मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा, दिपक पोखरेल आउँदै

 न्यूज विराट
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा, दिपक पोखरेल आउँदै

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाको काज सरुवा भएको छ । अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका कोइरालाको मोरङबाट नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएको हो ।

करिब आठ महिना मोरङमा प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा कोइराला विवादरहित प्रहरी अधिकृतको छवि बनाउन सफल भए । उनको नेतृत्वमा भएका सबै अनुसन्धानमा मोरङ प्रहरीले सफलता हात पार्न सक्यो । मोरङमा रहँदा जघन्य प्रकृतिका अपराधको अनुसन्धान, हतियार एवं लागुऔषध कारोबार, मानव बेचबिखन, चोरी–तस्करी र विभिन्न खालका अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन सफल एसपीका रूपमा कोइरालाले छुट्टै पहिचान बनाउन सके ।

उत्कृष्ट कार्यक्षमताकै कारण प्रहरीमा इच्छाशक्ति हुँदा समाजमा हुने जुनसुकै अपराधलाई पनि कानुनको दायरामा ल्याउन सकिन्छभन्ने छाप छोड्न उनी सफल भएका छन् । काम कारबाहीका शिलशिलामा कुनै पनि लोभलालचमा नपरि र राजनैतिक दबाबको प्रवाह नगरिकन कानुन कार्यान्वयनलाई ध्यान दिएर अपराध एवं अवैध गतिविधीमा सम्झौता नगर्ने स्वभाव कोइरालालाई सफल बनाउने मुख्य कडी हो ।

आइपरेका जुनसुकै समस्यालाई पनि सहज ढङ्गबाट समाधान गर्ने बाटो पहिल्याउनसक्ने क्षमताका एसपी कोइरालाले समाजलाई अपराधरहित बनाउन प्रहरीको भूमिका महत्वपूणर् हुन्छभन्ने मान्यता स्थापित गराएका छन् । उनको कार्यकालमा प्रहरी र नागरिकबीचको सम्बन्ध सुधारले पनि उचाई प्राप्त गर्न सक्यो ।

प्रहरी प्रधान कार्यालयले बिहीबार एकैपटक ५३ एसपीको सरुवाभित्र कोइराला पनि परेका हुन् । कोइराला गत चैत १४ गते काज सरुवा भएपछि मोरङ आएका थिए ।

मोरङ प्रहरी प्रमुख भएर एसपी दिपक पोखरेल आउने भएका छन् । पोखरेल १ नं। प्रदेश प्रहरी गण विराटनगरको प्रमुख रहेका थिए । डिएसपी रहदा पोखरेल मोरङ बसेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठको पनि काज सरुवा भएको छ । उनको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु सरुवा भएको हो । पहाडी जिल्लाको प्रमुख डिएसपीको दरबन्दीरहेको छ । श्रेष्ठ खोलुखुम्बुको प्रमुख भएर जाने भएका हुन् । उनी मोरङ प्रहरीमा झण्डै १८ महिना बसेका थिए । प्रवक्ताका रूपमा श्रेष्ठको कार्यकाल मोरङमा सफल भएको मानिन्छ ।

वडा प्रहरी कार्यालय विराटनगर ‘क’ को डिएसपी दिपेन्द्र पन्जियारको पनि काज सरुवा भएको छ । उनको नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय विप्द अभिलेख तथा विश्लेषण शाखा सामाखुशी, काठमाण्डौं सरुवा भएको हो । उनको ठाउँमा डिएसपी विजय श्रेष्ठ आउने भएका छन् । श्रेष्ठ प्रहरी निरीक्षक रहदा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख रहेका थिए । प्रहरी निरीक्षक रहदा मोरङ ट्राफिक प्रमुख भएपछि इलाका प्रहरी कार्यालय पथरीमा पनि बसेका थिए ।

सम्बन्धित समाचार

काठमाडौं र भक्तपुरका कोरोना संक्रमितमा लक्षण देखिएको छैन : अस्पताल

काठमाडौं, ३१ वैशाख-काठमाडौं र भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका संक्रमितमा लक्षण नदेखिएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि टेकु अस्पतालको आइसोलेसनमा रहेका उनीहरूमा लक्षण नदेखिएको अस्पतालले जनाएको हो । ‘भक्तपुर र काठमाडौंमा भेटिएका...

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज

चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का २ वाइडबडी ए–३३० जहाज काठमाडौं आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए...

हारको बदला लिदै मोरङ ६ बाट डाक्टर शेखर कोइराला निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई फराकिलो मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचनासहित)

काठमाडौं, १८ माघ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाले बढाएर काठमाडौ (निगमको डिपो क्षेत्रको...

भोलि मुस्लिम समुदायलाई बिदा

काठमाडौं, १ कात्तिक ।सरकारले कार्तिक २ गते मुस्लिम समुदायलाई बिदा दिने निर्णय गरेको छ । सरकारले १४९६ औं मोहम्मद जयन्तीको अवसरमा बिदा दिने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्‍को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...

एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल चयन, राष्ट्रियसभामा भुसाल

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव कुमार नेपाल सर्वसम्मत रूपमा चयन भएका छन् । आज बसेको सो पार्टीको संसदीय दलको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । नेपाल एकीकृत समाजवादीका अध्यक्ष पनि हुन्...

मोरङमा ४१ सहित प्रदेश १ मा ८५ संक्रमित थपिए

विराटनगर, ९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा एक र प्रदेश १ बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं, १८ कात्तिक-नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । कोरोना संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएसँग मृतकको संख्या १००४ पुगेको हो । नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्