विराटनगर । जिल्लास्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता विराटनगरमा सुरु भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो ।
उद्धाटन खेलमा इडनबर्ग कलेज विराटनगर विजयी भएको छ । लेटाङ बहुमुखी क्याम्पसलाई १९–२५ र २२–२५ को सोझो सेटमा पराजित गर्दै इडनबर्ग सेमिफाइनमा प्रवेश गरेको हो ।
प्रतियोगितामा विजेतालाई नगद ३१ हजार र उपविजेतालाई रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गर्ने आयोजकले बताएको छ ।
प्रतियोगिताको उद्धाटन नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले गरे । प्रतियोगिताको उद्घाटन गर्दै थापाले मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको खेलले नेपालकै भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान दिने बताए । खेलकुख क्षेत्रमा सरकारहरुले गरेको लगानी अत्यन्त न्यून रहने गरेको बताउँदै उनले नेपाली खेलकुद, खेलाडी र खेलप्रेमीहरुको बलमा मात्र टिकेको बताए । खेलकुद क्षेत्रले देशलाई विश्वमा चिनाउन मद्धत गर्ने भएकाले खेल क्षेत्रको सुधारमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । पुष्पलालचौकको खेल मैदानमा फाल्गुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगरका अध्यक्ष गोपाल झाले जानकारी दिए ।
धरान, माघ १७–चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५ सय २६ प्रजातिका चरा पाइने रेकर्ड छ । पछिल्लो...
काठमाडौं, २ माघ । सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोराना संक्रमण भएको छ । न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जना कोरोना संक्रमित भएका छन् । आइतबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरु...
विराटनगर, १४ माघ-विराटनगरमा बालबालिकालाई लक्षित गरि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । विराटनगर महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै हालसम्म कोरोना भाइरसविरुद्धको खोप नलगाएका १२ बर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकाका लागि खोप...
विराटनगर, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङले बैधानिक कार्यकर्ताहरुबा अनुमोदित पार्टी निर्माण अभियान प्रारम्भ गरेको छ । पार्टी कार्यालय पाञ्चालीमा नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा शनिबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले...
काठमाडौं, असोज ३ । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सेनपामा दिउँसो २ बजे बैठक बस्न लागेको हो । यसअघि २०७७ चैत ३० गते बैठक बोलाइएको थियो । तर, कांग्रेस वरिष्ठ...
विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेज (पुरानो हवाई फिल्ड) को मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा प्रदेश १ मा लगानीकर्तालाई आकर्षित र लगानीको संभाव्यताको छुट्टै पेभिलियन राखिने भएको छ । प्रदेश १ लगानी...
काठमाडौं, १० बैशाख-समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीचको लामो छलफलपछि बुधबार अबेर राति पार्टी एकीकरणको टुंगो लागेको हो । सरकारले पार्टी केन्द्रीय...