हुण्डीको कारोबारी धर्मानन्द साह पक्राउ

 न्यूज विराट
हुण्डीको कारोबारी धर्मानन्द साह पक्राउ

विराटनगर । हुण्डीको कारोबारी गर्ने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारी विराटनगर महानगरपालिका १५ सुडी वस्ती बस्ने ३१ वर्षीय धर्मानन्द साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साह विराटनगरका चर्चित हुण्डी कारोबारी हुन् । उनले नेपाल र भारतमा हुण्डीको कारोबारमा संलग्न व्यक्ति हुन् । कपडाको व्यापार व्यवसायी गर्दै आएका साह अहिले व्यापार छोडेर अवैध हुण्डीको धन्दामा लागेका प्रहरीका अधिकारी बताउँछन् ।

प्रहरीले साहलाई बिहीबार नगद ४ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । प्रहरीले साहको साथबाट हुण्डि कारोवारमा संलग्न कागजपत्र पनि फेला पारेको छ । पक्राउ परेका साहलाई प्रहरीले हुण्डि सम्बन्धि कसूरमा दिन पाँच दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा पुस्तक हस्तान्तरण

विराटनगर, १२ असोज । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बहुउपयोगी पुस्तकहरु हस्तान्तरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच ‘हामी युवा’ नामक सामाजिक सस्थालाई सयौँको संख्यामा पुस्तकहरु हस्तान्तरण गरेको हो । रोटरी...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी र एमएसको प्रवेश परीक्षा रद्द

पोखरा, फागुन ११–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर प्रवेश तहको परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो । शनिबार भएको...

फोनिज १ को तेस्रो महाधिवेशन पाँचथरको फिदिममा

 विराटनगर ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नंं प्रदेश तेस्रो महाधिवेशन पाँचथरको फिदिम बजारमा हुने भएको छ  । आगामी माघ ५ देखि ७ गतेसम्म पाँचथरको सदरमुकाम फिदिम बजारमा हुने तेस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन...

विधिवत् रुपमा सुरु भयो छठ पर्व, विराटनगरको गुद्रीमा किनमेल गर्नेको घुइँचो

विराटनगर । तराई मधेसमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ। निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले विराटनगरको गुद्री बजारमा पूजाको सामग्री किनमेल गर्नेको...

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनको बहुमत पु¥याउन सभामुख गौतमले आज राजीनामा दिएका हुन् । उनले उपसभामुख सिर्जना...

छैटौं संस्करणको विराट गोल्डकप चैतमा

विराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट हुने भएको छ । विराट गोल्ड कप फुटबल ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी चैत ६ देखि १४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको...

डुबेर २ जनाको मृत्यु

विराटनगर, चैत ११–सुनसरी र मोरङका दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका–३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको...

आजको मौसम : केही स्थानमा वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) मुलुकका केही स्थानमा वर्षा हुनसक्ने जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्