विराटनगर। मोरङ प्रहरीले होलीमा सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । होलीको अवसरमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको हो ।
होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप कसिलो बनाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनले सभा तथा कार्यक्रमहरू गरी भिडभाड गर्ने, जबर्जस्ती रङ्ग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृङ्खल गतिविधि हुने हुँदा सो कार्य रोक्न सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।
होली पर्वलाई लक्षित गर्दै ठाउँ ठाउँमा प्रहरी खटाएको छ । सुरक्षा व्यवस्थाका लागि आवश्यकता अनुसार चेक प्वइन्टहरु थप्दै जाने र उच्छृङ्खल गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको एसपी पोखरेलले बताए । जिल्लाभारका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई पनि गस्ती गर्न निर्देशन दिइएको उनले बताए ।
होलीमा मदिराको उत्पादन र प्रयोग पनि बढ्न सक्ने हुँदा त्यसलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ । प्रहरीले फागु पूर्णिमाको अवसरमा सभ्य र मर्यादित ढङ्गले सुरक्षित रूपमा घर परिवार, साथीभाइमै होली पर्व मनाउन आग्रह गर्दै कहीँ कतै अमानवीय गतिविधि भएमा सय नम्बरमा सम्पर्क गर्न अपिल गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले भिडियो सन्देशमार्फत रंगको जबरजस्ती प्रयोग र महिला तथा युवतिहरुमाथि गरिने छेडखानीले होली पर्वको औचित्यमै प्रश्न उब्जाउन सक्नेतर्फ सचेत रहनुपर्ने बताएको छ ।
काठमाडौं, २५ माघ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । संघीय संसदअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको मंगबार सिंहदरबारमा बैठकले पेट्रोलियम पदार्थको मूल्य...
विराटनगर । संघीयताको मर्म अनुसार न्यायलयको पुन संरचना आबश्यक रहेको न्याय क्षेत्रका विज्ञहरूले बताएका छन् ।आज विराटनगरमा आयोजित कोशी प्रदेशका अधिबक्ताहरूका लागि संवैधानिक कानुन सम्बन्धी विशिष्टीकृत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै न्याय क्षेत्रका विज्ञहरूले संघीयताको...
काठमाडौँ, २४ असोज -मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी क्षमताको इनरुवा सबस्टेशनको काम युद्धस्तरमा भइरहेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी...
झापा, ३० चैत-झापामा लकडाउन उल्लङ्घन गर्ने ३ सय ८ जनालाई प्रहरीले कारबाही गरेको छ ।जिल्लाका मुख्य शहरहरू धुलाबारी, काँकडभिट्टा, दमक, बिर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा ३ दिनभित्रमा प्रहरीले ३ सय ८ जनालाई कारबाही गरेको हो।...
विराटनगर, २२ चैत । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा पाँचथरका डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । लोक्सोम यसअघि योजना आयोगको सदस्य थिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष र...
महोत्तरी, १२ जेठ-महोत्तरीको रामगोपालपुर नगरपालिका-७ सहसौलामा गएराती लागूऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार मृत्यु हुनेमा रामगोपालपुर–७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेका छन्...
जनकपुर, ५ वैशाख-जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकमा २ महिला पैसा फालेर भागेका छन् ।स्थानीयका अनुसार उनीहरु १० र १ सय रुपैयाँको नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका हुन् । ती महिलाले चोकमा रहेको पसलहरुको सटरमा समेत...
विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप हुने भएको हो । ...