विराटनगरमा अन्तर स्कुल क्रिकेट प्रतियोगिता शुरु, सत्यनारायण र सरस्वती स्कुल विजयी

 न्यूज विराट
विराटनगरमा अन्तर स्कुल क्रिकेट प्रतियोगिता शुरु, सत्यनारायण र सरस्वती स्कुल विजयी

विराटनगर । विराटनगरमा अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा विराटनगर–६ केशलिया पुल नजिक रहेको एमविजे क्रिकेट मैदानमा बिहिबारदेखि अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता शुरु भएको हो ।

विहिबार भएको खेलमा सत्यनारायण मा.वी. र सरस्वती मा.वी. विजयी भएका छन् । पहिलो खेलमा सत्यनारायणले बुढानिलकण्ठ स्कूललाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बुढानिलकण्ठले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई ५९ रनमा सिमित भयो । जस्मा अमित साहले सर्वाधिक १० रनको योगदान दिए । सत्यनारायणका म्यान अफ द म्याच आकाश यादव र विकाश कामतले ३–३ विकेट लिए ।

६० रनको सामान्य लक्ष्य पाएको सत्यनाराणले ९ दशमलव ३ बलमा ३ विकेट गुमायँदै सो लक्ष्य पार गरेको थियो । जसमा महमद हरुनले १६ लरनको योगदान दिए । बुढानिलकण्ठका कादिल यादवले २ विकेट लिए ।

बिहीबारनै भएको दोस्रो खेलमा सरस्वती मा.वी. ले पाखरिया मा.वी. लाई ७५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेका सरस्वतीले निर्धारित २५ ओभरमा ४ विकेट गुमाई १ सय ५१ रनको विशाल योगफ खडा गरेको थियो । जसमा राकेश खडकाले ३७ रन बनाएादा साहिद शेखले ३२ रन र रामनारायणले ३१ रन बनाए । पोखरियाका दिपराज चौधरी र सफर पोखरेलले १–१ विकेट लिए ।

१ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पोखरियाले १६ ओभरमा सवै विकेट गुमाई ७६ रन मात्र बनायो । जसमा राहुल महतोले २९ रन बनाए । सरस्वतीका रोहन मण्डलले ४ विकेट लिँदा राकेश खडकाले ३ विकेट लिए । खेलको म्यान अफ द म्इाच सरस्वतीमा अलराउण्डर खेलाडि राकेश खडका घोषित भए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विराटनगरको बाल्मीकि, बुढानिकलन्ठ, बिनायक, सरस्वती, सत्यनारायण, पोखरीया, मनकामना र राइजिङ नेपालसहभागि रहेका छन् । प्रतियोगिता फागुन १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफि र प्रमाणपत्र पाउँनेछन् । बेस्ट ब्याटर, बेस्ट बलर, म्यान अफ द टुर्नामेन्ट, बेस्ट किपर र बेस्ट फिल्डरले हुने खेलाडीले विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमीको तर्फबाट छात्रवृत्ती पाउँनेछन् ।

प्रतियोगितामा भाग लिने टिमले दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ रहेको छ भने प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख खर्च हुने अनुमान गरिएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनले यो प्रतियोगिता सकिएलगतै मार्च ३ तारिखबाट महिला क्रिकेट प्रतियोगिता विराटनगरमा गर्दैछ । सामुदायिक विद्यालयको मात्र महिला खेलाडीहरुले प्रतियोगितामा भाग लिन पाउने फाउण्डेसनको अध्यक्ष श्रेष्ठले बताए । क्रिकेट खेलको ग्रासउटबाट विकास गर्ने उद्देश्यले स्कुल तहबाट यस्तो प्रतियोगितामा जोड दिएको उनले बताए ।

सम्बन्धित समाचार

विराटनगर आएर ओलीले भने–कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौँः ओली

विराटनगर, २७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले मुलुकमा आफ्नो पार्टी मात्र बाममन्थी पार्टी भएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमाले मात्र...

विराटनगरमा विराट सिटि डेन्टल संचालनमा, दश दिनसम्म निःशुल्क सेवा

विराटनगर । विराटनगर– ६ शनिमन्दिरमा डाक्टर अम्बिका साहले विराट सिटि डेन्टल संचालनमा ल्याएकी छिन् । सोमबार एक कार्यक्रम आयोजना गरि डेन्टल संचालनमा ल्याएको हो ।अत्याधुनिक डेन्टल चियर, दाँतको ए–क्सरे मसिनलगायत अन्य उपकरणहरू र सक्रमण रोक्न...

मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती तथा उँभौली पर्वको शुभकामना

विराटनगर, २५ -वैशाख-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको उँभौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सुख,...

हवाई उडान र अन्तर्राष्ट्रिय नाका जेठ मसान्तसम्म बन्द

काठमाडौं, ७ जेठ-आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्त अर्थात् १४ जुनसम्म उडान बन्द गर्ने निर्णय गरेको हो...

सरकारी जागिरको प्रलोभन दिइ १५ लाख रुपैयाँ ठग्‍ने पक्राउ

जागिरको प्रलोभनमा पारेर १५ लाख ठग्ने व्यक्ति पक्राउ परेका छन् । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने निलम भट्टराई प्रहरीको फन्दामा परेका हुन् । महानगरीय अपराध महाशाखाले झापा सुरुङ्गा कनकाई नगरपालिका–३ घर...

नेकपाको स्थायी कमिटी बैठक एक घन्टामै स्थगित

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक घन्टामै स्थगित भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकमा योगेश भट्टराई, लिलामणि पोखरेल, केशव खतिवडा र नन्दकुमार प्रसाईंले आफ्नो धारणा राखेका थिए...

सुलेमानीको अन्तिम बिदाइमा दसौं लाख सहभागी

एजेन्सी, पुस २२–इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानीको अन्तिम बिदाइमा दसौं लाख मानिस सहभागी भएका छन् । अमेरिकाले गरेको हवाई आक्रमणमा परी मृत्यु भएका सुलेमानीको शव यात्रामा लाखौं मानिस सहभागी भएका हुन् ।...

निर्वाचन घोषणा गरिएकै मितिमा हुन्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताइएका छन् । नेकपा चितवनद्वारा आयोजित जनसभामा उनले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताए । कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उनले भने, 'यो चुनावको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्