विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले होली मिलन कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी होली मिलान कार्यक्रम आयोजना गरेको हो ।
संघले प्रत्येक वर्ष होलीको कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्न अभिप्रेरित गर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले यस्ता चाडपर्वले सद्धवा एकता र भाइचारा कायम गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, नेपाल औषधी व्यवसायी संघ मोरङका सल्लाहकार उद्धव घिमिरे, नेपाल औषधि प्रबन्धक संघ विराटनगर इकाईका उपाध्यक्ष सुबोध गौतम, मिलानका सचिब जितेन्द्र देब र नेपाल औषधी व्यवसायी संघ कोशी अञ्चलका पूर्व अध्यक्ष सुवर्ण भक्त जोशिलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य संघका सचिव हरिराज रेग्मीले गरेका थिए ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल...
काठमाडौं, ५ कात्तिक-बुधबार काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा २ हजार ३ सय ९१, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनामा कोरोना...
काठमाडौं, ३१ जेठ-संविधान संशोधन प्रस्तावमाथि मतदान सुरु भएको छ । सभामुख अग्नि सापकोटाले संविधान संशोधन विधेयक निर्णार्थ प्रस्तुत गरेसँगै मतदान प्रक्रिया सुरु भएको हो । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गर्न मत विभाजनका...
विराटनगर । टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणको विहिबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको । पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र वागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । विहिबारको खेल अगावे समुह...
काठमाडौं, १० कात्तिक-हिन्दूहरुको महान पर्व बडादशैंको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको...
काठमाडौं, ४ जेठ-आर्थिक बर्ष २०७७/०७८ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दे सांसदहरुबाट एकल र संयुक्त रुपमा विभिन्न ५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा संशोधनकर्ताहरुले नीति...
विराटनगर, ३ फागुन । संविधान रक्षाका लागि आफुहरु जनतामाझ आएको नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले बताएका छन् । नेपाली कांग्रेस मोरङले प्रदेश १ को राजधानी विराटनगरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेताहरुले संसद पुनस्र्थापना गर...
बाँके, २७ वैशाख-भारतमा कोरोना संक्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए । भारत...