पाँच महिनामै कोसी अस्पतालको मेसु फेरियो, ११ औं तहलाई पाखा लगाउँदै जुनियर डाक्टर रविनराज सिंहलाई निमित्त मेसुको जिम्मेवारी
सोमबार, ०१ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठुलो सरकारी अस्पताल कोसीको मेडिकल सुपरिटेन्डेन्ट (मेसु ) पाँच महिना पनि पुरा नुहदै परिवर्तन भएको छ । आइतबार बसेको मन्त्री स्तरीय निर्णय गर्दै कोसी अस्पतालको निमित्त मेसुमा डा. रविराज सिंहलाई तोकेको हो ।
अस्पतालको १० औँ तहको सर्जन डाक्टर सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । यसअघि अस्पतालका वरिष्ठ वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. लक्ष्मीनारायण यादव मेसुमा नियुक्त भएका थिए । उनी भदौ १६ गते कोसी अस्पतालको निमित्त मेसुमा नियुक्त भएका थिए । यसअघिका मेसु डा यादव अस्पतालको पुरानै जिम्मेवारीमा फर्केका छन् । उनी वरिष्ठ फिजिसियन डाक्टर हुन् ।
स्वास्थ्य मन्त्री पदम गिरीले एमालेका स्थानीय नेताहरूको दबाबको कारणले जुनियर डाक्टरलाई मेसुमा नियुक्त गरेपछि अस्पताल भित्र विवाद सृजना भएको छ । कोसी अस्पतालमा ११ औँ तहको दरबन्दी गरेको छ । कोसी अस्पतालमा अहिले दुई जना ११ औँ तहका चिकित्सकहरू रहेका छन् । डा. दीपक सिग्देल र बाल रोग विशेषज्ञ डा. रामनारायण चौधरी ११ औ तहका चिकित्सक हुन् । ११ औँ तहको डाक्टर अस्पतालभित्रै हुँदा हुँदै पनि जुनियर डाक्टरलाई मेसुको जिम्मेवारी दिएपछि अस्पताल भित्र विवाद सृजना भएको हो ।
‘सिनियर र दरबन्दी अनुसारको चिकित्सक हुँदा हुँदै जुनियरबाट चिकित्सकबाट मेसुमा जिम्मेवारी तोकिएपछि भोलिको दिनमा अहिले मेसु नियुक्त भएका डाक्टरलाई ती सिनियर चिकित्सकले टेर्दैनन्,’ कोसी अस्पतालका वरिष्ठ एक चिकित्सकले भने, ‘कि त हस्पिटल भित्र भएका ११ औैै तहको चिकित्सकलाई मेसु बनाएर ल्याउनुपर्ने थियो । यदि हस्पिटल भित्रका सिनियर र ११ औँ तहको चिकित्सक नभए स्वास्थ्य मन्त्रालयले अन्यन्त्रबाट भए पनि ११ औ तहको चिकित्सक पढाउनुपर्ने थियो । त्यो सरासर राजनैतिक दबाबको कारणले नयाँ मेसु नियुक्त भएको छ ।’ यसरी सिनियर चिकित्सकलाई बाइपास गरेर जुनियरबाट मेसु नियुक्ति गर्दा हस्पिटलमा काम गर्न असहज भएको ती सिनियर चिकित्सकले बताए ।
‘प्रदेश १ को सबैभन्दा ठुलो सरकारी हस्पिटल सुधार गर्ने पक्षमा अहिलेका विकास समिति र स्वास्थ्य मन्त्रालय पनि देखिएन । यसअघि पनि १० औँ तहको चिकित्सक मेसुमा थिए । यसअघिका डाक्टर यादव हस्पिटल भित्र सिनियिर चिकित्सकको रूपमा कहलिएका थिए । त्यस बेला पनि उनलाई यहाँका अन्य चिकित्सक र कर्मचारीहरूले असहयोग गरेका थिए ।’ अहिले नियुक्त भएका जुनियर डाक्टर सिंहलाई सिनियर चिकित्सक, उनका समकालीन चिकित्सक र कर्मचारीहरूले पनि नटेर्ने बातवरण रहेको हस्पिटलमा कार्यरत चिकित्सकहरू बताउँछन् ।
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिनुभयो । महानगरले...
विराटनगर, २९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आईतबार राती करिब ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल...
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए...
काठमाडौं, ३१ साउन-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार दिउँसो फोनवार्ता भएको छ । ७४औं स्वतन्त्रता दिवसको अवसरमा २ देशका प्रधानमन्त्रीबीच टेलिफोन सम्वाद भएको हो । परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर फोनवार्ताका क्रममा...
काठमाडौं, २५ वैशाख-शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र कर्मचारीको कोरोना भाइरस परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ । आज संघीय संसदअन्तर्गत कूल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो...
सप्तरी , बैशाख २८–सप्तरीमा पछिल्लो समय अवैध घरेलु मदिरा भारत तर्फ तस्करी हुने गरेको पाइएको छ । सप्तरीका विभिन्न सीमा नाकामा बन्दाबन्दीको मौका छोपी अवैध मदिरा भारत तर्फ ओसार पसार गर्ने गरेको पाइएको हो ।...
विराटनगर, २६ साउन–प्रदेश १ मा सोमबार एकै दिन ९९ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना...