अनुशासन नभएका ब्यक्ति खेल क्षेत्रमा नबस्नुस् : केपी ओली
आइतबार, ०७ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका ब्यत्तिलिाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र ईमान्दारिता हुनु पर्ने बताएका हुन् । कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै ओलीले ईमान्दारीताको साथ कर्मले सफता प्राप्त हुने बताए । विराटनगरमा आईतबारदेखि शुरु भएको नेपाल खेलकुद महासंघको दोश्रो महाधिबेशनलाई सम्बोधन गर्दै ओलीले पद पाउने कुरामा होडमा नलागी कामको उत्कृष्टतामा लाग्न आग्रह गरे । ‘कामले पद दिन्छ, काम गर्न सक्नु भएन भने पद जान्छ, उनले भने, पद क्षणिक हुन्छ कामले तपाईलाई जीवन पर्यन्त सम्झाई रहन्छ ।’ छेलो खेलेर , घुयत्रो हानेर, गिर खेलेर आएका पुर्खाका सन्तान भएकोले खेलमा जित्छु भन्दापनि हार्ने डर नेपाली खेलाडीमा रहेको बताए । खेलका गतिबिधि हुन नसकेको सुनाउँदै ओलीले पार्टीको समस्या र झमेला अन्त भएपछि नेपाल खेलकुद महासंङले गति लिएको उल्लेख गरे । महासंघले खेलाडीलाई प्रोत्साहित गर्ने, तालिम दिने र खेलाडीले प्रगतिमा केन्द्रीत हुनु पर्ने बताए । खेल क्षेत्रमा देखिएका समस्या समाधान र खेल क्षेत्रको विकास गर्न एमालेले मद्दत गर्ने ओलीले आश्वासन दिए । ‘खेलको अभ्यासले मानिसलाई अभ्यस्त बनाउँछ, उनले भने, कसरी लड्ने कसरी पछारीने अभ्यासले मानिसलाई सफल बनाउने छ। सबैभन्दा ठुलोकुरा आफ्नो काम प्रति ईमान्दार हुनु पर्छ ।’ खेलमा निष्पक्षता र न्याय दिनु पर्ने बताएका ओलीले खेलकुदमा अनुशासन नभएका ब्यक्तिहरुलाई खेल क्षेत्रमा नबस्न आग्रह गरे । ‘खेलमा आक्रमण हैन प्रतिरक्षा हुन्छ, उनले भने, शान्त स्वाभाभावका खेलाडीहरु परिआएको बेला पछि नहट्ने खालको हुन्छन् ।’ महासंङले सबै खेलको समुचित विकास गर्न सक्नु पर्ने बताए । ‘नेपाली पछाडि पर्नुको कारण भनेको जित्छु नै भन्ने आत्म विस्वास नभएकोले भएको हो, ओली भन्छन्, सगमाथा चढ्न सँधै नेपाली नै अगाडी हुन्छ त ?’
खेलको ईतिहास १५ हजार बर्ष पुरानो नेकपा एमालेका अध्यक्ष ओलीले १५ हजार बर्षदेखि खेलकुदको ईतिहास शुरु भएको बताएका छन् । १५ हजार बर्ष पहिला पशुपालनको युगसँगै घोडा चराउन थालिएको ईतिहास सुनाएका ओलीले घोडा चढेर सिकार खेल्दै जाँदा आवागमनको रुपमा तालिम दिएपछि घोड सवार शुरु भएको र त्यहीँदेखि खेलको शुरुवात भएको बताए । ‘सत्य युगहुँदै आधुनिक युगमा आउँदासम्म ८ हजार बर्षदेखि नयाँ खेलहरु विकास हुँदै आए, उनले भने, ७÷८ हजार बर्ष पहिलादेखि स्विमिङको भग्नावशेष पाईन्छ ।’ उनले जीवनको लागि स्वीमिङ र बाँच्नको लागि दौड अनिवार्य भएको बताए । सिंह र हरिणको कथा सुनाएका एमाले अध्यक्ष ओलीले सिंहभन्दा छिटो हरिण दौडिएन भने हरिण मर्छ हरिण भन्दा छिटो सिंह दौडिएन भने सिंह भोकै मर्छ त्यसैले दौडको अभ्यासले अभ्यस्त बनाउन सक्नु पर्ने बताए । ओलीले राणा, राजा र महाराजा तानाशाहीहरुले खेललाई समाप्त पारेको आरोप लगाए । ‘राजा महाराजाहरुले आफैलाई कुस्ती सिकाउने गुरूलाई हत्या गरेका थिए, उनले भने, तानाशाहीले अन्त्य गरेको खेलकुदको गतिबिधि प्रजातन्त्र पछि शुरु भएको हो ।’ नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले खेल क्षेत्रको एउटा भब्य उत्सव विराटनगरमा शुरु भएको बताए । १० बर्षसम्म हुन नसकेको महाधिबेशनलाई भब्य रुपमा विराटनगरमा उद्घाटन भएको बताए। नेपाल खेलकुद महासंघको महाधिबेशनको बन्द सत्र आजैदेखि शुरु हुने जनाईएको छ । विराटनगरमा रहेको होटल मनास्लुमा बन्द सत्र शुरु हुने भनिएको छ। महाधिबेशनले नयाँ नेतृत्व जयन गर्ने महासंघका प्रदेश ईन्चार्ज सन्ताष वान्तवाले जानकारी दिए ।
विराटनगर, १९ मंसिर–प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ । आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस सम्बन्धी अभिमुखीकरण...
राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि प्रस्तावलाई...
धनगढी, २८ वैशाख-धनगढीमा युवतीको अश्लील भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–७ का २३ वर्षीय सन्तराम चौधरी आत्महत्या दुरुत्सानको आरोपमा पक्राउ परेको कैलालीका प्रवक्ता प्रहरी...
प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी खाएर मनाइँदै छ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प...
काठमाडौं, १९ जेठ-नेपालको नयाँ नक्सा जारी भएर संविधान संशोधन प्रक्रिया अघि बढेसँगै भारत नेपालप्रति रुष्ट भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा सामेल गरेपछि भारतले यसलाई...
विराटानगर, ९ जेठ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले खोपको दुरुपयोग गरेको आरोप लगाएको छ । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोपको...
विराटनगर । विराटनगर–३ कञ्चनवारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुबाट निःशुल्क ओपीडी सेवा सुरु भएको छ । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरी बिरामीको मन जित्दै आएको हस्पिटलले दुई वर्षदेखि विशेषज्ञ ओपीडी सेवा निःशुल्क गरेको हो...
काठमाडाैं, २८ वैशाख-सरकारले कोरोना भाइरस (कोभिड–१९) जितेर घर फर्केकाहरूलाई सामाजमा सम्मानजनक व्यवहार गर्न आग्रह गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस निको भएर घर फर्केकालाई कुनै खालको विभेद नगर्न आग्रह...