उपचार नपाउँदा निराशा बोकेर फर्किएका विराटनगरका ८५ वर्षीय छविलाल खतिवडा

 न्यूज विराट
उपचार नपाउँदा निराशा बोकेर फर्किएका विराटनगरका ८५ वर्षीय छविलाल खतिवडा

विराटनगर । दौरा सुरूवालमाथि स्टकोट । शिरमा गलफनको टोपी । कान कम सुन्ने भएकोले देब्रे कानमा ‘हियरिङ्ग एड’ लगाएका छन् । एउटा हातमा अस्पतालको पूर्जी र अर्को हातमा स्वास्थ्य विमा कार्ड पनि साथमा बोकेका छन् । आइतबार कोशी अस्पताल परिसरभित्र दिउँसो १२ बजे भेटिएका ८५ वर्षीय ज्येष्ठ नागरिक हुन, — छविलाल खतिवडा ।

८५ वर्षीय ज्येष्ठ नागरिक हुन, — छविलाल खतिवडा

ओपीडी भवन भित्र कुर्सीमा निराश मुद्रामा देखिएका उनलाई हामीले सोधियौं, ‘कहाँबाट के भएर आउनुभयो हजुरबुवा ?’ ‘घर विराटनगर–५ जानकीपथ हो । दाँतमा असह्यै पीडा भएपछि रातभरी सुत्न नसकेको दुई दिन भयो । रातभरिको दुःखाइको कारणले सबेरै विराटनगरस्थित कोशी अस्पताल आएको उनले सुनाए । खतिवडा घरबाट खाना खाएर ९ बजे हस्पिटलका लागि हिडे । पैदल हिडेर साढे ११ बजे हस्पिटल आइपुगे । २ घण्टा बढी पैदल हिडेपछि कोशी अस्पतालको ओपीडीमा आए । सुरूमा उनी टिकट लिन ओपीडी काउन्टरतिर लागे । काउन्टर बन्द थियो । त्यसपछि ओपीडी भवनभित्र रहेको सोधपछु डेक्समा पुगे । उनले त्यहाँ आफ्नो समस्या सुनाए, ‘दाँत दुःखेर रातभरी सुत्न सकेको छुइन । डाक्टर साब कता बस्नुहुन्छ ?’

सोधपुछ कक्षमा बसेका कर्मचारीले भने, ‘आज चिकित्सकहरुको हडताल हो । डाक्टर हुनुहुन्न ।’ ती कर्मचारीको कुरा सुनेपछि वृद्ध निराश देखिन्थे । कान कम सुन्ने खतिवडालाई कर्मचारीको भनाईमा विश्वास लागेन । त्यसपछि उनी दन्त रोग विशेषज्ञ डाक्टर बस्ने कोठातिर लागे । कोशी अस्पतालको ओपीडीको दोस्रो तलाको १४ नम्बर कोठामा दन्तरोग विभाग छ । लौरीको सहारामा हिडडुल गर्ने खतिवडा भुइँतलाबाट १४ नम्बर कोठातिर लागे । भुइँतलाबाट झण्डै आधा घण्टा लगाएर उनी दन्त रोग विभाग रहेको कोठामा पुगे । त्यहाँ पनि कर्मचारी र नर्स मात्र थिए । खतिवडाले दुई महिना अगाडि काटेको ओपीडी पुर्जी र गोजीमा राखेको स्वास्थ्य विमा कार्ड देखाउँदै नर्सलाई पीडा सुनाए, ‘नानी दाँत दुःखेर असह्यै पीडा भयो । रातभरि सुत्न सकेको छुइनँ । यो दाँत उखालिदेउन बाबै !’

वृद्ध खतिवडाको कुरा सुनेपछि दन्त विभागमा रहेका एक जना कर्मचारीले भने, ‘हामीले त खोल्न मिल्दैन बा । डाक्टरले मात्र गर्नुहुन्छ । आज चिकित्सकको विरोधको कारणले ओपीडी बन्द छ । भोलि आउनु ।’ यहाँ पनि सोधपुछ डेक्समा भनेकै कुरा दोह¥याएपछि वृद्ध निराश भएर ओपीडी भवनबाट बाहिरिए । हस्पिटल परिसरमा पुगेका संचारकर्मीसँग वृद्ध खतिवडाले गुनासो पोख्दै भने, ‘घण्टौं लगाएर पैदल हिडेर सरकारी हस्पिटल आए । त्यहाँ आएपछि डाक्टरले हेरेर औषधी उपचार गरिदिए केही जाति हुने थियो कि भनेको त्यो पनि आज भएन् । यहाँ भएको भए बीमाबाट उपचार हुने थियो । निजी हस्पिटल गयो भने त पैसो सकिहाल्छ नि ! आर्थिक रुपमा विपन्न भएका हामी जस्ता निजीमा उपचार गर्न सकिदैन बाबै । बरु फेरि आउँछु । अहिले घरतिरै लागे ।’

खतिवडा त एक प्रतिनिधि पात्र मात्र हुन् । आइतबार केही घण्टा आकस्मिकबाहेकका सेवा बन्द गर्ने नेपाल मेडिकल एशोसिएसन (एनएमए)को आन्दोलनले बिरामीको पीडामाथि झन् पीडा थप्यो । उपचार गराउन कोशी अस्पताल आएका बिरामी अधिकांशको यस्तै गुनासो थियो ।

पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा दैनिक १ हजार देखि १ हजार ५ सय जना बिरामी ओपीडीमा स्वास्थ्य जाँच गराउने आउने अस्पतालको अभिलेखमा देखिन्छ । चिकित्सकहरूले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीहरू मर्कामा परेका छन् । कोशीका चिकित्सकहरु पनि ओपीडी बन्द गरेर आन्दोलनमा उत्रिदा यहाँ आइतबार आएका बिरामी मर्कामा परे ।
मोरङ कानेपोखरी गाउँपालिका—६ की सावित्रा पराजुली पेट दुःखेपछि उपचारका लागि कोशी आएकी थिइन् । कोशी अस्पतालमा आन्दोलनको कारणले ओपीडीमा चिकित्सकहरू भेटिनन् । उनी पनि उपचार नगरी घर फर्किइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेको हो । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई प्रहरीले लाठ्ठी चार्ज गरी घाइते बनाएको थियो ।
सोही घटनाको विरोधमा नेपाल चिकित्सक संघको केन्द्रीय समितिको शनिबार बसेको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा जुट्न अनुरोध गरेको थियो । तर, एनएमएले आन्दोलन फिर्ता लिएन् । दिउँसो प्रधानमन्त्री कार्यलयमा भएको वार्तामा सरकारसँगको ६ वुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन फिर्ता भएको छ ।

सम्बन्धित समाचार

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैतडी, ६ कात्तिक-बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय...

कोशीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत आज

विराटनगर । नयाँ मुख्यमन्त्री नियुक्तिको लागि कोशी प्रदेशमा आज सांसदहरुको सनाखत हुँदैछ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका...

कर्णालीमा कोरोना संक्रमितको संख्या ५ सय ८७

सुर्खेत, २४ जेठ-कर्णाली प्रदेशमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ५ सय ८७ पुगेको छ । शुक्रबार १ सय थपिएपछि कोरोना संक्रमितको संख्या ४ सय ८९ पुगेको थियो । आज थप ९८ जनामा कोरोना पुष्टि भएको...

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा तिम्सिना विजयी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल ईकाईमा आज सम्पन्न निर्वाचनबाट कमला तिम्सिना सभापतिमा निर्वाचित हुनुभएको छ । ७ सदस्यीय कार्यसमितिका लागि सभापतिमा दुईजनाको उम्मेदवारी परेको थियो । जसमा तिम्सिनाले २७ र अर्का प्रत्यासी दिपेन्द्र...

मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो

विराटनगर, १० जेठ-सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनरीकै देवानगञ्ज गाउँपालिका-२ का २५ बर्षीय सजिम अन्सारी रहेका छन् । शनिबार दिउँसो साढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्जतर्फ...

संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढाल्न खोजेपछि ताजा जनादेशमा जाने निर्णय गरेँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढालेर अस्थिरता निम्त्याउने प्रयत्न भएपछि ताजा जनादेशमा जाने निर्णय लिएको बताएका छन् । नारायणहिटीको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘संसदलाई ठीक ढंगले काम गर्न दिनुभएन र...

त्रिशूली सङ्लिएपछि

धादिङ, २ वैशाख-त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ । कोभिड –१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ । धमिलो भएर पर्यटक आउन छाडेको नदी नीलो देखिन थालेको छ ।...

सांसदलाई अर्थमन्त्रीको जवाफ : वर्षैपिच्छे ‘पार्टी’को सिद्धान्त फेरेर बजेट ल्याइँदैन

काठमाडौं, २९ वैशाख-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्