विराटनगरको आईसिपी नजिक दुर्घटना, सुरक्षा गार्डको मृत्यु
शनिबार, २८ माघ, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर भन्सार कार्यालय (आई सिपी) नजिक सवारी दुर्घटनामा परी एक जना सुरक्षा गार्डको घटनास्थलमै मृत्यु भएको छ । आज राती बिराटनगर १८ लावाघाट स्थित आईसिबी बिराटनगर सडक खण्डमा भएको सवारी दुर्घटनामा परी झापा मेचीनगरपालिका १३ चार आलि घर भएका ४५ वर्षीय राजन गिरीको मृत्यु भएको हो ।
उनी आई सिपीमा सुरक्षा गार्डको रूपमा कार्यरत छन् । सुनसरीको इटहरी ९ मा रहेको सुदर्शन सेक्युरिटी सर्भिस प्रालिमा कार्यरत थिए । उनको ४२ वर्षको श्रीमती, २३ बर्सिया छोरी र १६ वर्षको छोरा रहेका छन् । डियुटि सकेपछि बैङ्कमा पैसा झिक्न स्वकुटि लिएर गएका थिए । उनी चढेको मे १० प ९१६१ नम्बरको स्वकुटीलाई भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लहरीले ठक्कर दिएको थियो ।
भारतीय नम्बर प्लेटको गाडीले ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । ठक्कर दिने चालक फरार छन् । फरार चालकको खोजी कार्य प्रहरीले तीव्र बनाएको छ । अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक महेन्द्र दर्लामीको नेतृत्वमा प्रहरी परिचालन भएको छ । मृतकको शव अहिले पोस मार्टको लागि विराटनगरस्थित कोसी अस्पतालमा राखेको छ ।
विराटनगर, जेठ २०–कोभिड–१९ को उपचार, रोकथाम एवं नियन्त्रणमा तिब्बत सरकारबाट सहयोगमा स्वास्थ्य सामग्री आज यहाँ प्राप्त भएको छ । सो सामग्री चीन नेपाल कार्यकारी परिषद् प्रदेश नं.१ का संयोजक मुकेश उपाध्यायले मुख्यमन्त्री शेरधन राईलाई एक...
वीरगञ्ज, ३१ भदौ । भारतमा बसेर वीरगन्ज लगायत सीमावर्ती शहरमा आपराधिक गतिविधि गरी आतंक मच्चाउँदै आएका समूहको मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज २४ रामगढवाका फुलहसन अन्सारी फुलहसन अन्सारी उर्फ विवेक...
विराटनगर, साउन २३–कोरोना संक्रमणको आशंका गरिएका विराटनगरका एक पुरूषको कोशी अस्पतालमा शुक्रबार मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषलाई विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले...
कारोबार सुरु भएको पहिलो १५ मिनेटमा २६ अंकले ह्रास आएको मंगलबारको नेप्से कारोबारमा पहिलो ४५ मिनेटमा युटर्नका साथै त्यसपछिको १५ मिनेटमा उच्च अंकको उतारचढाव आएको छ । साढे ११ बजेसम्म अधिकतम ८० अंकले ह्रास आएको नेप्से...
विराटनगर । जीवन विकास संस्थाका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल ‘जोगी’ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यीय पदमा उम्मेदवारी दिएर अहिले चुनावी अभियानमा होमिएका छन् । उनले स्वतन्त्रबाट...
काठमाडौं, पुस १२ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् । आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । यो प्रणालीका कारण देशका धेरै...
विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको चार महिनामा बरामद भएको करिब साढे तीन क्विन्टल गाँजा प्रहरीले नष्ट गरेको छ ।इप्रका रानीले शनिबार विराटनगर–६ स्थित डम्पिङ साइटमा आगो लगाएर बरामद गरेको गाँजा...
प्रदेश २ मा शान्ति-सुरक्षामा खटिएका प्रमुखको सरुवा, पदस्थापना, काज र खटनपटन गर्दा प्रदेश सरकारको सहमतिमा लिनुपर्ने भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संघीय सरकारलाई पत्र पठाएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीको बेला सुरक्षा...