मापसे गरेर झगडा गरेपछि कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

 न्यूज विराट
मापसे गरेर झगडा गरेपछि कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरीले मंगलबार राती नियन्त्रणमा लिएको हो ।

कलाकार खतिवडासहित २ जनालाई मादक पदार्थ पिएर झगडा गरेको आरोप छ । मंगलबार राति बेलबारी नगरपालिका १ स्थि होटलमा मादक पदार्थ पिएका खतिवडाले मादक पदार्थले मातेर झगडा गरेका थिए ।

होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिका बहादुर कार्कीले बताए । पीडित पक्ष इलाकामा आएर अहिलेसम्म जाहेरी भनेको दिएको छैन । ‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारवाहीको प्रक्रिया अगाडी बढाउनेछ ।’ पीडित पक्षका आफन्तहरु प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने उनले बताए ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा ह्वीलचेयर वितरण

विराटनगर, १० साउन । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले ह्वीलचेयर वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि सहायक सामाग्री ह्वीलचेयर वितरण गरेको हो...

भरतमा एक व्यापारीको घरबाट १ अर्ब ७७ करोड रुपैयाँ बरामद

एजेन्सी, १० पुस । भारतमा एक जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ । कर छलीको आरोपमा अनुसन्धान गरिरहेको भारतको जीएसटी इन्टेलिजेन्सको टिमले अत्तर व्यवसायी पियुष जैनको घरबाट उक्त...

बजार बन्द गराउन खाेज्दा २ प्रहरी कुटिए

धनुषामा २ प्रहरी कुटिएका छन् । लकडाउन उल्लंघन गरी लगाइएकाे हाटबजार बन्द गराउन गएका प्रहरी कुटिएका हुन् ।धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लवकुश चोकमा लकडाउन उल्लंघन गरी लगाइएकाे बजारमा अपराहन्न ५ बजे बटेश्वर प्रहरी चौकीका असइ...

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित, अर्काे बैठक साउन ६ मा

काठमाडौं, ४ साउन-आज दिउँसाे ३ बजे बस्ने तय भएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गर्दै उक्त...

प्रदेश १ : कोरोना रोकथाम र नियन्त्रणमा भएको खर्च सार्बजनिक

विराटनगर, असार ९–प्रदेश–१ को सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबारको प्रदेश सभा वैठक अबरुद्ध पारेपछि प्रदेश सरकारले खर्च विवरण...

नेपालमा कोरोनाविरुद्धको खोप १४ गतेदेखि लगाउन सुरु गरिने

काठमाडौं, ११ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते...

निशानदेवीले वितरण गर्यो मोरङका पत्रकारलाई सुरक्षा सामग्री

विराटनगर, १६ असोज–मोरङका पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरिएको छ । निशानदेवी मिडिया प्रालिले कोरोना माहामारीकाबिच पनि अग्रपंक्तिमा रहेर खटिने जिल्लाका तीन दर्जन पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । निशानदेवी मिडिया प्रालिले एक कार्यक्रमकाबिच...

ओली र प्रचण्डबीच ५ दिनपछिको छलफल निष्कर्षविहीन

काठमाडौं, ३० असार-सत्तारुढ नेपाल कम्य'निस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच मंगलबार भएको छलफल निष्कर्षविहीन भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधानको प्रयासस्वरुप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच मंगलबार छलफल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्