होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
सोमबार, २२ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने बताएका छन् । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा निजी सचिवालयमार्फत शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले विराटनगरवासीसहित देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगति, सुुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घजीवनको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनु आवश्यक रहेको बताएका छन् । चाडपर्वका नाममा हुने गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा मेयर कोइरालाले जोड दिएका छन् । उनले होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन महानगरवासीलाई आग्रहसमेत गरेका छन् । मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको मेयर कोइरालाले उल्लेख गरेका छन् । मेयर कोइरालाको सन्देशमा भनिएको छ, “सांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको र हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्नसमेत मद्दत गरेको छ । साथै जुनसुकै क्षेत्रमा बस्ने नेपालीलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग पुगोस् ।” फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रंगहरुको पर्वका रुपमा मनाइने गरिन्छ । फागु पर्व परम्परागतरूपमा विभिन्न रंगहरु खेली मनाउने प्राचीन परम्परा छ । फागु पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा अभिवृद्धि गर्दै आएको मेयर कोइरालाको सन्देशमा उल्लेख छ । पहाडी क्षेत्रमा सोमबार र तराई क्षेत्रमा मंगलबार होली मनाइन्छ ।
काठमाडौं, ३१ जेठ-नेपालको संविधाको दोस्रो संशोधन विधेयकका सम्बन्धमा संघीय समाजवादीकी सांसद सरिता गिरीले दिएको संशोधन सूचना अस्वीकृत भएको छ । सरकारका तर्फबाट हालिएको संशोधन प्रस्तावको विषयमा शनिबार दफावार छलफल चल्ने क्रममा सभामुख अग्नि सापकोटाले सत्तारूढ दलका अध्यक्ष...
भेडेटारमा सिसाको 'स्काई वाक' बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ । वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो ...
विराटनगर ४ कात्तिक । विराटनगरको खार्जीमा पोलिया सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा पोलियो रोगको रोकथाम र उपचार सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । नेपाललाई पोलियो मुक्त...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित आदर्श माविलाई सिलाई मेशिन वितरण गरेको छ । विश्वकर्मा पूजाको अवसर पारेर क्लबले आर्थिक तथा सामुदायिक विकास अन्तर्गत रोटरी क्लब अफ डाउनटाउनले आदर्श विद्यालयमा ७ वटा सिलाई...
विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत...
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औं साधरण सभा र १२ औं जिल्ला अधिवेशन हुने भएको छ । महासंघ अन्र्तगतको महिला उद्यम समिति मोरङको २१ औं साधरणसभा र १० औं अधिवेशन...
विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । क्लबले अपाङ्गता भएका बालबालिकाहरुसँग ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको हो । पिटर प्यान प्ले पेन स्कूलको सहयोगमा क्लबले सीपी...
काठमाडौं, फागुन १७ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी...