रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण
मङ्गलबार, १६ फागुन, २०७९,
न्यूज विराट
विराटनगर, १६ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमकाबिच विराटनगर–४ स्थित खार्जी कोहबरा गाउँको एउटै टोलमा ३८ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको ७३ वटा शौचालय, २१ वटा चापाकल जडान र २० वटा चापाकलको मर्मत गरि हस्तान्तरण गरिएको हो ।
विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउने नवनिर्मित शौचालय र चापाकल हस्तान्तरण गरेको हो ।
क्बलका पूर्व अध्यक्ष रचना राठी र अर्चना तपडियाको सक्रियतामा अढाई महिना भित्र ७३ वटा शौचालयको निर्माण, २१ वटा चापाकलको जडान र २० वटा चापाकलको मर्मत सम्भारको काम सम्पन्न भएको थियो ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठी सहितका पदाधिकारीहरुले मंगलबार खारजी कोहबरा टोलमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की, विराटनगर–४ का वडाध्यक्ष तेजन थापा र बरिष्ठ रोटरीयन बेनीगोपाल मुन्दडाको उपस्थितिमा निर्माण गरिएको शौैचालय र चापाकल सम्बन्धित घर धनिलाई हस्तान्तरण गरिएको हो ।
साथै क्लबका पदाधिकारीहरुले शौचालय र चापाकलको संरक्षण गर्न सम्बन्धित घर धनिलाई सुझावसमेत दिएका छन् ।कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष का अध्यक्ष रेखा राठी, जनसम्पर्क अधिकृत सपना सिंघल, आगामी अध्यक्ष कुशुम चैनवाला, पूर्वअध्यक्ष रचना राठी, अर्चना तापडिया, किरण कर्ण, सुनिता अग्रवाल, डा. ममता बर्मा, अर्चना शर्मा, राजकुमारी तोदी, अनिता सोनी, सुगन्धा तोदी, पुनम रमेश राठी र संगीता सिंघानीयाको सहभागिता रहेको थियो ।
रोटरीयन अनिता सारडाले कार्यक्रम संचालन गरेकी थिइन । शौचालय निर्माण र चापाकल जडान तथा मर्मत सम्भार पछि उत्साहित टोलवासीले क्लबका पदाधिकारी सहित कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुलाई फुलमालाले स्वागत गरेका थिए ।
शौचालय निर्माण र चापाकलको सहयोगी संस्था रोटरी क्लब अफ सहिबाबाद रहेको थियो । क्लब ज्योति आधारभूत विद्यालयमा खानेपानीको व्यवस्थापन गर्ने तयारीमा समेत जुटेको छ ।
विराटनगर । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णय कार्यान्वयन गर्दै विराटनगर महानगरपालिकाले यही वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेको छ । महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका...
विराटनगर । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वडाध्यक्ष, कार्यपालिका...
विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराट नर्सिङ होम प्रालिको सहकार्यमा ज्योति आधारभूत विद्यालय खर्जीमा मेघा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । विराट इन्टरनेशनल डायग्नोस्टिक...
विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर...
विराटनगर । नेपाली कांग्रेस विराटनगर १२ नम्बर वडा समितिले कवि एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।वडाका बासिन्दा नवोदित नेपाल प्रेस युनियनको कोशी प्रदेश अध्यक्षमा निर्वाचित भएकाले सम्मान गरिएको...
विराटनगर । मोरङमा कोभिड–१९ बिरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ लगाउने भएको छ । चैत २६ गते देखि २८ गते सम्म मोरङ जिल्लाको १७ वटै स्थानीय तहको स्वास्थ्य केन्द्रहरूबाट फाइजर बाईभ्यालेन्ट खोप लगाउने भएको हो । पछिल्लो...
विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...
विराटनगर, २१ कात्तिक । विराटनगरमा अध्ययनरत विद्यार्थीहरुका लागि करियर काउन्सेलिङ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा उच्च शिक्षा अध्ययनका लागि विषय छनौट सम्बन्धी काउन्सेलिङ गरिएको हो । कार्यक्रममा सर्टिफाइड क्यारियर कोच पूर्ण...