सहमति अनुमोदन गरी कार्यदल बिघटन गरेपछि उत्साहित बनेका कार्यदलका सदस्यहरु फेरि एकजुट बनेका हुन ।...
विराटनगर । विराटनगरमा सुजुकीको बिक्री केन्द्र अमाही मार्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । सुजुकी टु ह्वीलर्सको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स मार्फत अमाही मार्टले विराटनगर महानगरपालिका– ५ मुनाल पथमा आइतबारदेखि औपचारिक रुपमा बिक्री केन्द्र सञ्चालनमा...
विराटनगर । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री...