भेडेटारमा ३० करोड लगानीमा सिसाको ‘स्काई वाक’ बन्दै

 न्यूज विराट

भेडेटारमा सिसाको ‘स्काई वाक’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ  । 

वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो  परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका  अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए ।

स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइ वाकमा एकैपटकमा २०० जना हिड्न सक्छन् । सिसाको स्काइ वाकको तल भिर भएकाले झन् ‘थ्रील’ अनुभव हुने पोख्रेल बताउँछन् ।

भेडेटारको हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू गरिएको यस परियोजना सन् १२०२३ भित्र नै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए ।

परियोजना साँगुरी गढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुन्सरीको सिमानामा पर्दछ  ।

परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति  दिएको शर्माले बताए । 

काठमाडौंको कमलादीमा हाल निर्माण भइरहेको ‘स्काई वाक टावर’ र इलामको कन्याममा निर्माण भइ सञ्चालनमा आइसकेको ‘कन्याम क्लाउड’ नामको स्काई वाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।

सम्बन्धित समाचार

काममा जान्छु भनेको धामीको हत्या

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका – ४ बटरबारीका एक जना धामीको हत्या भएको छ । ३२ वर्षीय अशोक कुमार यादवको हत्या भएको हो । हत्या गरिएको अवस्थामा शुक्रबार विहान सुनवर्षी नगरपालिका ४ बटरवारी जाने भित्री...

कोवास कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर–१० मा रहेको कोवास कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले आज सएिको परिक्षामा सामेल भएका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका करिव ४५० विद्यार्थीलाई मायाको चिनो दिएर विदाई...

विराटनगरको एभरेष्ट स्कुलमा अन्तर एभरेष्ट पौडि प्रतियोगिता सुरु

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा अन्तर एभरेष्ट पौडि प्रतियोगिता सुरु भएको छ । आज प्रतियोगिताको उद्घाटन विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले रिबन काटेर गरे । एभरेष्ट कलेज परिसरमा रहेको स्वीमिङ पुलमा शुरु भएको प्रतियोगिता शनिवार...

खार्जीमा सिलाईकटाई तालिम सम्पन्न

विराटनगर, ७ मंसिर । विराटनगरस्थित खार्जी गाउँमा महिलाहरुका लागि सञ्चालन भएको सिलाई कटाई तालिम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा गत साउन २२ गतेबाट सुरु भएको तालिम सम्पन्न भएको हो ।...

प्याब्सनको स्थापना दिवसमा विविद्य कार्यक्रम, दिप प्रज्जवलनदेखि आश्रममा भोजनसम्म

विराटनगर । विभिन्न कार्यक्रम आयोजना गरि प्याब्सनको ३३ औं स्थापना दिवस मनाएको छ । मोरङ प्याब्सनले विराटनगरमा विविद्य कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । विराटनगरमा रहेको प्याब्सनको कार्यालयमा मंगलबार साझमा दिप प्रज्जवल कार्यक्रम...

रोटरी क्लबले मनायो बालबालिकासँग अन्तराष्ट्रिय अपाङ्गता दिवस

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । क्लबले अपाङ्गता भएका बालबालिकाहरुसँग ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको हो । पिटर प्यान प्ले पेन स्कूलको सहयोगमा क्लबले सीपी...

विराट नर्सिङ होमले मनायो मुटु दिवस

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा...

१२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट सुरू (फोटो फिचर )

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू भएको हो । स्पोर्ट्स मिटको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्