अन्तर्राष्ट्रिय महिला दिवसमा न्यूरो अस्पतालमा स्वास्थ्य उपचारमा छुट

 न्यूज विराट
अन्तर्राष्ट्रिय महिला दिवसमा न्यूरो अस्पतालमा स्वास्थ्य उपचारमा छुट

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले एक महिनासम्म छुट योजना ल्याएको छ । हस्पिटलले फागुन १७ देखि चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट योजना ल्याएको हो ।

हस्पिटलले मंगलबार पत्रकार सम्मेलन गरी मार्च ८ मा पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर छुट योजनासहित सचेतना मुलक अभियानको कार्यक्रम पनि गर्दै आएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । सम्पूर्ण महिलाहरुको सम्मानका लागि महिना भरी प्रसूती तथा स्त्री रोगको ओपीडि सेवा निःशुल्क गरिएको छ ।

प्रसुती तथा स्त्री रोग ओपिडी सेवाको जाँचमा २५ प्रतिशत छुट रहेको रहेको छ । यहाँ वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ तथा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेकी प्राडा शैलजा क्षेत्री (श्रेष्ठ) र डा.निशा अधिकारी रहेकी छिन् ।
अस्पतालले पाठेघरको मुख सम्बन्धी क्यान्सरको जाँच पनि निःशुल्क गर्ने भएको छ । प्याप स्मियर जाँच र कोल्पोस्कोपी जाँच पनि हुनेछ । हस्पिटलले स्तन क्यान्सर सम्बन्धी परामर्शको साथै सचेतना कार्यक्रम पनि गर्ने मेडिकल डाइरेक्टर प्राडा शैलजा क्षेत्री श्रेष्ठले बताइन् । ‘महिलाहरूमा हुने स्तन क्यान्सरको सुरुवाती पहिचान कसरी गर्ने भन्ने विषयमा पनि सचेतना तथा परामर्श र जाँच गरिनेछ,’ डा. शैलजाले भनिन्, ‘महिलाहरुमा यस्तो समस्या देखा पर्न थालेको छ । स्वास्थ्य सचेतना जोगाउन जरुरी रहेको छ ।’ अहिले एकदमै बाझोपनको समस्या पनि बढदै गएको उनले बताइन् । निकट भविष्यमा न्यूरोले आइबिएफ सेवा पनि सुचारु गर्ने तयारीमा रहेको छ ।


यस्तै हस्पिटलले मानसिक स्वास्थ्य सम्बन्धी परामर्श परामर्श दिन दिने भएको छ । महिला स्वास्थ्य सम्बन्धी हेल्थ प्याकेजहरुमा पनि विशेष छुटको व्यवस्था गरिएको हस्पिटलले जनाएको छ । एक महिनासम्म निःशुल्क सेवा लिने महिलाहरुको परिवारका सदस्यहरुलाई पनि विभिन्न स्वास्थय सेवाहरुमा छुटको व्यवस्था गरिने हस्पिटलले जनाएको छ ।
७५ प्रतिशत भन्दा बढी महिला कर्मचारी रहेको हस्पिटलले ६ वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वास्थ्य सेचतना कार्यक्रम गर्दै आएको छ । अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टको नेतृत्वमा अस्पतालले व्यवसायिक प्रतिवद्धतामा मात्र नभएर सामाजिक उत्तरदायित्वमा पनि आफुलाई अग्रपंतिमा उभ्यिाएको हस्पिटलले बताएको छ ।

सम्बन्धित समाचार

विराट नर्सिङ होमको डाईग्नोष्टि ल्याबको संकलन केन्द्र इनरुवामा पनि स्थापना

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गरेको छ । इनरुवा १ हस्पिटल गेटनिजक रहेको साएमा पोलिक्लिनिकमा सोमबार एक कार्यक्रम...

आइसोलेसन तोडफोड आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ

सङ्खुवासभा, ६ भदौ-संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज...

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु, ५७० संक्रमित थपिए

काठमाडौं, ५ फागुन । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितहरूको मृत्यु भएको छ । यससँगै हालम्म ११ हजार ९ सय ११ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बिहीबार...

अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गर्नुको विकल्प छैन : मेयर

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गरिने बताएका छन् ।विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउँदै उनले अब पनि सुधार नभए मर्चमा...

आज २८५६ संक्रमित थपिए, ३३३६ जना डिस्चार्ज

काठमाडौं, ९ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय ५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।  त्यस्तै, आज...

दुई जनाको दाबीपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति शुक्रबार मात्रै गर्ने

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति भोलि शुक्रबार प्रदेश प्रमुख पशुराम खापुङ्गले गर्ने भएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा भोलि अपरान्ह ५ बजेसम्मको छ।...

अन्य देशका पाठ्यक्रममा रहेका बुद्ध जन्मस्थलबारेका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन् । ओलीले २५६५औँ बुद्धजयन्ती र...

व्यापारी अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति

व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । महानगरीय अपराध महाशाखाले कालोबजारीको आरोपमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्