‘एभरेष्ट कार्निभल’ हुँदै, १८ वटा स्टलमा २५ हजार बढीले अवलोकन गर्ने

 न्यूज विराट
‘एभरेष्ट कार्निभल’ हुँदै, १८ वटा स्टलमा २५ हजार बढीले अवलोकन गर्ने

विराटनगर । विराटनगरमा रहेको एभरेष्ट एजुकेशन फाउन्डेशनले पहिलो पटक ‘एभरेष्ट कार्निभल’ को आयोजना गर्ने भएको छ । एभरेष्ट कलेज परिसरभित्र माघ २७ देखि २९ गतेसम्म ‘एभरेष्ट कार्निभल’ गर्ने भएको हो ।

एभरेष्ट एजुकेशन फाउन्डेशनले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी एभरेष्ट कानर्भलको तयारी तिव्र रुपमा भएको जानकारी गराएको छ ।
यस कार्निभलको दौरान दुई दिन अभिभावक दिवस समेत मनाईने एभरेष्ट स्कुलका संस्थापक प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए । उनका अनुसार पहिलो दिन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्यतामा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थी र तिनका अभिभावकका बिच दिवस मनाइने छ । यस कार्यक्रममा तिनै कक्षाका विद्यार्थीले आ–आफ्ना कला समेत प्रस्तुत गर्नेछन् । यस्तै दोस्रो दिनका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी र अभिभावकको उपस्थितीमा सामाजिक विकास मन्त्रि बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा अभिभावक दिवस सम्पन्न गरिनेछ ।


यसैगरि कार्निभलको आकर्षणका रुपमा एकैपटक एक सय जनाले अवलोकन गर्न मिल्ने प्लानेटेरियम राखिनेछ । विद्यार्थीहरुद्वारा तयार पारिएका ५० भन्दा बढी विज्ञान, गणीत तथा व्यवस्थापन विषयसँग सम्बन्धित परियोजनाहरु प्रर्दशनीमा राखिनेछ । कलेज परिसरमा १८ वटा स्टलहरु राखिने प्रिन्सिपल पुरीले बताए । ति स्टलहरुमा विभिन्न अन्वेषणात्मक परियोजनाहरुको प्रर्दशनी, कलाप्रदर्शनी, मिनिम्युजियम, पुस्तकप्रदर्शनी, विद्यार्थीहरुद्वारा सञ्चालित खानाका स्टलहरु, फेस पेन्टिङ स्टल, एभरेष्ट एचिभमेन्ट ग्यालरीका साथै नोवल अस्पतालसँगको सहकार्यमानिःशुल्क स्वास्थ्यशिविर समेत रहने भएको छ । कार्निभल हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनहुनेछ ।

कार्निभलको दौरानमा विद्यार्थीहरुले नृत्य, गायन तथा अन्य साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुनेछन् । तीन दिवसीय कार्यक्रमको अन्तिमदिन माघ २९ गते विद्यार्थीहरुको सांगितिक प्रस्तुति सँगै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । गायक कालिप्रसाद बाँस्कोटा, गायिका अस्मिता अधिकारी र अञ्जु गौतमको सांगितिक कन्र्सटको समेत आयोजना रहनेछ । ‘हरेक क्षेत्रमा विद्यार्थीहरुको प्रत्यक्ष सहभागितामा गरिने यस्ता गतिविधिले उनीहरुमा अन्तर निहित क्षमताको प्रस्फुटन गर्न सघाउ पुग्ने निश्चित रहेको छ,’ प्रिन्सिपल पुरीले भने, ‘विद्यार्थीहरुको शैक्षिक, सामाजिक, साँस्कृतिक उन्नयन गर्दै व्यतिmत्व विकास, चारित्रिक निर्माण तथा नेतृत्व कौशललाई मजवुत बनाउन यो कार्निभलम हत्वपूर्ण कोसे ढुङ्गा सावित हुने हामीले विश्वास लिएका छौं ।’

यस कार्निभलमा विद्यार्थी, अभिभावक तथा विराटनगरका बुद्धिजिवी र आम जनसमुदाय गरी करिब २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एभरेष्ट एजुकेशन फाउण्डेसनले विशेष महत्वका साथ आयोजना गर्न लागिरहेको यस कार्निभल भव्य र सभ्य तरिकाले गर्ने उनले बताए ।

सम्बन्धित समाचार

सप्तरीमा द्रुत परीक्षण सुरु, ३८ जनाको नेगेटिभ

सप्तरी, १ बैशाख-सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘¥यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण सुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण सुरु गरेको जिल्ला...

तेह्रथुममा बन्चरो प्रहार गरी बुबाआमाको हत्या

तेह्रथुम, २६ वैशाख-तेह्रथुमको फेदाप गाउँपालिका-५ इसिबुका १ युवकले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारबाट, उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने...

स्रोत नखुलेको ३८ लाख रकमसहित एक युवक पक्राउ

जनकपुर, २२ पुस । धनुषामा स्रोत नखुलेको ३८ लाख ३५ हजारसहित बुधबार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा...

लागुऔषध सहित १ जना पक्राउ

विराटनगर, ६ फागुन । मोरङ बेलबारी ११ का ४३ बर्षीय प्रकाश बस्नेत लागुऔषध सहित पक्राउ परेका छन् । आज दिउसो १ बजे बिराटनगर १६ स्थितबाट उनलाई लुपिजेसिक १४ एम्पुल, डाईजापाम १४ एम्पुल, एभिल १४ एम्पुल,...

बाइडेन र कमलालाई प्रधानमन्त्रीको बधाई

काठमाडौं, २३ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्विट गर्दै बाइडेन र ह्यारिसलाई बर्धा दिएका हुन् । ‘शानदार र ऐतिहासिक...

मन्त्रिपरिषद बिस्तारको तयारी, प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच जुट्यो सहमति

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी अघि बढाउनु भएको छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई आफ्नो सरकारमा सहभागी गराई मन्त्रिपरिषद बिस्तारको गृहकार्यमा प्रधानमन्त्री ओली जुटनुभएको हो । प्रधानमन्त्री ओलीले...

अपहरणमा परेका भारतीय नागरिकको उद्धार

अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्