विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेले शान्ति सुरक्षा कायम गराउन आफ्नो पहिलो प्राथामिकता भएको बताएका छन् । मोरङ प्रहरी प्रमुख भएर आएको भोलीपल्ट मंगलबार पत्रकार सम्मेलन गरी एसपी पोखरेलले यस्तो बताएका हुन् ।
उनले सोमबार मोरङ प्रहरी प्रमुखको कार्यभाग समालेका थिए । कार्यक्रममा बोल्दै एसपी पोखरेलले शान्ति सुरक्षा कायम गराउने देखि हरेक विषयमा सातै दिनमा सुझाब दिनुपर्ने बताए । ‘तपाइ संचारकर्मीहरू जसरी सूचनाको भोको हुनुहुन्छ । म पनि त्यसैगरी सुझाबको भोको हुनेछु,’ एसपी पोखरेलले भने । प्रहरीले गरेको कामको सकात्मक तरिकाले सूचना प्रभाह संचारमाध्यमले गरिदियो भने उर्जा पैदा हुने उनले बताए ।
अवैध चोरी, तस्करी रोकथाम र नियन्त्रणमा लागि पर्ने उनले बताए । लागूऔषध रोकथाम र नियन्त्रणमा पनि आफु लागि पर्ने एसपी पोखरेलले बताए ।
विराटनगर, जेठ ५–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाईका युवकमा कोरोना संक्रमण पोजेटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा....
विराटनगर, ७ माघ । विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ । महानगर प्रमुख भीम पराजुलीले सञ्चारकर्मीसँग आज ओमिक्रोन तथा कोभिड नियन्त्रण र व्यवस्थापनका लागि अक्सिजन तथा आइसोलेसन...
विराटनगर | आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र एफसि काठमाण्डौ र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र...
काठमाडौं, चैत ३–सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले...
काठमाडौं, भदौ १३ । केही दिनयता देशैभरि पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा डुबान भएको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो खसेको छ। काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ।...
विराटनगर । विराटनगर – १६ रानीमा रहेको गौतम बुद्ध स्कुलले छैटौं फन फिष्टा तथा ४४ औं वार्षिक उत्सव कार्यक्रम मनाएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी फन फिष्टा तथा वार्षिक उत्सवमा विभिन्न...
काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै...
काठमाडौं, जेठ २६-नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाई भएको भन्दै विरोध प्रदर्शन गरेको छ । सांसदको दबाबका कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए...