नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा पन्त, महासचिबमा संजीव शर्मा कट्टेल

 न्यूज विराट
नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा पन्त, महासचिबमा संजीव शर्मा कट्टेल

विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा ललित मोहन पन्त निर्वाचित भएका छन् । प्राप्त मतमरिणाम अनुसार ललितमोहन पन्तले ५४० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी डा रोभसकुसुम सुवेदीले ३६४ मत मात्रै प्राप्त गरे । तेस्रो भएका फुलगेन शाहले ६३ मात्र मत पाए ।

दुईवटा उपाध्यक्ष पदमा अमृत गौरोले ४१४ मत र देवानन्द साह ३९३ मत प्राप्त गरी बिजयी भए । यस्तै महिला उपाध्यक्षमा सञ्जीता विष्टले ४८४ मत प्राप्त गरि विजयी भईन् ।

महासचिवमा सञ्जीव शर्मा कट्टेल ५१८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी धिरज रौनियारले ४४२ मत मात्रै प्राप्त गरे ।

महासचिव सञ्जीव शर्मा कट्टेल


दुईवटा सचिव पदमा केदार प्रसाद साह र विवेक श्रेष्ठले क्रमश ४४२ र ४५० मत प्राप्त गरि विजयी भए । यस्तै कोषाध्यक्ष पदमा गोपिना राईले ५४१ मतका साथ विजयी प्राप्त गरिन् ।

सहकोषाध्यक्षमा ५२९ मत ल्याएर निर्मलराज मरासैनी बिजयी भए । प्रचार सचिवमा ६०६ मतका साथ अनिश श्रेष्ठ बिजयी भए ।

सदस्यहरुमा सृष्टि प्रजापति र मनोज भट्टराईले क्रमश ३५५ र २५९ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा भने ४९३ मतका साथ सौभाग्य डंगोल विजयी बनिन् ।

शनिबार सम्पन्न निर्वाचनमा कुल ९९२ मत खसेको थियो । नेपाल फर्मास्युटिक्ल एशोसिएशन निर्वाचनमा ललितमोहन पन्त नेतृत्वको समूहको बर्चश्व रहेको छ । महिला उपाध्यक्ष बाहेक पदाधिकारीमा पन्तको नेतृत्वको समूह निर्वाचित भएका छन् ।

कसको कति आयो मत ?

सम्बन्धित समाचार

भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका बालकको मृत्यु

डडेल्धुरा, १८ जेठ-डडेल्धुरामा क्वारेन्टाइनमा बसेका १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका-३ का साढे ६ वर्षीय बालक रहेका छन् । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार शनिबार राती १२ बजेतिर जिल्ला...

१६ डिआइजीको सरूवा, कोशीमा चन्द्रकुवेर खापुङ

विराटनगर । गृह मन्त्रालयले १६ जना डीआईजीको सरूवा गरेको छ । यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् ।एकवर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो । सरूवा सूचीअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको...

भारतमा लगातार दोस्रो दिन ८३ हजारबढी संक्रमित

एजेन्सी, १९ भदौ=भारतमा लगातार दोस्रो दिन ८३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८३ हजार ३४१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।...

सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव

विराटनगर, २६ वैशाख ।सुनवर्षी नगरपालिकाका लागि सदानन्द यादव कुनै नौलो मान होइन । उनी आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । युवा अवस्थादेखि नै राजनीतिमा सकृय रहेका...

स्वावलम्बन लघुवित्तको साक्षरता कार्यक्रम

विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्र्तक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बिहीबार...

जनकपुरमा ३ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

जनकपुर,  ३२ साउन-जनकपुरमा ३ दिनअघि उपचारको क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । काव्या अस्पतालमा उपचाररत जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने ४३ वर्षीय पुरुषको गत शुक्रबार मृत्यु भएको थियो ।  रुघा खोकीसँगै ज्वरो आएपछि...

तेली समाजद्धारा एक सय बढीलाई सम्मान

विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्यसमितिले समाजका एक सय बढी ब्यक्तीलाई सम्मान गरेको छ ।विराटनगरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । समाजले समुदाय भित्रका मेधावी विद्यार्थी, चिकित्सक, स्वास्थ शिक्षा, शिक्षा...

झापाको विर्तामोड नगरपालिका शिल

विराटनगर, १० साउन । झापाको विर्तामोड नगरपालिकाले आगामी साउन २० गतेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र शिल गर्न प्रशसानलाई आग्रह गरेको छ । नगर क्षेत्रमा कोरोना संक्रमण फैलँदो अवस्थामा रहेकाले साउन १३ गते मध्य रातिदेखि २० गतेसम्म...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्