मिल्स गोल्डकप सुरु, धुव्रतारा क्लब झापा सेमिफाइनलमा
शनिबार, २७ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा झापाको ध्रुवतारा स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा सडेन डेथको आधारमा झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई १०–९ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयसम्म २÷२ गोलको खेल बराबरी भएपछि खेल ट्राइब्रेकरबाट जितको छिनोफानो भएको थियो । जितको लागि झापाको तर्फबाट रोशन धिमाल, निश्चल बोहरा, प्रविण राई, रोशन तामाङ्ग, ओमप्रकाश तामाङ्ग, राजन धिमाल, निश्चल बस्नेत, रोशन धिमाल, बिक्रम राई र आयूष लिम्बुले गोल गरेका थिए । झापाका सन्देश केसी गोल गर्न चुके ।
सुनसरीको तर्फबाट सुशन लामा, बिवेक राई, चन्दन मगर, धिरेन लिम्बु, धिरेन क्षेत्री, सुजन चौधरी, राकेश गुरूङ, सजन मगर, विवेक गुरूङले मात्र गोल गरेका थिए । सुनसरीका सुजित चौधरी र सिजल राईले गोल गर्न असफल रहदा घर फर्किन बाध्य भयो । खेल सुरु भएको ११ औं मिनेटमा धव्रताराका आयूष श्रेष्ठले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । उनले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो । पहिलो हापसम्म अग्रता कायम गरेको धुव्रताराले दोस्रो हाफदेखि शान्तिनगरले आग्रमक खेल पस्कियो । खेल सुरू भएको ४४ मिनेटमा विष्णु श्रेष्ठले गोल गरी खेल बराबरीमा ल्याए । सिजल राईले निकालिदिएको क्रस पास विष्णुले गोलमा परिणत गरेका थिए । दोस्रो हाफदेखि दबावमा राखेको शान्तिनगरका क्याप्टेन सुसन लामाले ६४ औं मिनेट गोल गरी दोब्बर बनाए । खेलको ८२ औं मिनेटमा धुव्रतारका प्रविण राईले गोल गरी खेल बराबरीमा ल्याए । डिबक्स भित्र शान्तिनगरका खेलाडीले डिबक्स भित्र फल गरेपछि धुव्रताराले पेलान्टी पाएको थियो । पेलान्टीमा राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच हुने खेलाडी झापाको प्रविण राई घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए । म्यान अफ द म्याच हुने खेलाडीलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर १६ का वडाअध्यक्ष उद्धब भूजेलले वितरण गरेका थिए । आइतबारको खेल द सेभेन स्टार फुटबल क्लब धनकुटा र प्रतिभा फुटबल क्लब गोलबजार सिराहाबीच हुनेछ ।
फागुन २७ देखि चैत ४ गते सम्म फुटबल प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको छ ।
बिजेताले २ लाख ११ हजार रुपैयाँको साथै आकर्षक ट्रफि प्राप्त गर्नेछन् । उपबिजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
काठमाडौं, १७ कात्तिक-सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत आज उक्त पुनरावलोकन निवेदनमा दर्ता भएको हो । यही १५ असोजमा सर्वोच्च...
काठमाडौं, २ साउन-नेपालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन (अनन्त)ले शुक्रबार मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी...
एजेन्सी, ३ माघ । भारतमा बितेकाे २४ घण्टामा २ लाख ५८ हजार ८९ जना काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे संख्या अघिल्लाे दिनकाे तुलनामा १३ हजार ११३ ले कम हाे ।...
विराटनगर । सुदुरपश्चिमको एनबी ग्रुप धनगढीले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । दिल्ली युनाईटेडमाथि सुदरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो । लगातार तीन खेलमा सुदुरपश्चिमले पहिलो...
विराटनगर । सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर – २ शंकरपुरमा माघ १९ देखि २८ गते सम्म संचालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो । आयोजक नेपाल उद्योग परिसंघ प्रदेश...
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू भएको छ । नजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा शुक्रबारदेखि औपचारिक रुपमा प्याब्सन स्र्पोटस मिट सुरु भएको हो । उक्त स्पोर्ट्स मिटको उद्घाटन...
जनकपुर, ३ असार-प्रदेश–२ मा आज एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । आज एकै दिनमा प्रदेश– २ मा २१ जना महिला र ३ सय २७ जना पुरुष गरी कुल ३ सय ४८...
काठमाडौं, १९ चैत-माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति नतोकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।सामाजिक सञ्जालमा १०, ११ र १२ कक्षाको परीक्षाको मिति तोकिएको भन्दै फेक विज्ञप्ति भाइरल भएपछि कार्यालयले परीक्षाको मिति नतोकिएको...