विराटनगर । विराटनगरमा जारी दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा प्रवेश गरेको छ ।
नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा कोशी प्रदेशको मोरङले मेदेश प्रदेशको सप्तरीलाई ५४ रन अन्तरले पराजित गरी लगातार २ खेल जित्दै फाइनलको यात्रा तय गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको मारेङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १७ रनको स्कोर बनाएको थियो । मोरङकी सोनु राजवंशीले ४२ रन बनाउँदा टिका साहले २० रनको योगदान दिइन् । सप्तरीकी दिपिका सिंंहले ३ विकेट लिँदा सुस्मीता यादवले २ विकेट लिइन् ।
१ सय १८ रनको लक्ष्य पछ्याएको सप्तरीले १७ दशमलव ४ बलमा ६४ रनमा अलआउट भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो स्कोरलाई छुन सकेनन् । मोरङकी कप्तान सानु राजवंशीले २ लिँदा टिका साह, बन्दना राजवंशी र सृजना राजवंशी २–२ विकेट लिइन् । खेलको वुमेन अफ द म्याच मोरङकी अलराउण्डर खेलाडि टिका साह घोषित भइन् ।
दोस्रो खेलमा सिरहाले एमसिसि–११ लाई ६ विकेटले पराजित गरी लगातार २ खेलमा विजयी हात पार्दै फाइनलको यात्रा तय गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको एमसिसि–११ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९ रनको स्कोर बनाएको थियो । एमसिसिकी चान्दनी यादवले २१ रन बनाउँदा मनिषा मल्लिकले १६ रन र रश्मी साहले नटआउट १४ रन बनाइन् ।
सिरहाकी अर्चना महतोले २ विकेट लिँदा चन्द्रीका साहले पनि २ विकेट लिइन् । १ सय १० रनको लक्ष्य पछ्याएको सिरहाले १५ दशमलव ३ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सिरहाकी वुमा अफ म्याच अर्चना महतोले ३२ रन बनाउँदा प्रसिद्धिका खडकाले नटआउट १९ रन बनाइन् । एपसिसिकी रचना चौधरीले २ विकेट लिइन् ।
मोरङले २ खेलमा विजयी हुँदै शिर्ष स्थानमा रहेको छ भने सिरहा पनि २ खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ । सप्तरी र एमसिसि–११ ले २ खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
शुक्रबार लिगको अन्तिम दिन पहिलो खेल मोरङ र सिरहा तथा दोस्रो खेल सप्तरी र एमसिसि–११ विच हुने छ ।
फागुन २७ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहासहित ४ टिम सहभागि रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।
विराटनगर । निजी तथा आवासीय अर्गनाइजेशन नेपाल विराटनगरको नवर्विाचित कार्यसमितिहरुको पदस्थापन भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । नवनिर्वाचित पदाधिकारी र कार्यसमितिहरुलाई पदस्थापन प्रमुख निर्वाचन आयुक्त डा. उद्धव पोखरेलले...
विराटनगर, २५ भदौ–प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय...
विराटनगर । ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या आरोपमा २७ वर्षीय रविन राई पक्राउ गरेका हुन् ।प्रहरीले उनलाई धनकुटाको मूलघाटबाट आइतबार बिहान...
काठमाडौं, माघ २३–कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गरेर सरकारले बालुवाटारको ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गर्न लगाएको आरोप लगाएको छ । पार्टी उपसभापति बिजय गच्छदारबिरुद्ध मुद्धा दायर भएपछि रुष्ट कांग्रेस...
विराटनगर, १५ असोज–।प्रदेश १ कामुख्यमन्त्री शेरधन राईले विद्यालयशिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाई आवस्यक भएकोमा जोड दिएका छन् । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्रीबनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उनले बताए । सामाजिकविकास मन्त्रालय र स्थानीयतहको...
काठमाडौं, साउन १ । नेकपा एमालेले सर्वाेच्च अदालतको फैसलालाई राजनीतिक फैसला भन्दै बहशका लागि खुला चुनौती दिएको छ । आज बसेको स्थायी कमिटीको बैठकले अदालतको फैसला संबिधान भन्दा बाहिर गएर आफ्नो सीमा र मर्यादा नाघेर अदालतबाट...
विराटनगर । पोखरामा हुन गइरहेको १५ वर्षमुनिको जुनियर ब्याटमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट खेलाडी छनौट भएका छन् ।नेपाल ब्याटमिन्टन संघले विराटनगरमा आयोजना गरेको छनौट प्रतियोगिताबाट ८ जना खेलाडी छानिएका छन् । बिहीबार र शुक्रबार भएको...
विराटनगर, ३० साउन । प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । सो उक्त कार्यविधि स्वीकृत भएसँगै अब...