रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार, २२ फागुन, २०७९,
न्यूज विराट
विराटनगर, २२ फागुन । मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । सोमबार रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा पुरस्कार वितरण गर्दै प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिताको उपाधी रंगेली–२ स्थित प्रगतिशिल माविले चुमेको छ । प्रतियोगितामा ३९ अंकसहित प्रथम भएको प्रगतिशिल माविले करबाहेक नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै रंगेली–७ को आदर्श मावि ३८ अंकसहित द्वितीय र सोही वडाको मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल ३६ अंकसहित तृतीय भएका छन् । द्वितीय र तृतीय भएका विद्यालयले करबाहेक क्रमशः नगद ११ हजार, ७ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिता अन्तगर्त विभिन्न विधाका खेलमा विजेता विद्यालय र खेलाडीहरुलाई रंगेली नगरपालिकाका मेयर दिलिप अग्रवाल, उपमेयर भूमा पराजुली, प्रमुख प्रशासकिय अधिकृत ओमकारप्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्का, सरुवा भई गएका प्रहरी निरिक्षक शैलेश न्यौपाने, विभिन्न वडाका वडाध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापकलगायतले पुस्कार वितरण गरे ।
सो अवसरमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्याकहरु, सहभागी विद्यालय, स्वाथ्यकर्मी, अफिसियल, नेपाल स्काउट महेन्द्र मावि, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षाप्रेमीहरु, र समापन कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथीहरुलाई माचाँको चिनोसमेत वितरण गरिएको थियो ।
प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई मेयर अग्रवालले जिल्ला स्तरीय प्रतीयोगीतामा उत्कृष्ट प्रदर्शन गरेर देखाउन शुभकामना दिएका छन् । सो प्रतियोगिताको सवै इभेन्टमा प्रथम हुने विद्यार्थीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहाभागी हुनेछन् ।
प्रतियोगितामा छात्र र छात्रा दुवै खेलतर्फ दौड, रिले, सटपुट, कबड्डी, भलिबल, ट्रिपलजम्प, ज्याव्लिन थ्रु, लङ जम्प, हाइजम्पलगायतको खेलमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा १३ सामुदायीक र ८ वटा संस्थागत विद्यालयको सहभागीता रहेको रंगेली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जानकारी दिए ।
४ नम्बर वडाका वडाध्यक्ष अवधेश मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रम रेंगेली नगरपालिकाका योजना अधिकृत कृष्ण भट्टराईले सञ्चालन गरेका थिए । सोमबार विहान चेका पुलदेखि आमतोला हुँदै जनता क्याम्पसको खेल मैदानसम्म तीन हजार मिटर म्याराथुन दौड भएको थियो ।
विराटनगर, ३ कात्तिक–युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण...
काठमाडौं, १० कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् । दसैं, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले...
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट उत्पन्न हुन सक्ने बताएका छन् । बिहीबार धनगढी पुगेका अध्यक्ष नेपालले युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै...
काठमाडौं, १२ जेठ-अरबी पात्रो हिजरी संवतअनुसार १० औँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । १० औँ महिनाको पहिलो दिन...
विराटनगर, माघ २४–नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पुुर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग कुुरागर्दै उनले भने।,‘अनुुचित कार्य गरेर...
काठमाडौं, ५ भदौ-कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक वर्ष...
विराटनगर,२६ साउन । लनमा गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जानाउने भएको छ । बिहिबार १ प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै सो बारे...
काठमाडौं, १३ असोज । लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।बेलायतमा कोदो लिमिडेट कम्पनीको...