मोरङको बाहुनीमा न्यूरोको वृहत् स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकको सेवाबाट बिरामी दङ्ग

 न्यूज विराट
मोरङको बाहुनीमा न्यूरोको वृहत् स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकको सेवाबाट बिरामी दङ्ग

विराटनगर । विराटनगरस्थित  न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले मोरङको बेलबारी ७ बाहुनीमा वृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य अभियान कार्यक्रम अन्तर्गत बाहुनीमा शनिवार वृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो । 

न्युरो अस्पतालका विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उल्लेख नय बिरामीले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा निःशुल्क ओपिडी सेवा तथा सम्पूर्ण जाँच तथा उपचारमा छुटको व्यवस्था गरिएको थियो । स्वास्थ्य जाँच गरिएका बिरामीलाई अस्पतालले निःशुल्क औषधी पनि वितरण गरेको थियो । 

शिविरमा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्र कमार विष्ट, वरिष्ठ न्युरो सर्जन यामबहादुर रोका, वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रोफेसर डा. शैलजा क्षेत्री (श्रेष्ठ), वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रन्जन थापा, वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. नारायणी रोका (भट्टराई), वरिष्ठ अर्थाेपेडिक सर्जन डा. अमित देव, वरिष्ठ रेडियोलोजिष्ट डा. निरज रेग्मी, वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद शाह, वरिष्ठ कार्डियोलोजिष्ट डा. राजन कर्ण, आपतकालिन सेवा चिकित्सक डा. प्रफुल्ल कोइराला, वरिष्ठ दन्त रोग विशेषज्ञ डा. अमित प्रताप शाह, वरिष्ठ फिजियोथेरापिष्ट डा. नविनकुमार चौधरी तथा मेडिकल अफिसरहरू लगायतका स्वास्थ्य टोलीले ६५० भन्दा बिरामीहरूको स्वास्थ्य जाँच गरेका थिए । स्थानीय स्थरमै आएर न्युरो अस्पतालका सम्पूर्ण विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य उपचार सेवा पाएपछि यहाँका बिरामी उत्साहित देखिन्थे । 

उक्त  शिविरमा ४२३ जनाको मधुमेहको जाँच, १०० जनाभन्दा बढी बिरामीको इसिजी, ६४ जनाको अल्ट्रासाउन्ड, ३३ जनाको इकोकार्डियोग्राफी तथा २५ जनाको किराले खाएको दाँत निकालिएको अस्पतालले जनाएको छ । करिब ७० प्रतिशतभन्दा बढी महिला स्वास्थ्य सेवाग्राही रहेको शिविरमा औषधी समेत निःशुल्क वितरण गरिएको थियो । 

सम्बन्धित समाचार

लकडाउनको पालना र समाजिक दूरी कायम गर्न सभापति देउवाको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दूरी कायम गर्न अपिल गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशको पालना...

मृगौला पीडितलाई सहयोग गर्न २ मगर संघको आग्रह

पथरी– मोरङको पथरी शनिश्चरे ३ निवासी ३७ वर्षीया टिका राना मगरलाई सहयोग गर्न २ संघले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ नगर समितिले आग्रह गरेको...

उद्योग वाणिज्य महासंघको चुनावी साधारणसभा स्थगित

२८ र २९ चैतलाई तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा जेठ पहिलो सातासम्मका लागि स्थगन गरिएको छ । बिहीबार महासंघ कार्यालय टेकुमा बसेको बैठकले यो निर्णय लिएको अध्यक्ष भवानी राणाले बताइन् । यसअघि महासंघले प्रदेश...

१६ खर्ब ३० अर्बको बजेट ल्याउने तयारी

 काठमाडौं, २१ वैशाख-सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको तुलनामा करिब १ खर्ब रूपैयाँले बढाउने भएको छ । चालू वर्षको बजेटमा ६ प्रतिशतसम्मको बजेट वृद्धि गर्न सकिने र सोही सिलिङभित्र बसेर बजेट तयारीको काम...

जनकपुरधाम उपमहानगरको राहत : विपन्नलाई कुहिएको चामल

जनकपुरधाम उपमहानगरपालिकाले राहतमा बाँडेको चामल कुहिएको फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-१६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको हो । चामल सडेको कारण अमिलो गन्ध आएको राहत पाउने...

कैलालीका युवक १६ दिनमा कोरोनालाई जितेर घर फर्किए

सेती प्रादेशिक अस्पाल धनगढीमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका कोरोना संक्रमित युवक डिस्चार्ज भएका छन् । उनको दोस्रो र तेस्रो रिपोट नेगेटिभ आएसँगै आइतबार उनलाई अस्पतालले डिस्चार्ज दिएको हो । लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय...

काँग्रेसको बलियो साथले सरकार भ्रष्टाचार विरुद्ध खरो उत्रियो : देउवा

विराटनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको बलियो साथ रहेकोले नै सरकार भ्रष्टाचार विरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् । सुनसरीको इनरुवामा आज आयोजित काँग्रेसको जिल्ला सम्मेलन उद्घाटन समारोहमा बोल्दै देउवाले गठबन्धन...

विधिवत् रुपमा सुरु भयो छठ पर्व, विराटनगरको गुद्रीमा किनमेल गर्नेको घुइँचो

विराटनगर । तराई मधेसमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ। निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले विराटनगरको गुद्री बजारमा पूजाको सामग्री किनमेल गर्नेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्