मिल्स गोल्डकपको तयारी पुरा, उद्घाटनमा धुव्रतारा र शान्ति नगरबीच हुने
बिहिबार, २५ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । मिल्स गोल्डकप ट्रष्टले आयोजना गर्ने तेस्रो संस्करणको मिल्स गोल्डकपको तयारी पुरा भएको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रतियोगिताको शनिबार उद्घाटन हुने छ । उद्घाटनमा धुव्रतारा स्पोर्टिङ क्लब झापा र शान्ति नगर स्पोर्टिङ क्लब सुनसरीबीच हुनेछ । ट्रष्टले २०७७ सालदेखि मिल्स गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । दुई संस्करणको सफलतापछि ट्रष्टले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । फागुन २७ देखि चैत ४ गते सम्म फुटबल प्रतियोगिता हुने उनले बताए ।
प्रतियोगिताको बिजेता र उपबिजेता हुने टिमलाई यसपटक पुरस्कार राशी हामीले बढाएको ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए । बिजेताले २ लाख ११ हजार रुपैयाँको साथै आकर्षक ट्रफि प्राप्त गर्नेछन् । उपबिजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो संस्करणमा बिजेताले नगद २ लाख १ हजार र उपबिजेतालाई १ लाख १ हजार रुपैयाँ पाएका थिए ।
दैनिक हुने खेलको म्यान अफ द म्याच हुने खेलाडीहरुलाई नगदसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनलमा विभिन्न ६ वटा विधाहरुमा खेलाडीहरूलाई नगदसहित ट्रफि प्रदान गरिनेछ ।
गोल्डकपमा आठ वटा टिमको सहभागिता रहने भएको छ । जसमा गत वर्षको बिजेता टिम प्रतिभा फुटबल क्लब गोलबजार, साइनो स्पोर्टिङ क्लब रानी विराटनगर, शान्तिनगर फुटबल क्लब सुनसरी, धुब्रतारा फुटबल क्लब झापा, सहलेश युवा क्लब सिराहा, गाइघाट फुटबल क्बल उदयपुर, विरगन्ज युनाइटेड क्लब विरगन्ज पर्सा र द सेभेन युथ क्लब धनकुटाको टिम रहेको छ ।
दोस्रो संस्करणमा आयोजक साइनो स्पोर्टिङ क्लबलाई हराउँदै गोलबजारको प्रतिभा फुटबल क्लबले मिल्स गोल्डकपको उपाधि जितेको थियो । पहिलो संस्करणमा एपिएफले गोल्डकपको उपाधि हात पारेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको संयोजन विराटनगर महानगरपालिका, प्रवद्र्धन कोशी प्रदेश, प्राविधिक सहयोग मोरङ जिल्ला फुटबल संघ, मोरङ जिल्ला रेफ्री संघ, अखिल नेपाल फुटबल संघ रहेको छ । यस्तै मेडिकल सपोर्ट न्यूरो कार्डियो एण्ड मल्टिस्पेशलीटि हस्पिटल विराटनगर रहेको छ । प्रतियोगिता भव्य र सभ्य तरिकाले सम्पन्न गर्न विभिन्न उपसमिहरु गठन गरी जिम्मेवारी दिएको छ । जसमा खेल संयोजकमा किशोर सुब्बा रहेका छन् भने सह–संयोजकमा प्रलाद बस्नेत रहेका छन् । यस्तै मैदान व्यवस्थापनको जिम्मेवारी जितेन्द्र कुमार साहले गरेका छन् । टिम व्यवस्थापनमा राजेश कुमार बयन्जनकार र राजु थापा रहेका छन् ।
तेस्रो संस्करणको मिल्स गोल्डकपको तयारी पुरा भएको जानकारी दिदै आयोजक ।
राजविराज, १ वैशाख-खडक नगरपालिकामा प्रहरी र स्थानीयबीच झपड भएको छ । नगरपालिकाको वडा नम्बर ६ मा लकडाउन कार्यान्वयन गराउन इलाका कार्यालयबाट कल्याणपुर खटिएका प्रहरी र बासिन्दाबीच झडप भएको हो । प्रहरीले बासिन्दालाई सडकमा ननिस्कन आग्रह...
नेपाली सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको छ । कोरोना भाइरस (कोभिड- १९)को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री सेनालाई खरिद गर्ने जिम्मा दिएको १० दिनपछि सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको...
कोरोना भाइरस (कोभिड- १९) संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ वटा जिल्लालाई पूर्ण रूपमा सिल गरिएको छ । मानिसको आवतजावत रोक्ने भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई पूर्ण रूपमा सिल गरिएको हो ।...
विराटनगर, ११ माघ । गुराँस पुस्तकालय विराटनगरद्वारा प्रकाशित बरगाछी पत्रिकाको १६ औं अंकको आज विमोचन गरिएको छ । प्रजातन्त्रका कमाण्डर मुक्तिप्रसाद–यदुनाथ चापागाईं विशेषाङ्कका रुपमा प्रकाशित १६ औं अंकको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र...
विराटनगर । कोशी प्रदेश माओवादी केन्द्रले चुरे तराई लक्षित जनसाङ्गितिक ९ दिने अभियान सुरु गरेको छ । माओवादीको केही दिन अगाडि बसेको प्रदेशको सचिवालय बैठकले अभियान चलाउने निर्णय गरेको थियो ।सोही निर्णय अनुसार बुधबार उदयपुरको...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित एनसीडिएको भवनमा शनिबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको हो ।नेपाल औषधी व्यवसायी संघका केन्द्रीय...
जनकपुर, माघ २१–भन्सार कार्यालय जनकपुरधामका नायब सुब्बा अहमद रजा अन्सारी जनकपुरबाट घुससहित पक्राउ परेका छन् । अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीवासबाट खटिएको टोलीले एक लाख ५० हजार घूससहित सोमबार साँझ पक्राउ गरेको हो। नासु...
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विभेदकारी शिक्षा नीतिलाई समान शिक्षा बनाउनुपर्नेमा जोड दिएका छन् । काठमाण्डौ विश्व विद्यालय र विराटनगरस्थित एस्पायर कलेजबीच सम्झौता पछि बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमको अभिमुखिकरण...